सुदूरपश्चिममा निर्वाचनका लागि २५ हजार जनशक्ति
२६ कार्तिक २०७९
•
२ मिनेट पाठ
सुदूरपश्चिममा निर्वाचनका लागि २५ हजार जनशक्ति
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा स्वयंसेवकसहित करिब २५ हजार जनशक्ति परिचालन हुने भएको छ। निर्वाचनमा खटिने जनशक्तिलाई तालिम, मतपत्र र निर्वाचनमा आवश्यक पर्ने सामग्री तयार गर्ने तथा सिल गर्ने काम अन्तिम चरणमा पुगेको छ।  




प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार मतदान केन्द्रमा रहेका मतदाता सङ्ख्याको आधारमा निर्वाचनका लागि जनशक्ति खटाइने भएको छ। मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी परिचालन गरिने छन्।  

सुरक्षाकर्मीबाहेक स्वयंसेवकसहित गरेर प्रदेशभर २५ हजार जनशक्ति निर्वाचनका लागि परिचालन गर्ने तयारी भएको भट्टले बताए। उनले भने, 'पाँच सयसम्म मतदाता भएको केन्द्रमा स्वयंसेवकसहित ११ जना र पाँच सय बढी मतदाता भएको केन्द्रमा १२ जना खटाउने तयारी भएको छ।'

सुदूरपश्चिम नौ वटै जिल्लामा गरेर दुई हजार एक सय ४६ मतदान केन्द्र र एक हजार एक सय ६१ मतदानस्थल कायम गरिएका छन्। यसका साथै प्रदेशरभर २२ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन्।  

प्रदेशमा रहेका मतदातासङ्ख्याको आधारमा प्रत्येक जिल्लामा मतपत्र पनि पुगिसकेका छन्। मतपत्र र निर्वाचन सामग्री तयार गर्ने र सिल गर्ने काम अन्तिम चरणमा पुगेको भट्टले बताए। उनले भने, 'मतदातासङ्ख्याको पाँच प्रतिशत बढी मतपत्र यसअघि नै यहाँ पुगिसकेका छन्। मतपत्र र निर्वाचनमा आवश्यक पर्ने अन्य सामग्री प्याकिङ्ग तथा सिल गर्ने काम भइरहेको छ।'

मतदान अधिकृत र सहायक मतदान अधिकृतो तालिम सञ्चालन भएको र उनीहरुको तालिमपश्चात मतपत्र र निर्वाचन सामग्री सम्बन्धित मतदानकेन्द्रमा ढुवानी गरिने जनाएको छ। आजदेखि मतपत्र र निर्वाचन सामग्री ढुवानीको काम शुरु हुने र मङ्सिर १ गतेभित्र सम्बन्धित मतदानकेन्द्रमा पुगिसक्ने भट्टले बताए।  

सुदूरपश्चिममा १६ लाख ५८ हजार चार मतदाता रहेका छन्। यहाँ प्रतिनिधिसभाका लागि १६ र प्रदेशसभाका लागि ३२ निर्वाचन क्षेत्र रहेका छन्।  

निर्वाचनको मिति नजिकिएसँगै दलका उम्मेदवारले प्रचारप्रसारमा तीव्रता दिएका छन्। चुनावी ऐजेण्डाका साथ गाउँ पसेका उम्मेरवार मतादाता रिझाउन महत्वकांक्षी योजना बाढी रहेका छन्। रासस
अर्को समाचार
७ बजे ७ प्रदेश: पूर्वमन्त्रीको निर्माण कम्पनीले गर्न सकेन सडक निर्माण
२५ भदौ २०८०
•
२ मिनेट पाठ
७ बजे ७ प्रदेश: पूर्वमन्त्रीको निर्माण कम्पनीले गर्न सकेन सडक निर्माण
सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी रहेको धनगढीका मुख्य बजार लगायतका सडकमा ओहोरदोहोर गर्न सर्वसधारणलाई सकस भएको छ। कालिका कन्ट्रक्सन प्राईभेट लिमिटेडले तीन पटक म्याद थप हुदाँ पनि काम सम्पन्न नगर्दा सडकयात्रु मर्कामा परेका हुन्।




पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बिक्रम पाण्डेको निर्माण कम्पनिले निर्माण गरिरहेको सडक समयमै निर्माण नहुँदा समान्य बर्षामा समेत सडक हिलाम्मे हुने गरेका छन् भने अघिपछि धुलाम्य हुने गर्छन्।

सडकमा भएका खाल्डाखुल्डीका कारण विद्युतीय रिक्सा लगायतका सवारीसाधनमा यात्रा गर्दा निकै समस्या हुने गरेको सर्वसधारणको गुनासो छ। ‘मुख्य बजारमै वर्षाले सडक हिलाम्य भएर मोटरसाईकलमा ओहोरदोहोर गर्दा पाईन्ट नै हिलो नै हिलो भयो, अघिपछि धुलोले हिड्न सकिन्न’, स्थानीय तुलाराम चौधरीले भने।

सडक भरी खाल्डैखाल्डाले रिक्सामा यात्रा गर्दा उफ्रिएर समस्या हुने गरेको सर्वसधारण बताउँछन्। ठेकेदारले समयमै काम नगरी मुख्य बजारकै काम अलपत्र पारेर सडकको बेहाल हुदाँ व्यापार व्यवसायमा पनि धेरै असर परेको व्यवसायीको गुनासो छ।

एसियाली विकास बैकंको सहुलियत कर्जामा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा १० दशमलव ६८ किलोमिटर सडक कालोपत्रे गर्न कालिका कन्स्ट्रक्सन प्रा.ली.ले ७६ करोड ९० लाख र ७६ हजार ५ सय ३६ लागतमा ठेक्का लिएको थियो।

सन २०२० जुलाई १२ मा सम्झौता गरेको उक्त कम्पनीले सम्झौता अनुसार सन २०२२ जुलाई ४ मा काम सम्पन्न गरिसक्नु पर्ने थियो। तर समयमा आधा काम पनि पुरा गरेन।

सम्झौता अनुसार काम सम्पन्न नगरेको निर्माण कम्पनीलाई जरिवाना हुनुपर्नेमा राजनीतिक र आर्थिक पहुँचका आधारमा सहजै म्याद थपियो। म्याद सकिएपछि तीन पटक म्याद थप गरिएको सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीका इन्जिनियर सौरभ कलौनीले बताए। अगामी अक्टोबर ३१ गते तेस्रो पटक थप गरिएको म्याद अवधि पनि सकिन लागेको छ। तर काम भने उक्त समयावधि भित्र नसकिने निश्चित छ।

धनगढीको मुख्य बजार सडक लाइन चौराह देखि कैलाली नाला सम्मको १ हजार ३ सय ८० मिटर कालोपत्रे, नाली निर्माण लगायतको काम बाँकी रहेको इन्जिनियर कलौनीले बताए। यसै गरी धनगढीका ८ सडकमा गरेर १० दशमलव ६८ किलोमिटर मध्य ७ दशमलव ३ किलोमिटरमा कालोपत्रे लगायतको काम सम्पन्न भएको उनले बताए।

धनगढीलाई सुन्दर र नमुना बनाउने अभियान लिएका धनगढी उपमहानगरपालिका नगर प्रमुख पनि कालिका कन्स्ट्रक्सले गरेको काम प्रति असन्तुष्ट रहेका छन्।

थप समाचारका लागि तलको भिडियो हेर्नुहोस:

महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस