काम गर्ने नेतृत्व आवश्यक छ: प्रवक्ता डा महत
२७ कार्तिक २०७९
•
१ मिनेट पाठ
काम गर्ने नेतृत्व आवश्यक छ: प्रवक्ता डा महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकमा काम गर्ने राजनीतिक नेतृत्वको आवश्यकता रहेकाले आसन्न निर्वाचनमा त्यस्तो नेतृत्व छान्न नेपाली नागरिकसँग आपिल गरेका छन्।  




नुवाकोट क्षेत्र नम्बर १ को ककनी गाउँपालिकामा लोकतान्त्रिक गठबन्धनद्वारा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रवक्ता महतले नेपालमा कुरा मात्र गर्ने नभएर काम गर्ने नेतृत्वको अवश्यकता छ र वर्तमान नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले काम गर्ने भएकाले सोही गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने उनको भनाइ थियो।  

उनले नेकपा (एमाले) लाई काम नगर्ने कुरा मात्र गर्ने पार्टीको संज्ञा पनि दिए। अर्को एक प्रसङ्गमा उनले नेपालमा सबै प्रजातान्त्रिक शक्तिहरुलाई जोड्ने नेतृत्वको आवश्यकता रहेको पनि उल्लेख गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीलाई पनि एकताबद्ध बनाइ राख्न नसकेको आरोप लगाउँदै उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई मात्र एक राखेको नभएर अरु वामपन्थी शक्तिलाई सरकारको गठबन्धनमा राखेर नेतृत्व प्रदान गर्न सकेको दृष्टान्त पेश गरे।  

उनले भने, 'प्रचण्डको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकिकृत समाजवादी) बन्यो तर नेपाली कांग्रेसले सिद्धान्त फरक भएका  पार्टीहरुलाई पनि देशको आवश्यकता ठानी सँगै लिएर हिँडेको छ, हामीले पार्टीलाई एकतामा बाधेका छौँ, त्यसैले अबको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनलाई नै छान्न आग्रह गरे।  

यस पटकको निर्वाचनमा कांग्रेस नेतृत्वले सबैको सल्लाह बमोजिम नै सर्वसम्मत रुपमा टिकट वितरण गरेको र अन्य दलहरुहरुको समेत केही गुनासो नरहने गरी गठबन्धन अघि बढेकोले आगामी निर्वाचनमा यही गठबन्धनका पक्षमा स्पष्ट बहुमत आउने दाबी पनि गरे। रासस
अर्को समाचार
विकासका बाँकी काम पूरा गर्न कांग्रेस नेतृत्व आवश्यक छ: प्रवक्ता डा.महत
१० भदौ २०७९
•
२ मिनेट पाठ
विकासका बाँकी काम पूरा गर्न कांग्रेस नेतृत्व आवश्यक छ: प्रवक्ता डा.महत
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले नुवाकोटको लागि बाँकी रहेका पूर्वाधार विकास पूरा गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन्। नुवाकोटको लिखु गाँउपालिका–४ मा आज आयोजित ‘तिज विशेष कार्यक्रम’लाई सम्बोधन गर्दै प्रवक्ता डा महतले कांग्रेस नेतृत्वमा यसअघि गरिएका विकासलाई संस्थागत गर्दै बाँकी योजना पूरागर्न आगामी निर्वाचनमा नुवाकोट क्षेत्र नं १ मा कांग्रेसको सक्षम व्यक्ति उम्मेदवारको रुपमा प्रस्तुत हुने बताए।




'यसअघि हामी (डा रामशरण महतसमेत) योजना आयोग र मन्त्री हुँदा बनाएका झोलुङ्गे र मोटरेबल पुल, विद्यालय, स्वास्थ्य संस्थालाई समय अनुकूल सुधार र स्तरउन्नतीको काम पूरा गनै कांग्रेस नेतृत्व आवश्यक छ, पूर्वमन्त्रीसमेत रहेका डा महतले भने, 'शिक्षामा गुणस्तर, रोजगारको सुनिश्चित, आर्थिकरूपमा उपार्जनसहित बाह्रै महिना चल्ने कालोपत्रे सडकसहित छहरे–टोखा सुरुङ मार्गको अधुरा योजना पूरागर्न योग्यता, क्षमता, पहुँच, इमान र समपर्ण भएको व्यक्ति प्रतिनिधि हुनुपर्ने भएकाले त्यो कांग्रेसमा छ।'

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा रामशरण महतले देशको अर्थतन्त्र खस्कदै गएकाले सुधार गरेर समृद्ध नेपाल निमार्ण गर्न आगामी चुनावमा कांग्रेसलाई बहुमतले बिजयी गराउन आग्रह गरे। दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्दै गरिबी निवारणका लागि अहिले कमजोर बनेको अर्थतन्त्रमा सुधार आवश्यक रहेको उनको भनाइ छ।  

'सडक विस्तार र ऊर्जाको उत्पादन बढाउन सक्यो भने मुलुकलाई अर्थतन्त्रमा बलियो बनाउन सकिन्छ', कांग्रेसका केन्द्रीय सदस्य डा महतले भने, 'बहुदलीय व्यवस्था, जनताप्रति उत्तरदायी जनप्रतिनिधि भएर आफूले थालनी गरेको सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत कार्यक्रम यो बीचमा रोकिएको छ, त्यो पूरा गर्न नुवाकोटको क्षेत्र नं १ मा कांग्रेसको नेतृत्व अत्यावश्यक छ।'

‘लिखु उद्यमी तथा सामाजिक संस्था स्थानीय सरोकार समिति’ आयोजक र लिखु गाँउपालिका सह–आयोजकको रुपमा लिखु–४ चौघडामा गरिएको कार्यक्रममा कांग्रेसका नेताद्वयले हरितालिका तीज पर्वलाई सबै जाती, समुदायको साझा पर्व र संस्कृतिको जर्गेना गर्ने गरेर भड्किलोरहित बनाउन सुझाव दिए। सो अवसरमा महिला तथा विद्यालयतहका छात्राले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस