तीन दशकपछि कँडेल र शाक्य आमने–सामने
०४ कार्तिक २०७९
•
२ मिनेट पाठ
तीन दशकपछि कँडेल र शाक्य आमने–सामने
कालीप्रसाद शाक्य र यामलाल कँडेल
२०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट यामलाल कँडेल र नेपाली कांग्रेसबाट कालीप्रसाद शाक्य उम्मेदवार थिए। उति बेला शाक्यलाई हराउँदै कँडेलले वीरेन्द्रनगर नगरपालिकाको मेयरमा बाजी मारे। कँडेल त्यसपछि संघीय सांसद हुँदै मन्त्री भने। २०७४ मा सुर्खेत क्षेत्र नं. (२) कुबाट प्रदेशसभा सांसद चुनिए।




३० वर्षपछि फेरि वीरेन्द्रनगरमा कँडेलर शाक्य आमने–सामने भएका छन्। शाक्य ३० वर्षअघि मेयरमा भएको पराजयको बदला प्रदेशसभा सदस्य जितेर लिने दाउमा छन् भने कँडेल प्रदेशसभाको दोस्रो कार्यकाल दोहोर्‍याउने अभियानमा छन्।

२०७४ को निर्वाचनमा बाम गठबन्धन थियो। उति बेला माओवादी केन्द्रको साथ पाएका कँडेलले कांग्रेस उम्मेदवार कमलराज रेग्मीलाई ५ हजार ३३५ मतान्तरले पराजित गरे। कँडेलले २१ हजार २८२ प्राप्त गर्दारेग्मीले १५ हजार ९४७ ल्याएका थिए।

अहिलेको वीरेन्द्रनगरको अवस्था फरक छ। वीरेन्द्रनगरको १६ वटा वडा मध्ये १ देखि १४ वडाको प्रदेशसभा क्षेत्र छ। अघिल्लो निर्वाचनमा एमालेसँगरहेको माओवादी केन्द्र अहिले कांग्रेससँग छ। एमाले पनि विभाजित भएर एकीकृत समाजवादी केन्द्र बनेको छ।

वीरेन्द्रनगरमा २०४९ सालदेखि एमालेभित्रै शिव उपाध्याय नेतृत्वमा छुट्टै गुट अस्तित्वमा थियो। उतिबेला एमालेबाट कँडेलर कांग्रेसबाट हृदयराम थानी प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए। एमालेका उपाध्यायले बागी उम्मेदवारी दिए। बागी उम्मेदवारका कारण कँडेल पराजित बने। अहिले तिनै उपाध्याय समाजवादीबाट प्रदेशसभा सदस्यका उम्मेदवार छन्।

‘समाजवादीसँगै एमालेको परम्परागत भोट पनि उपाध्यायले प्राप्त गर्ने भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी हुन सहज छ,’ कांग्रेसका एक नेताले भने, ‘कांग्रेसर शाक्यका लागि ३० वर्षअघिकोराजनीतिक बदला लिने सही समय पनि यही हो।’

कांग्रेसले भनेजस्तै एमाले उम्मेदवार कँडेललाई पराजित गर्न भने सहज देखिँदैन्। स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगरको मेयरर उपमेयरसहित अधिकांस वडा कांग्रेसले जितेको छ। त्यसमाथि एमालेले कँडेललाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेको छ। ‘संघीय सांसद, मन्त्री हुँदै प्रदेशसभाको अनुभव पनि हुँदा (कँडेल)ले बटुल्नु भएको छ,’ एमाले प्रचार विभागका सदस्य गंगाराम तिमिल्सेनाले भने, ‘वीरेन्द्रनगरको जनमत पनि एमालेकै पक्षमा भएकाले हामी सहजै निर्वाचनमा विजयी हुन्छौं।’

कँडेलको ध्यान मुख्यमन्त्रीको कुर्सीमा छ। प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा प्रदेशका ४० सांसदमध्ये २० निर्वाचित हुँदा पनि उनले मुख्यमन्त्रीको कुर्सी प्राप्त गर्न सकेनन्। एमालेर माओवादी केन्द्रबीच भएको सहमति अनुसार १३ सिट जितेको माओवादीले कर्णाली सरकारको नेतृत्व ग¥यो। सर्वोच्च अदालतले दुई पार्टी मिलेर बनेको नेकपालाई पूर्ववत अवस्थामा पु¥याएपछि एमालेले संसदमा अविश्वास प्रस्ताव ल्यायो। एमालेकै तत्कालीन माधवकुमार नेपाल समूहर कांग्रेसको साथले माओवादीको सरकार जोगियो। कँडेलको मुख्यमन्त्री हुने सपना पूरा भएन्। प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेसको हातमा अहिले कर्णालीको बागडोर छ।
अर्को समाचार
कर्णाली सरकारले आजै पूर्णता पाउँछः मुख्यमन्त्री कँडेल
१८ वैशाख २०८१
•
१ मिनेट पाठ
कर्णाली सरकारले आजै पूर्णता पाउँछः मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन्। मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका उनले सत्ता साझेदार दलहरुसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता दिन थालेका हुन्। 




उनले यही वैशाख १२ गते विनाविभागीय मन्त्रीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गरेका थिए।

आज नेकपा (एमाले) को भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरिने मुख्यमन्त्री कँडेलले बताए। माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त हुने जनाइएको छ।

नियुक्त हुने मन्त्रीहरुको नाम मुख्यमन्त्री कँडेललाई दिइसकिएको माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले जानकारी दिए। दुवै दलबाट को–को मन्त्री हुने भन्नेबारे भने खुलाइएको छैन। 

मन्त्रीहरु नियुक्त गरेर पद तथा गोपनीयताको शपथ आजै खुवाउने गरी गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ। मुख्यमन्त्री कँडेलले गत चैत २७ गते कर्णाली प्रदेश सरकारको नेतृत्व ग्रहण गरेका थिए । 
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस