सहयात्रा तोड्दै पाण्डे, त्रिपाठी र कँडेल प्रतिस्पर्धामा
२० कार्तिक २०७९
•
४ मिनेट पाठ
सहयात्रा तोड्दै पाण्डे, त्रिपाठी र कँडेल प्रतिस्पर्धामा
भूमि त्रिपाठी,राजेन्द्रप्रसाद पाण्डे र उत्तम कँडेल।
राजधानी काठमाडौंसँगै जोडिएको धादिङ १ मा मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झन्डै चार दशकसम्म एउटै पार्टी र चिह्नमा सहकार्य गरेका दुई नेतासहित एउटै गाउँका तीन नेता चुनावी प्रतिस्पर्धामा छन्।  




२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सँगसँगै हात जोड्दै एकअर्कालाई भोट माग्दै हिँडेका राजेन्द्रप्रसाद पाण्डे र भूमि त्रिपाठी पाँच वर्षपछि अलगअलग दलसहित एकअर्काविरुद्ध आमनेसामने भएका हुन्।  

२०७४ सालको निर्वाचनमा एमालेबाट प्रदेशसभा सदस्यको उम्मेदवार हुँदै मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका पाण्डे सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका छन्।  पाण्डे एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उपाध्यक्ष छन्।  त्रिपाठी एमालेबाट विपक्षी गठबन्धनको नेतृत्व गर्दै प्रतिस्पर्धामा उत्रिएका छन्।  

कम्युनिस्ट राजनीतिक पृष्ठभूमिबाट अघि बढेका पाण्डे र त्रिपाठी मात्र होइन, चार दशक वामपन्थी राजनीति गरेका वातावरण संरक्षण अभियन्ता उत्तम कँडेल पनि प्रतिस्पर्धामा थपिएका छन्।  एकै गाउँठाउँका उनीहरूले लामो समय एउटै पार्टीमा रहेर काम मात्र गरेनन्, विभिन्न जिम्मेवारी पनि निर्वाह गरे।  तर अहिले उनीहरूबीचको सहकार्य टुटेको मात्र छैन, तीनैजना एकअर्काविरुद्ध खडा भएका छन्।  

२०५४ सालको स्थानीय निकाय निर्वाचनपछि एमालेबाट जिल्ला विकास समितिको उपसभापति भएका कँडेल २०५७ सालमा पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए।  केही समय भूमिगत बसेका कँडेल माओवादी शान्ति प्रक्रियामा आएपछि गठन भएको बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा कृषि सामग्री कम्पनी लिमिटेडको अध्यक्ष भएका थिए।  

राजनीतिशास्त्रमा स्नातकोत्तर पाण्डे २०३० को दशकदेखि राजनीतिमा सक्रिय छन्।  शिक्षण पेसाबाट राजनीतिमा प्रवेश गरेका पाण्डे पञ्चायती व्यवस्थामा जिल्ला पञ्चायतको सभापति पनि भएका थिए।  उनी २०४६ सालको राजनीतिक परिवर्तनपछि २०६४ मा भएको संविधानसभा निर्वाचनबाहेक सधैं जनअनुमोदित हुँदै आएका छन्।  २०७४ सालको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिसभा सदस्यको उम्मेदवार नबनाउने भएपछि पाण्डे प्रदेशसभा सदस्यमा झरेका थिए।  त्यसबेला एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएका त्रिपाठी पार्टीको मजबुत संगठन र वाम गठबन्धनको बलमा निर्वाचित भएका थिए।  

पेसाले अधिवक्ता रहेका त्रिपाठी २०५४ सालपछि सक्रिय राजनीतिमा देखिए पनि गैरसरकारी संस्थाहरूमा पनि सक्रिय थिए।  उनीहरूसँगै धादिङ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट हिमेश पन्तले पनि उम्मेदवारी दिएका छन्।  यसकारण पनि धादिङ १ को निर्वाचन निकै रोचक बन्दै गएको छ।  पन्त कमेडी च्याम्पियन सिजन १ का विजेता पनि हुन्  

२०७९ साल वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मत हेर्ने हो भने धादिङ १ मा एमाले सबैभन्दा शक्तिशाली देखिन्छ।  स्थानीय चुनावमा ३१ हजार ३४० मत एमालेले पाउँदा नेकपा एसको पक्षमा ६ हजार ९०९ मत परेको थियो।  स्थानीय चुनावमा माओवादी केन्द्रले २१ हजार ३०३ मत पाउँदा कांग्रेसको पक्षमा १६ हजार १३१ मत परेको थियो।  सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्रको समर्थनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पाण्डेका लागि निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने मुख्य आधार यही बनेको छ। प्रदेशसभा सदस्यका लागि धादिङ १ (क) मा कांग्रेसबाट मधुकुमार श्रेष्ठ र (ख) मा माओवादीका शालीग्राम जमरकटेललाई सत्ता गठबन्धनले मैदान उतारेको छ।  सत्ता गठबन्धनकै बलमा प्रतिनिनिधसभा सदस्य उम्मेदवार पाण्डे आगामी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा छन्।  यो क्षेत्रमा लगातार पाण्डेकै बोलवाला चल्दा माओवादी र कांग्रेसका कतिपय नेता भने असन्तुष्ट देखिन्छन्।  माओवादी केन्द्र मजबुत रहेको बेनीघाटसहितका केही ठाउँको मत पाण्डेको पक्षमा नआउने त होइन भन्ने गठबन्धनभित्र आशंका पनि जन्मिएको छ।  २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यका लागि धादिङ १ (क) मा श्रेष्ठ र पाण्डे आमनेसाने भएका थिए।  अहिले एकअर्काका सहयोगी संगठन बने पनि मतमा अघिल्लो निर्वाचनको प्रभाव पर्ने त होइन भन्ने आशंका उनीहरूमा छ।  

स्थानीय चुनावमा ३१ हजार ३४० मतसहित पहिलो दल बनेको एमाले उम्मेदवार त्रिपाठी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगको चुनावी तालमेलमा आगामी निर्वाचन परिणामलाई निरन्तरता दिने पक्षमा छन्।  राप्रपाले स्थानीय चुनावमा जम्मा ८१५ मत मात्र पाए पनि त्रिपाठीले पार्टीको मजबुत संगठनलाई नै जितको आधार मान्दै आएका छन्।  तर प्रदेशसभा सदस्यतर्फ उम्मेदवार छनोटमा एमालेभित्र सहमति जुट्न नसक्दा त्यसको असर निर्वाचन परिणाममा पर्ने विश्लेषण गर्न थालिएको छ।  प्रदेशसभा सदस्यतर्फ धादिङ १ (क) मा एमालेले रमेश आचार्यलाई उम्मेदवार बनाएपछि पार्टीका प्रभावशाली नेता नेत्रराज पौडेलले सोही प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।  पार्टीका नेता तथा कार्यकर्ता पौडेलको पक्षमा उभिएपछि प्रतिनिधिसभा सदस्य उम्मेदवार त्रिपाठी पनि समस्या परेको निकटहरू बताउँछन्।  एमालेले धादिङ १ (ख) मा गजेन्द्र थपलियालाई उम्मेदवार बनाएको छ।  

पाण्डे र त्रिपाठीका लागि आफ्नै पूर्वसहकर्मी कँडेल र हास्य कलाकार पन्तले लिने मतले पनि असर पार्नेछ।  पाण्डे र त्रिपाठीबीच नै मुख्य प्रतिस्पर्धा रहे पनि शालीन व्यक्तित्वसहित वातावरण संरक्षणका लागि अभियान सञ्चालन गर्दै आए कँडेलले दुवैको मत काट्नेछन्।
अर्को समाचार
एनसेलको शेयर खरिद बिक्री भएको होइन, नाटक मात्रै हो: सांसद पाण्डे
२२ मंसिर २०८०
•
१ मिनेट पाठ
एनसेलको शेयर खरिद बिक्री भएको होइन, नाटक मात्रै हो: सांसद पाण्डे
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले एनसेलको शेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको बताएका छन्।




शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले एनसेलको शेयर खरिद बिक्री नभएको टिप्पणी गरेका हुन्। उनले शेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको बताए। पहिल्यै सम्बन्धित व्यक्तिको श्रीमतिको नाममा २० प्रतिशत शेयर रहेको उल्लेख गर्दै उनले अर्को कम्पनी खडा गरेर श्रीमानको नाममा ८० प्रतिशत शेयर लिनु नै नाटक भएको बताए। यस प्रकरणमा राज्यले गम्भिरतापूर्वक ध्यान पु¥याउनुपर्ने बताए।

उनले भने, ‘यो असाध्यै ठूला भयावह खर्बको चिजलाई अर्बमा बेच्ने स्थिति देखियो। एनसेलको सन्दर्भमा हाम्रो समितिको तर्फबाट गर्नुपर्ने भुमिकामा कमी आउन दिनु हुँदैन। सरकारले पैसा लिएर जाने कुराहरुलाई रोक्ने आदि खालका निर्देशन दिएको छ भन्ने केही पत्रपत्रिकाले लेखेको छ। यो कुरामा कडाइका साथ नेपालका विद्यमान ऐन, कानून पूर्णरुपले फलो गर्नेगरी हामीले ध्यान दिनुपर्ने हुन्छ। यो बिक्री गरेको हो जस्तो लाग्दैन मलाई यो बिक्रीको नाटक मात्रै हो। बिक्रिको नाटक हो। त्यसो हुनाले पहिल्यै श्रीमतिको नाममा २० प्रतिशत थियो अब अर्को कम्पनी खडा गरेर श्रीमानको नाममा ८० प्रतिशत। यस्ता खालका कामहरु भएका छन् यो नाटक हो। यसलाई गम्भिर रुपले ध्यान पु¥याउनुपर्ने हुन्छ।’
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
यो पनि पढौँ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस