मतदातालाई मत बदर हुने चिन्ता
१५ कार्तिक २०७९
•
२ मिनेट पाठ
मतदातालाई मत बदर हुने चिन्ता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेको बेला मतदान कसरी गर्ने भन्नेमा मतदाता अन्योलमा छन्।  निर्वाचन आयोगले समयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्दा मतदातामा  मत बदर हुने चिन्तासमेत बढेको छ।   जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको प्रतिनिधिसभाकोे  निर्वाचनमा जिल्लाभर ७६ हजार एक सय मत खसेकामा सात हजार ५४ मत बदर भएको थियो।  




आसन्न निर्वाचन नजिकै आइसके पनि  मतदान कसरी गर्ने भनेर अलमल भएको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए।  मतदान कसरी गर्ने भन्नेबारे अन्योल छ । भोट हाल्ने तरिकाबारे थाहा नभएकाले अन्योलता छाएको छ।  उनले भने, 'मतदान कसरी गर्ने, कति मतपत्र हुन्छ भन्नेबारे हमी अलमलमा छौँ, मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान गर्ने तरिकाबारे थाहा  हुन सकेको छैन।' यसले गर्दा  बदर मतको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।  गएको स्थानीय तहको निर्वाचनमा समेत मतदाता शिक्षा सञ्चालन हुन सकेको थिएन।  

'यही कात्तिक १८देखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भनिएको छ। जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले भने, 'सो अवधिभर मतदाता शिक्षा कार्यक्रम समुदायस्तरमै सञ्चालन हुन्छ, त्यसका लागि प्रत्येक वडामा कम्तीमा एकजना स्वयंसेवक खटाइन्छ।' 

कम्तीमा १० क्रक्षा पास भएका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बन्धित स्थानीय तहले नियुक्त गरेर समुदायस्तरमै  गएर मतदातालाई सिकाउने भनेर आयोगबाट निर्देशन आएको निर्वाचन अधिकारी फुँयालको भनाइ थियो।    

मतदाता शिक्षाले बदर मतको सङ्ख्या घटाउने निर्वाचन कार्यालयको जिकिर  छ। यसपटक मतदाताले चार मतपत्रमा छाप लगाउनुपर्नेछ। प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक÷एक र समानुपातिकका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक÷एक गरेर चार मतपत्रमा  छाप लगाउनुपर्नेछ।  

जिल्लामा  प्रतिनिधिसभा सदस्यका लागि एक मात्र क्षेत्र रहेको छ। यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता छन्। 
अर्को समाचार
मतदातालाई मत बदर हुने चिन्ता
०१ मंसिर २०७९
•
२ मिनेट पाठ
मतदातालाई मत बदर हुने चिन्ता
यही मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेको बेला मतदान कसरी गर्ने भन्नेमा मतदाता अन्योलमा छन्।  निर्वाचन आयोगले समयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्दा मतदातामा  मत बदर हुने चिन्तासमेत बढेको छ।




जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको प्रदेशसभाको पहिलो निर्वाचनमा जुम्लाको कुल मतदाता संख्या ५९ हजार ९ सय ५ थियो। जसमध्ये ४१ हजार ४ सय ५९ मत खसेको थियो। ३९ हजार ९ सय ७ मत सदर हुँदा १ हजार ५ सय ५२ मत बदर भएको थियोे। यस्तै प्रतिनिधिसभाको पहिलो निर्वाचनमा १ हजार ७ सय २५ मत बदर भएको थियो।  

आसन्न निर्वाचन नजिकै आइसके पनि  मतदान कसरी गर्ने भनेर अलमल भएको चन्दननाथ नगरपालिका वडा नम्बर ४ का कमला थापा ९बुढा ०बताउँछिन्। मतदान कसरी गर्ने भन्नेबारे अन्योल छ। भोट हाल्ने तरिकाबारे थाहा नभएकाले अन्योलता छाएको छ।  उनले भनिन् ‘मतदान कसरी गर्ने, कति मतपत्र हुन्छ भन्नेबारे हमी अलमलमा छौँ।’ मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान गर्ने तरिकाबारे थाहा  हुन सकेको छैन। यसले गर्दा  बदर मतको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।

गएको स्थानीय तहको निर्वाचनमा समेत मतदाता शिक्षा सञ्चालन हुन सकेको थिएन। यही कात्तिक १८ देखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियोे। जिल्ला निर्वाचन अधिकारी महेश शर्माले भने कार्तिक १८ देखि मंसिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम समुदायस्तरमै सञ्चालन गरिएको बताएका छन्। उनका अनुसार त्यसका लागि प्रत्येक वडामा कम्तीमा एक जना महिला  स्वयंसेवक खटाइएको छ। कम्तीमा १० क्क्षा पास भएका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बन्धित स्थानीय तहले नियुक्त गरेर समुदायस्तरमै  गएर मतदातालाई सिकाउने भनेर आयोगबाट निर्देशन आएको निर्वाचन अधिकारी शर्माको भनाइ थियो। मतदाता शिक्षाले बदर मतको सङ्ख्या घटाउने निर्वाचन कार्यालयले जनाएको छ। 

जुम्लामा ६० वडा छन्। प्रत्येक वडा१-१ जना गरी ६० जना महिला स्वयंसेविकालाई मतदात शिक्षा कार्यक्रमका लागि परिचालन गरिएको छ। जिल्लामा मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढ्ने चिन्ता देखिएको छ। यो भन्दा मत मत सदर गर्ने उदेश्यले जुम्लाका ८ वटै स्थानीय तहमै नमुना मतदान कार्यक्रम गरिएको निर्वाचन अधिकारी महेश शर्माले बताए। स्थानीय तहको नमुना मतदानको बदर भएका मतपत्र हेर्दा छाप लगाएर मतपत्र पट्याउन नजानेको, दुई कोठामा छाप लगाएको र दुई चिह्नमा छाप लगाएको देखिन्छ।उनका अनुसार झन् यस पटक मतदाताले चार मतपत्रमा छाप लगाउनुपर्नेछ। प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक/एक र समानुपातिकका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक÷एक गरेर चार मतपत्रमा छाप लगाउनुपर्नेछ। 

निर्वाचन आयोगले आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएकोले मतदान गर्न पाउने जनाएको छ। जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता छन्। प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ मा पुरुष १८ हजार ८  सय ७८, महिला १७ हजार ९ सय ५ गरी जम्मा ३६ हजार सात सय ८३ मतदाता छन्।यस्तै, क्षेत्र नं २ मा पुरुष १६ हजार ८ सय २२, महिला १५ हजार ३३ गरी जम्मा ३१ हजार ८ सय ५५ मतदाता  छन्। जिल्लामा १ प्रतिनिधिसभा र २ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस