पहिले सहयात्री, अहिले प्रतिस्पर्धी
०४ कार्तिक २०७९
•
५ मिनेट पाठ
पहिले सहयात्री, अहिले प्रतिस्पर्धी
मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिला एउटै दलका सहकर्मीका साथै चुनावी तालमेल गरेर सहयात्री बनेका नेताहरू नै मुख्य प्रतिस्पर्धीका रूपमा खडा भएका छन्। अघिल्लो चुनावमा भन्दा अहिले दलीय तालमेल फेरिनु, पार्टीहरू विभाजन हुनु र दल अदलबदलले पहिला सहकर्मी/सहयात्री बनेका नेताहरूबीच नै प्रतिस्पर्धा हुन लागेको हो। अघिल्लो निर्वाचनमा मुख्य प्रतिस्पर्धी बनेका दल र नेताहरू अहिले सबैभन्दा नजिकका सहयोगी बन्न पुगेका छन्।




पार्टीले दिएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै विद्रोही बनेकालाई छाड्ने हो भने प्रतिनिधिसभाका १६ निर्वाचन  क्षेत्रमा पूर्वसहकर्मीसँग एमालेका उम्मेदवारले मुख्य प्रतिस्पर्धा गर्दैछन्। एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी ९नेकपा एस० नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्दै प्रतिस्पर्धामा उत्रिएको छ। २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको एमालेले आगामी चुनावमा सोही पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछ। कांग्रेससँग गठबन्धन गर्दै प्रतिनिधिसभा सदस्यका लागि  

४७ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको माओवादी केन्द्रको धेरै ठाउँमा एमालेसँग प्रतिस्पर्धा हुने देखिन्छ। एमाले र माओवादी केन्द्र मिलेर नेकपा निर्माण र विभाजनपछि एमालेमै रहेका माओवादी केन्द्रका नेताहरू पनि पूर्वसहकर्मीसँग प्रतिस्पर्धामा छन्। अघिल्लो निर्वाचनमा जिताउन हिँडेका कार्यकर्ता अहिले तिनै नेताविरुद्ध मोर्चा कसेर मैदानमा उत्रिएका छन्।

एमाले, उसबाट अलग भएर बनेको नेकपा एस र माओवादी केन्द्रबीच मात्र होइन, अघिल्लो निर्वाचनमा कांग्रेससँग सहकार्य गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उपेन्द्र यादव नेतृत्वको हालको जनता समाजवादी पार्टी (जसपा)को अवस्था पनि उस्तै छ। अघिल्लो निर्वाचनमा मुख्य प्रतिस्पर्धी माओवादीलाई कांग्रेसले ४७ स्थानमा सहयोग गर्दै भोट मागिरहेको छ। माओवादीले पनि कांग्रेसका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेको छ। अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारविरुद्ध उभिएको जसपा अहिले चुनावी तालमेल गर्दै सहकार्यमा जुटेको छ। अघिल्लो निर्वाचनमा कांग्रेससँग मिलेर चुनावी मैदान उत्रिएको राप्रपा अहिले फेरि एमालेसँग मिलेर कांग्रेसविरुद्ध खडा भएको छ। निर्वाचन प्रतिस्पर्धामा मात्र होइन, उनीहरूबीच आरोप प्रत्यारोपसहितको तिक्तता देखिन थालेको छ। अघिल्लो चुनावका सहयात्री/सहयोगी अहिले मुख्य  

प्रतिस्पर्धी र मुख्य प्रतिस्पर्धी सहयोगी हुनेमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि एक हुन्। प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट प्रतिस्पर्धामा रहेका देउवाविरुद्ध उनका सहकर्मी कर्ण मल्ल एमालेसहितको सहयोगमा बिपी कांग्रेसबाट मैदानमा उत्रिएका छन्। डडेल्धुरामा अघिल्लो निर्वाचनमा देउवाका मुख्य प्रतिस्पर्धी माओवादी केन्द्रका खगराज भट्ट अहिले सहयोगी बन्दै प्रदेशसभा सदस्यको उम्मेदवार छन्।

एमाले महासचिव शंकर पोखरलका लागि पनि स्थिति  त्यस्तै छ। अघिल्लो निर्वाचनमा माओवादीसँग चुनावी तालमेल गर्दा कृष्णबहादुर महरालाई दाङ–२ छाडेर पोखरेल लुम्बिनी प्रदेशसभा सदस्य बने। तर अहिले माओवादीकी रेखा शर्मा पोखरेलसँग प्रतिस्पर्धामा छिन्। एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध त पार्टीकै पूर्वसहकर्मी राजु गुरुङ नेकपा एसबाट उम्मेदवार छन्। एमालेका पूर्वउपमहासचिव घनश्याम भुसाल पार्टीकै पूर्वसहकर्मी छविलाल विश्वकर्माविरुद्ध कांग्रेस, माओवादीको गठबन्धनको समर्थनमा उम्मेदवार बनेका छन्। अघिल्लो निर्वाचनमा राप्रपाका दीपक  बोहोराका लागि समानुपातिकमा बसेर आफ्नो निर्वाचन क्षेत्र छाडिदिएका कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाण अहिले उनैसँग चुनावी प्रतिस्पर्धामा छन्।

त्यस्तै २०७४ सालको निर्वाचनमा तत्कालीन राप्रपा अध्यक्ष कमल थापाका लागि मकवानपुर–१ छाडेर २ बाट प्रतिस्पर्धा गरेकी थिइन् कांग्रेस नेत्री महालक्ष्मी उपाध्यायले। तर अहिले तिनै थापा र उपाध्याय प्रतिस्पर्धामा छन्। थापा एमालेको सहयोग र चिह्नमा मकवानपुर–१ बाट उम्मेदवार बनेका छन्। राप्रपाका दीपकबहादुर सिंहले पनि पूर्वअध्यक्ष थापालाई चुनौती दिएका छन्।

सर्लाही–२ मा राजेन्द्र महतो र महेन्द्र यादवबीच पनि त्यस्तै प्रतिस्पर्धा हुँदैछ। मधेसका मुद्दामा मात्र नभएर पहिला एउटै दलमा बसेर काम गरेका यी दुई नेताबीच सर्लाही २ मा प्रतिस्पर्धा छ।  

धादिङ–१ मा राजेन्द्र पाण्डे र भूमी त्रिपाठी प्रतिस्पर्धामा छन्। एमालेमा लामो समयसँगै काम गरेका त्रिपाठी र पाण्डे यसपटक निर्वाचनमा आमनेसामने भएका छन्। अघिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीले त्रिपाठीलाई प्रतिनिधिसभा सदस्यमा खडा गरेपछि पञ्चायतदेखि नै एकछत्र राज जगर्दै आएका पाण्डे प्रदेशसभा सदस्यमा झरेका थिए। अहिले एमालेबाट अलग भएर बनेको नेकपा एसको उपाध्यक्ष रहेका पाण्डे अघिल्लो निर्वाचनको मुख्य प्रतिस्पर्धी कांग्रेसको साथ लिएर पूर्वसहकर्मी त्रिपाठीविरुद्ध उत्रिएका छन्। ०७४ सालको निर्वाचनमा उनै पाण्डेसँग प्रदेशसभा सदस्य निर्वाचनमा पराजित कांग्रेसका मधुकुमार श्रेष्ठ अहिले उनका सहयोग बनेका छन्। पाण्डेले संघमा उम्मेदवारी दिँदा श्रेष्ठ कांग्रेसबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन्।  

सातौंपटक निर्वाचन प्रतिस्पर्धामा रहेका नेकपा एसका नेता झलनाथ खनालविरुद्ध पूर्वसहकर्मी एमालेका महेश बस्नेत प्रतिस्पर्धामा छन्। इलाम २ मा एमालेका पूर्वअध्यक्ष रहेका खनाल र एमालेको बस्नेतबीच टक्कर हुने मतदाता बताउँछन्। झापा–२ मा एमाले स्थायी कमिटी सदस्य देवराज घिमिरे र चुनावअघि एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका हरिकुमार राना प्रतिस्पर्धामा छन्। गुल्मी–२ मा नेकपा एसकी रामकुरमारी झाँक्री र एमालेका गोकर्ण बिष्ट प्रतिस्पर्धामा छन्। यी दुवै पूर्वसहकर्मी हुन्।

एमालेका शिवसुन्दर राजवैद्य र जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे र ठाकुर गैरे, विरोध खतिवडा र महेश बर्तौला, कृष्णलाल महर्जन र प्रेमलाल महर्जन, विद्या भट्टराई र श्रीनाथ बराल, शान्ता चौधरी र मेटमणि चौधरी, रवीन्द्रराज शर्मा र अम्मरबहादुर थापा, धनबहादुर बुढा र गणेशबहादुर शाही, भानुभक्त जोशी र ऐन महर, प्रेम आले र गौरी वली, जगन्नाथ खतिवडा र अम्मरबहादुर रायमाझी अहिले प्रतिस्पर्धामा छन्। यी सबै नेता पहिला एमालेमा सहकर्मी थिए। एमाले फुटेपछि श्रेष्ठ, पाण्डे, खतिवडा, प्रेमलाल, बराल, मेटमणि, थापा, बुढा जोशी, आले र जगन्नाथ नेकपा एसमा गएका हुन्।
अर्को समाचार
एमालेको ‘न्यानो’ खोज्दै रास्वपा
१९ चैत्र २०८०
•
३ मिनेट पाठ
एमालेको ‘न्यानो’ खोज्दै रास्वपा
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रमुख मुद्दा थियो– पुराना दलको विरोध। रास्वपा विधिवत् रूपमा गठन भएलगत्तै सभापति रवि लामिछाने पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को कटु आलोचनामा उत्रिएका थिए। उनले ६ जना पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल तथा नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष बाबुराम भट्टराई) विरुद्ध ‘नो, नट अगेन’ अभियान चलाएका थिए।




यही अभियानले ती पूर्वप्रधानमन्त्रीका  मनमा त्राससमेत सिर्जना ग¥यो। माओवादी केन्द्रका अध्यक्ष दाहाल चितवन छाडेर गोरखा गएर उम्मेदवार बने। नेकपा एसका अध्यक्ष नेपाल काठमाडौं छाडेर पुरानो क्षेत्र रौतहटमै सीमित भए। नेसपाका अध्यक्ष भट्टराई चुनाव नै लडेनन्। निर्वाचनका क्रममा रास्वपाले पुराना दल र नेताकै कारण देशले प्रगति गर्न नसकेको, भ्रष्टाचार निम्तिएको, सुशासन कायम हुन नसकेको मुद्दा उठाएर असन्तुष्ट जमात आफूतिर तान्यो। काठमाडौं, चितवनलगायत सहरी क्षेत्रबाट प्रतिनिधिसभामा २० सिट जितेर रास्वपा चौथो ठुलो दल बन्यो।

निर्वाचनमा पुराना दल र पूर्वप्रधानमन्त्रीहरूको आलोचना गर्दै जनमत बटुलेका रास्वपा सभापति लामिछाने चुनाव सकिएको महिना दिन नबित्दै पुस १० मा आफैंले ‘नो, नट अगेन’ भनेका एमाले अध्यक्ष ओली निवास बालकोट पुगे।

पछिल्लो पटक प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मंसिरमा भएको थियो। लामिछाने बालकोट पुग्नुको उद्देश्य आफैंले ‘नो, नट अगेन’ भनेका अर्का पात्र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउनु थियो। लामिछाने त्यसअघि तत्कालीन प्रधानमन्त्री कांग्रेस सभापति देउवालाई भेट्न बालुवाटार पनि पुगेका थिए। देउवाले उनलाई खासै महत्त्व नदिएको स्रोत बताउँछ। एमाले अध्यक्ष ओलीले निमन्त्रणा गरेपछि लामिछाने त्यो दिन बालकोट पुगेका थिए।

बालकोटमा त्यस दिन भएको बैठकले दाहाललाई प्रधानमन्त्री बनायो। रास्वपा सभापति लामिछाने उपप्रधान एवं गृहमन्त्री बने। उनलाई गृहमन्त्री बनाउन एमाले अध्यक्ष ओलीको जोडबल रह्यो।

दाहालले भने उनलाई गृहमन्त्रालय दिन चाहेका थिएनन्। सत्ताको पहिलो यात्रा तय गर्दा आफूलाई सघाएको एमालेप्रति त्यसयता रास्वपा अनुग्रहित देखिएको छ। त्यसैले अन्य दलप्रति आक्रामक देखिने रास्वपा एमालेसँग नरम देखिँदै आएको छ।

गृहमन्त्रीका रूपमा लामिछानेको पहिलो ३२ दिने सत्तायात्रामा पनि ओलीले सहयोग गरेका थिए। नागरिकता विवादमा २०७९ माघ १३ मा सर्वोच्च अदालतको फैसलापछि सांसद पदबाट मुक्त भएका लामिछाने तीन दिन (१५ माघ) मै नागरिकता पुनः प्राप्ति गरे।

नागरिक पुनः लिएलगत्तै उनी फेरि गृहमन्त्रीको भूमिकामा फिर्ता हुन चाहेका थिए। उनको उक्त चाहनामा ओलीले साथ दिएका थिए। प्रधानमन्त्री दाहालले सांसद पद खुस्किएका लामिछानेलाई पुनः गृह मन्त्रालयमा फर्काउन चाहेनन्। उनलाई गृहमन्त्रालयमा पुनः भित्र्याउन दाहाल तयार नभएपछि लामिछानेले २२ माघमा रास्वपाका सबै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएका थिए।

माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारलाई समर्थन गरेन। त्यसपछि एमालेले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन १५ फागुनमा फिर्ता लियो। एमाले र रास्वपा दुवै विपक्षी कित्तामा पुगे। विपक्षी कित्तामा रहँदा रास्वपाले प्रत्यक्ष–अप्रत्यक्ष एमालेका गतिविधिमा साथ दियो। विपक्षी कित्तामा पुगेपछि एमालेले सत्तामा उलटफेर ल्याउन प्रयास गरिरहेको थिए। जसमा रास्वपा पनि सम्मिलित थियो। यसको खुलासा स्वयं रास्वपा उपसभापति स्वर्णिम वाग्लेले केही दिनअघि एउटा कार्यक्रममार्फत गरेका थिए।

प्रधानमन्त्री दाहालले एक वर्षपछि गत माघ २१ गते सत्ता गठबन्धनबाट कांग्रेसलाई हटाएर एमालेसँग काँध मिलाएपछि रास्वपा पुनः सोही गठबन्धनमा समाहित भएको छ। प्रधानमन्त्री दाहालसँग २० गते राति छलफल गर्दा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई पनि सहभागी गराएका थिए। त्यही छलफलपछि नयाँ सत्ता गठबन्धन बन्यो, जसमा रास्वपा पनि छ।

लामिछानेले एकवर्षअघि गुमाएको उपप्रधान एवं गृहमन्त्री पद पुन पाएका छन्। लामिछानेलाई गृह मन्त्रालय दिन एमाले अध्यक्ष ओली नरम बने। यसले पनि रास्वपाको एमालेसँगको निकटता अझै प्रष्ट गरेको छ। 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस