रेकर्ड ब्रेकको रेसमा ‘प्रचण्ड’
०१ कार्तिक २०७९
•
४ मिनेट पाठ
रेकर्ड ब्रेकको रेसमा ‘प्रचण्ड’
दाहाललाई कांग्रेस पार्टी कार्यालय गोरखामा स्वागत गर्दै गठबन्धनबाट गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाई। तस्बिर : नागरिक
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनको तर्फबाट गोरखा २ को उम्मेदवार छन्। गठबन्धन भित्रका माओवादी, कांग्रेस, नेपाल समाजवादी, एकिकृत समाजवादीले स्थानीय तहमा गोरखा २ मा पाएको मत हेर्दा चुनाव जित्न असहज देखिन्न तर दाहाल चुनाव जित्न मात्र नभई ‘रेकर्ड ब्रेक’ को ‘रेसमा छन्।  




गोरखामा आयोजित कार्यकर्ता प्रशिक्षण होस् या गठबन्धन दलको संयुक्त प्रशिक्षण, आन्तरिक भेटघाट सबैमा दाहालले जित्ने भन्दापनि ‘रेकर्ड’ बनाउने विषय महत्वपूर्ण भएको बताउँदै आएका छन्।  

गठबन्धन दलले गोरखामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले भने ‘बलियो हात दिएर पठाउनुभयो भने प्रतिगमन र प्रतिक्रान्तीलाई चिर्न सक्छ लुलो भयो भने गार्हो पर्छ।’ मलाई कति तागत दिनुहुन्छ भन्ने कुराले केन्द्रिय राजनीतिलाई अझै सहज बनाउन र केन्द्रिय स्तरबाट विकास निर्माणलाई गती दिन सफलता मिल्ने उनले बताए। आफ्नो गोरखा आगमनलाई हल्का रुपमा नलिन उनले अनुरोध गरे।  

२०६४ सालको निर्वाचनमा गोरखा २ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेको डाक्टर बाबुराम भट्टराईले ४६ हजार भन्दा बढी मत पाएका थिए। त्यो खसेको मतको ८३ प्रतिशत थियो। २०७० मा गोरखा २ मा माओवादी केन्द्रका नेता हितराज पाण्डे बिजयी बने। त्यतीबेला भट्टराई गोरखा १ बाट चुनाव लडेका थिए। फेरी २०७४ मा भट्टराई गोरखा २ मै फर्किए। कांग्रेस सँगको गठबन्धनमा भट्टाराईले ३१ हजार आठ सय सात मत ल्याए भने बाम गठबन्धबाट उम्मेदवार रहेका नारायणकाजी श्रेष्ठले २४ हजार नौ सय ३३ मत पाए।

२०६४ सालको निर्वाचनमा गोरखा २ को परिणाम भने अप्रत्याशित थियो। खसेको मतको ८३ प्रतिशत र प्रतिद्वन्द्वीलाई ४० हजार मतान्तरले भट्टराईले पराजित गरेका थिए। ‘मेरो नाममा यो दुईवटा रेकर्ड छ’ सत्ता गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई गोरखामा सम्बाेधन गर्दै भट्टराईले भने ‘अहिले मतदाता बढेका छन् मत पनि ४६ हजार आउला, प्रतिद्वन्द्वीसँग मतान्तर पनि ४० हजार होला तर खसेको मतको ८३ प्रतिशत ल्याउन कठिन छ, असंभव छैन।’ गोरखा २ बाट रेकर्ड ब्रेक गर्न उनले दाहाललाई ९० प्रतिशतको टार्गेट सहित शुभकामना दिए।  

२०६४ र ७० मा मूख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग भयो, २०७४ मा म नेपाली कांग्रेस सँग सहकार्य गरेर नेकपा सँग प्रतिस्पर्धा भयो भट्टराईले भने ‘अहिले चौथो निर्वाचन सुखद भयो, हिजोका प्रतिस्पर्धी सँगै छौँ, म भन्दा भाग्मानी खुसी को हुन सक्छ।’ दुबै पक्षसँग प्रतिस्पर्धा गरेको मान्छे दुबै पक्षलाई एकै ठाउँमा राखेर गठबन्धनका सबै उम्मेदवारलाई जिताएर सहकार्यको मोडल बनाउने र देशलाई समृद्धी तर्फ लैजाने योजना रहेको उनले सुनाए।  

गत स्थानीय निर्वाचनमा भने सत्ता गठबन्धनका दलबिच गोरखामा तालमेल भएन। स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारले पाएको मत र एमालेका उम्मेदवारले पाएको मतान्तर धेरै देखिन्छ। सत्ता गठबन्धनका उम्मेदवारले स्थानीय निर्वाचनमा गोरखा २ का पालिकामा करिब ५२ हजार मत पाए। एमालेका उम्मेदवार करिब छ हजार पाँच सय मत पाएको देखिन्छ। छ गुणा भन्दाबढि मत गठबन्धन दल सँग छ। यही आडमा रेकर्ड ब्रेकको योजनामा माओवादी केन्द्रका अध्यक्ष दाहाल छन्। प्रशिक्षणका क्रममा उनले गोरखामा धेरै स्थानीय तह जित्नु पनि आफु यहाँ आउने एउटा आधार बनेको हुन सक्ने बताए। स्थानीय तहमा उम्मेदवारी नदिएका नयाँ दलहरुले मतान्तरमा भने केही प्रभाव पार्ने देखिन्छ। अहिले दाहाल सहित गोरखा २ मा १२ जनाबिच प्रतिस्पर्धा हुँदैछ।  

माओवादीका नेता कार्यकर्ता मात्र होईन गठबन्धनमा रहेको कांग्रेसका नेता पनि माओवादी केन्द्रका अध्यक्षलाई रेकर्ड मतका साथ बिजयी गराउने लाग्नुपर्ने बताउँदै आएका छन्। ‘जित त सुनिश्चित छ तर एउटा पार्टीको केन्द्रिय अध्यक्ष आएर चुनाव लड्दै गर्दा जितेर मात्र भएन रेकर्ड बनाउने गरी जित्नुपर्छ हामीले जिताउनुपर्छ, यो हाम्रो लागि अवसर हो’ कांग्रेस केन्द्रिय सदस्य एवं गोरखा २ ख का उम्मेदवार सुरेन्द्रराज पाण्डेले भने।  

गठबन्धनबाट गोरखा १ का उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाईले अध्यक्ष दाहाललाई अत्याधिक मतले बिजयी गराएर गोरखामा प्रचण्डको नेतृत्वमा गठबन्धन दलका सबै उम्मेदवारले इतिहास राख्ने बेला आएको बताए। हरेक भेटघाट, छलफल र चुनावी तयारी दाहालले रेकर्ड ब्रेक केन्द्रित गरेका छन्। माओवादी जिल्ला पार्टी पनि दाहालको जित भन्दापनि मतान्तरको हिसाब किताबमा केन्द्रित छ। गठबन्धनका दलहरु संयुक्त चुनावी कार्यक्रम, बैठक र तयारीमा ब्यस्त देखिन्छन्।

गोरखा २ मा प्रतिनिधि सभाकालागि नेकपा एमालेको तर्फबाट सिरानचोक ३ का अब्दुस मियाँले उम्मेदवारी दिएका छन्। २८ वर्षका उनी एमालेको राजनीतिमा नयाँ हुन। निरन्तर चुनाव जितेका नेताबाट कुनै परिर्वतन संभव नभएको भन्दै आफ्नो जित शुनिश्चित रहेको दावी उनको छ।  

नेपाल मजदुर किसान पार्टीका प्रल्हाद लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटी, राप्रपा नेपालका कुलबहादुर बस्नेत, नेपाली कांग्रेस बिपीबाट टिकादत्त पोखरेल, राप्रपाबाट शुसिल पन्त, नेकपा मालेबाट नारायणबाबु आचार्य पनि उम्मेदवार छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटी पुराना दल र नेता नभई जनताले नयाँ नेतृत्व खोजेकाले आफ्नो पक्षमा परिणाम आउने दावी गर्छन्।  

हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा, मंगोलनेशनल अर्गनाईजेशनका सोमबहादुर गुरुङले उम्मेदवारी दिएका छन्। बारपाक सुलिकोट ८ का बिनोदकुमार गुरुङ, पालुङटार नगरपालिका ४ का गणेश देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्र रुपमा उम्मेदवारी दिएका र साना दलको प्रभाव गाउँतहमा कम देखिन्छ। तर यीनले मत काट्दा रेकर्ड ब्रेकमा असहयोग हुने हो कि भन्ने चिन्ता सत्ता गठबन्धनका नेतामा छ।
अर्को समाचार
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
१० मिनेट अघि
•
१ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्देशन दिएका छन्।




शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षण अवधिभर मोबाइल प्रयोग नगर्न र अनुशासन पालना गर्न निर्देशन दिएका हुन्।

लामिछानेले प्रशिक्षणको सबैभन्दा महत्त्वपूर्ण पक्ष अनुशासन भएको बताए। पार्टीमा अनुशासन नभए राजनीतिक जीवनलाई व्यवस्थित रूपमा अघि बढाउन नसकिने उनको भनाइ छ।

उनले प्रशिक्षण अवधिभर सहभागीले मोबाइल फोन बन्द गर्नुपर्ने र आयोजकले अनुमति दिएको समयबाहेक पार्टीका अन्य बैठकमा पनि मोबाइल प्रयोग गर्न नपाइने बताए।

‘यो पुरै सेसनभरि हामी अहिले तपाईंले उठाइरहनुभएको टेलिफोन प्रयोग गर्दैनौँ। अहिले मात्र होइन, रास्वपाको कुनै पनि कार्यक्रममा आयोजक कमिटीले अनुमति दिएकोबाहेक बैठकमा हामी टेलिफोन प्रयोग गर्दैनौँ,’ उनले भने।

उनले सहभागीलाई फोन बन्द गरेर प्रशिक्षणमा ध्यान दिन आग्रह गरे। फोन चलाउने, अनावश्यक कुराकानी गर्ने र बारम्बार आवतजावत गर्ने गतिविधि रोक्नुपर्ने उनको निर्देशन थियो।

लामिछानेले अनुशासन पालना नगर्ने सहभागीको पार्टीले रेकर्ड राख्ने र त्यसको मूल्यांकन हुने चेतावनीसमेत दिए।

‘जसले यो सामान्य अनुशासन पालना गर्दैन, पार्टीले त्यस्ता साथीहरूको रेकर्ड राख्छ र त्यसको कुनै न कुनै ढंगले मूल्यांकन अवश्य पनि हुनेछ,’ उनले भने।

उनले प्रशिक्षणमा सिकेका विषयलाई राम्रोसँग बुझेर आफ्नो क्षेत्र र टोलमा गएर अरूलाई सिकाउन पनि सहभागीलाई निर्देशन दिए।

प्रशिक्षण कार्यक्रममा सहभागीले मोबाइलको सट्टा फाइलमा आवश्यक विषय टिपोट गर्नुपर्ने र प्रश्न तथा जिज्ञासा राख्दा हात उठाएर पालैपालो बोल्ने अभ्यास गर्नुपर्ने उनले बताए।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस