आयोगबाट तोकिएको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने
१९ कार्तिक २०७९
•
२ मिनेट पाठ
आयोगबाट तोकिएको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आयोगबाट तोकिएको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने छ।




आयोगले सोका लागि यसअघि सात बुँदे निर्देशन दिइसकेको छ। निर्देशनानुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न र प्रदेशसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य पदको उम्मेदवारले एक सम्पर्क कार्यालय खोल्न सक्नेछन्।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेश गरेका दलले प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा एक सम्पर्क कार्यालय खोल्न सक्ने र माथिका प्रकरण नं १, २ र ३ बमोजिम कार्यालय स्थापना गर्दा सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्न आयोगले निर्देशन दिएको छ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिई निर्वाचन चिन्ह प्राप्त गरिसकेपछि त्यस्ता उम्मेदवारले अन्य कुनै उम्मेदवारलाई समर्थन गरेको भएमा त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भएमा त्यस्तो घरको घरभाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ।

राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउनुपर्छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ मा आयोगले संविधान र प्रचलित कानुनको अधिनमा रही दलले गर्ने काम कारबाही सञ्चालन गर्दा पालना गर्नुपर्ने विषयका सम्बन्धमा आयोगले आवश्यक निर्देशन दिन सक्नेछ।

सोही दफाको उपदफा–२०मा उपदफा–१० बमोजिमको निर्देशन पालना गर्नु प्रत्येक दलको कर्तव्य हुने कानुनी व्यवस्था रहेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा–१०को (म)मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा सत्र दिनअघि (कात्तिक १७ गते)देखि निर्वाचन प्रचार–प्रसारसम्बन्धी जुलुस, आमसभा, कोणसभा गर्न, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचार–प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था रहेको छ।
अर्को समाचार
समानुपातिकमा कति मत खस्यो?
१२ मंसिर २०७९
•
४ मिनेट पाठ
समानुपातिकमा कति मत खस्यो?
निर्वाचन भएको एक साता बितिसक्दा पनि निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ खसेको कुल मत संख्या सार्वजनिक गर्न सकेको छैन। मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभामा खसेको समानुपातिक मतको कुल तथ्यांक आयोगले सार्वजनिक गर्न नसकेको हो। देशभरिबाट प्राप्त समानुपातिक मतका आधारमा राजनीतिक दलको सिट निर्धारण हुने भएकाले कति मत खस्यो भन्ने विषयमा धेरैको चासो बढेको छ। कुल सदर मतका आधारमा ३ प्रतिशतभन्दा कम ल्याउने राजनीतिक दलको मत खेर जाने भएकाले पनि समानुपातिक मतबारे आम चासो बढेको हो।




निर्वाचन आयोगले प्रत्यक्षतर्फ ६१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ तर समानुपातिकतर्फ कति मत खस्यो भनेर केही पनि बताएको छैन। आइतबार साँझसम्म समानुपातिकतर्फको ९० लाखभन्दा बढी मत गनिसक्दा खसेको कुल मतबारे आयोगले कुनै तथ्यांक सार्वजनिक गरेको छैन।

यसपटक कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ७५० भएको आयोगले जनाएको छ। कुल मतदाताको ६१ प्रतिशत १ करोड ९ लाख ७३ हजार एक सय ३७ हुन आउँछ। समानुपातिकमा भने प्रत्यक्षतर्फभन्दा बढी मत खसेको छ। किनकि निर्वाचनमा खटिएका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जेलमा रहेका कैदीबन्दीले समेत समानुपातिकमा मत खसाल्ने मौका पाएका थिए। त्यसकारण पनि समानुपातिकमा प्रत्यक्षतर्फ भन्दा बढी मत खसेको हो। तर अहिलेसम्म यति मत खस्यो भनेर आयोगले तथ्यांक सार्वजनिक गरिसकेको छैन।

निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले सबै मतगणना नभएसम्म तथ्यांक सार्वजनिक गर्न सम्भव नहुने बताए। ‘यकिन तथ्यांक सबै मतगणना भइसकेपछि मात्रै आउँछ। कुनै पनि जिल्लाको परिणाम तलमाथि भएको हुन सक्ने भएकाले समानुपातिकतर्फ खसेको मत तथ्यांक सार्वजनिक नगरिएको हो,’ उनले भने, ‘अपडेट भइरहेको छ। गणना भएका जिल्लाको मात्रै तथ्यांक सार्वजनिक गर्नुले कुनै अर्थ पनि राख्दैन।’ उनका अनुसार प्रत्यक्षतर्फ र समानुपातिकमा ६१ प्रतिशत अनुमानित हो। सबै मतगणना भइसकेपछि मात्रै कुल खसेको मतको तथ्यांक आयोगले सार्वजनिक गर्ने उनले स्पष्ट पारे।

निर्वाचन आयोगले आइतबारसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार समानुपातिकतर्फ देशभरिबाट एमालेले २४ लाख ८८ हजार बढी मत प्राप्त गरेको छ। दोस्रोमा रहेको कांग्रेसले २३ लाख ६३ हजार बढी मत ल्याएको छ। समानुपातिकतर्फ तेस्रो स्थानमा माओवादी केन्द्रले १० लाख ३८ हजार बढी मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५० हजार बढी मत ल्याएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३८ हजार बढी मत ल्याएको छ भने जनता समाजवादी पार्टीले ३ लाख ११ हजार बढी समानुपातिक मत ल्याएको छ।

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले समानुपातिकतर्फ २ लाख ४५ हजार बढी मत ल्याएको छ। प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एसले समानुपातिकतर्फ हालसम्म गणना भएको सदर मतको ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाएको छैन । दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना हुन सकेको छैन।

कसको कति सिट आउला?

प्रतिनिधिसभामा ११० सिट समानुपातिकतर्फबाट निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था छ। दलहरूले समानुपातिकका लागि यसअघि नै निर्वाचन आयोगमा बन्दसूची बुझाइसकेका छन्। सोही बन्दसूचीका आधारमा समानुपातिक पद्धतिबाट ३३ प्रतिशत महिला पुग्नेगरी दलहरूले संसद्मा प्रतिनिधित्व गराउनुपर्नेछ।

कुन दलले कति सिट ल्याउँछन् भनेर धेरैका लागि चासोको विषय बनेको छ। समानुपातिकतर्फ आइतबारसम्म गणना भएकोे मत हेर्दा ६ दलले ३ प्रतिशत कटाएका छन्। ६ वटा दलले पाएको मतलाई शतप्रतिशत मान्दा प्रतिनिधिसभामा एमालेले ३५, नेपाली कांग्रेसले ३४, माओवादी केन्द्रले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १५ सिट पाउने अनुमान गरिएको छ। त्यसैगरी राप्रपाले ८ र जनता समाजवादीले ४ सिट समानुपातिकतर्फ ल्याउन सक्ने देखिन्छ।

सिट बाँडफाँट आधार

दलले ल्याएको कुल सदर मतमध्ये तोकिएको सूत्रका माध्यमबाट सिट संख्या निर्धारण हुनेछ। राजनीतिक दलहरूले प्राप्त गर्ने समानुपातिकतर्फको मतबाट प्रतिनिधिसभामा ११० जना सदस्य निर्वाचित हुन्छन्। समानुपातिकतर्फ दलले ल्याएको सदर मतको अनुपातमा सिट बाँडफाँट हुने व्यवस्था छ। समानुपातिक प्रणालीमा देशको कुल भूभागलाई एक निर्वाचन क्षेत्र मानिन्छ। त्यसअन्तर्गत मतदाताले देशभरिबाट राजनीतिक दललाई मत दिन्छन्। दलले ल्याएको कुल सदर मतमध्ये तोकिएको सूत्रको माध्यमबाट समानुपातिक उम्मेदवारका लागि दलको सिट संख्या निर्धारण हुन्छ। कुल सदर मतको ३ प्रतिशत कटाउने दलहरूले प्राप्त गरेको सबै मतलाई शतप्रतिशत मानेर ११० ले भाग गर्दा कुन दलको भागमा जति प्रतिशत हुन आउँछ, सोही आधारमा सिट संख्या निर्धारण हुन्छ।

प्रतिनिधिसभाका लागि कुनै ‘क’ दलले प्रत्यक्षतर्फबाट कम्तीमा एउटा सिट जितेको र समानुपातिकमा ३ प्रतिशतभन्दा कम मत प्राप्त गरेको खण्डमा उसले संसद्मा प्रवेश पाए पनि राष्ट्रिय दलको मान्यता भने पाउन सक्दैन। त्यस्तो स्थितिमा समानुपातिकमा ‘क’ दलले पाएको ३ प्रतिशतभन्दा कम मतको कुनै गणना हुँदैन। कुनै ‘ख’ दलले प्रत्यक्षतर्फ एक सिट पनि नजितेको तर समानुपातिकमा ३ प्रतिशतभन्दा बढी मत ल्याएको खण्डमा पनि राष्ट्रिय दलको मान्यता दिइन्न। तथापि समानुपातिकबाट  भागमा परेको संख्यामा सिट लिएर संसद् प्रवेशको अवसर भने प्राप्त हुन्छ।

कुनै ‘ग’ दलले प्रत्यक्षतर्फ एक सिट पनि जितेन र समानुपातिकतर्फ पनि ३ प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उक्त दलको सबै मत खेर जान्छ। अर्थात्, उसले पाएको मतको सिट बाँडफाँटका लागि कुनै गणना हुँदैन। प्रदेशसभामा भने समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्न दलले ३ प्रतिशतको आधा अर्थात् १.५ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ । कुल सदर मतका आधारमा समानुपातिकतर्फको सिट बाँडफाँट हुने व्यवस्था छ। २०७४ सालमा समानुपातिकतर्फ ९५ लाख ८ हजार १४४ मत सदर भएको थियो। खसेको मत र दलहरूले ल्याएको मतलाई हेर्दा १० प्रतिशत मत बदर भएको थियो।

शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस