मकवानपुरबाट राष्ट्रिय राजनीतिमा स्थापित नाम बनाइसक्दा पनि अहिलेसम्म जनताको चुनाव भने जित्न नसकेका नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र राप्रपा नेपालका अध्यक्ष कमल थापा यसपटक मकवानपुर क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धी बनेका छन्। यी दुइसंगै राप्रपा नेपाल छोडेर राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपातिर लागेका दीपकबहादुर सिंहलाई पनि मुख्य प्रतिस्पर्धी मानिएको छ।
कांग्रेसको साथ पाउँदा पनि अघिल्लो पटक सोही क्षेत्रमा नेकपा एमालेका कृष्ण दाहालसंग पराजित भएका थापा यस पटक एमालेकै सूर्य चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन्। उम्मेदवारी दर्ताको अघिल्लो दिन एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानालाई ‘ब्याक’ गराएर एमालेकै समर्थनमा उनी चुनावी अभियानमा होमिएका छन्। मकवानपुरमा इमान्दार नेताको छवि बनाएका रानालाई केन्द्रको दवावमा उम्मेदवारबाट पछि हटाएको भन्दै एमालेका नेता कार्यकर्ता असन्तुष्ट रहेका छन्। उम्मेदवारी दर्ताको दिन एमाले नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गर्दै तोडफोड समेत गरेका थिए।
यस्तै अघिल्लो निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ मा तत्कालीन नेकपा एमालेका विरोध खतिवडासंग पराजित डिनाले यस पटक क्षेत्र परिवर्तन गर्दै मकवानपुर १ बाट उम्मेदवारी दिएकी छिन्। स्थानीय तह निर्वाचनको मतलाई आंकलन गर्दै जित्ने दावीसहित उनी नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्तासहित चुनावी अभियानमा रहेकी छिन्। जिल्ला तहका नेतासंग सल्लाह नै नगरी राप्रपा नेपाल अध्यक्ष थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट समर्थन लिएर आएको भन्दै एमालेका जिल्ला तहका नेता कार्यकर्ताले आक्रोश पोखिरहेका छन्।
सूर्य चुनाव चिन्हबाट लडेका थापा यसपटक पनि हारबाट जोगिन त्यति सहज भने देखिँदैन । थापाको ‘खास मान्छे’ को रुपमा चिनिएका दीपकबहादुर सिंहले उनको साथ छोड्दै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट प्रतिस्पर्धा गर्दैछन्। उनकै मान्छे भएर बर्षौ काम गरेका मधु अधिकारी नेकपा (एकीकृत समाजवादी) तर्फ र खिलप्रसाद चौलागाईं नेकपा एमालेतर्फ लागेका छन्। स्थानीय तहको निर्वाचनमा सिंहले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा अप्रत्यासित मत प्राप्त गरेका थिए।
डिनालाई कांग्रेसकै डर
पछिल्लो समय नेपाली कांग्रेस मकवानपुरमा संस्थापन पक्षबीच नै फाटोको अवस्था रहेको छ। कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको बीचमा खट्पट रहेको नेताहरुको भनाई छ। १ नम्बर क्षेत्रबाट उम्मेदवार बनेकी डिनाले १ को (ख) मा प्रदेशसभा सदस्य पदमा कांग्रेस नेता आनन्दराम पराजुलीलाई उम्मेदवार बनाएकी छिन्।
तर कांग्रेस बागमती प्रदेश सभापति बानियाँले भने कांग्रेस जिल्ला सभापति बुद्ध लामालाई उम्मेदवार बनाउन चाहेको कांग्रेसजनमा चर्चा रहेको छ। कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पार्टीको आन्तरिक निर्वाचनमा जिल्ला सभापति पदमा उम्मेदवारी दिएका पराजुलीले दोस्रो चरणको निर्वाचन नगर्ने गरी हालका सभापति लामालाई सघाएका थिए।
अघिल्लो स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिको मेयर पदमा झिनो मतले पराजित पराजुली सय क्षेत्रका चर्चित नेता मानिन्छन्। पराजुली हेटौंडा उपमहानगरपालिकाको मेयर पदको समेत दावेदार रहेकोमा अन्तिममा नेकपा (एकीकृत समाजवादी) को भागमा परेपछि गठबन्धनलाई जिताउन लागेका थिए। कांग्रेस हेटौंडा उपमहानगर समितिले शनिबार हेटौंडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रदेश सभापति बानियाँ विशिष्ट अतिथि रहने उद्घोष गरिएको थियो।
तर उनी कार्यक्रमको अन्तिम सम्म आइपुगेनन्। उनी मात्रै होइन जिल्ला सभापति बुद्ध लामा, उपसभापति, सचिव, सहसचिव लगायतका नेताहरु कार्यक्रममा नआउनुले कांग्रेसमा असन्तुष्टि रहेको चर्चा सुरु भएको छ। धेरै नेता कार्यकर्ताले कांग्रेसको आन्तरिक लडाईं र प्रतिशोधका कारण नेताहरु कार्यक्रममा सहभागी नभएको आंकलन गरेका छन्। तर प्रदेश सभापति बानियाँले भने अर्को कार्यक्रममा व्यस्त भएकोले आउन नपाएको प्रतिक्रिया दिएका छन्। आन्तरिक निर्वाचनको बिषयलाई लिएर यस निर्वाचनमा कांग्रेसकै केही नेताहरुले धोका दिनसक्ने अड्कलबाजी पनि भैरहेको छ। नेकपा एमालेका उम्मेदवारहरुले समेत कांग्रेसमा आन्तरिक विवाद रहेकोले आफूहरुको जित सुनिश्चित रहेको भाषण नै गर्दै आएका छन्।
एमालेसंगै आफ्नै कार्यकर्ता फकाउनुपर्ने अवस्थामा थापा
बलियो शक्तिको रुपमा रहेकोे एमालेको समर्थन पाएपनि राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा ढुक्क भने छैनन्। बर्षौदेखि एमालेसंग चुनावमा पराजित हुँदै आएका उनलाई अहिले एमालेले समर्थन गरेपनि कार्यकर्ताले भने विरोध जनाउँदै आएका छन्।
थापाको चुनावी अभियानमा एमालेका नेता कार्यकर्ताहरु खुलेर हिंडेको पाइँदैन। थापालाई एमालेका रुष्ट कार्यकर्तालाई फकाउनुसंगै आफ्नै कार्यकर्तालाई एमालेको चुनाव चिन्ह सूर्यमा भोट हाल्न फकाउनुपर्ने बाध्यता पनि छ। राप्रपाका धेरै नेता कार्यकर्ता राप्रपा नेपाल छोडेर राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा गएको अवस्था छ। एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थापालाई एमाले कार्यकर्ता मात्र नभई आफ्नै कार्यकर्तालाई सूर्यमा मतदान गराउन मनाउनुपर्ने अवस्था रहेको छ।
जित्नेमा दुवै ढुक्क
मकवानपुरको क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनको उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र एमालेको समर्थन लिएका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाको बीचमै मुख्य प्रतिस्पर्धा हुने आंकलन रहेको छ। दुवै नेता चुनाव जित्नेमा ढुक्क रहेका छन्। ‘बाहिर विरोधीले हल्ला गरेजस्तो कांग्रेस मकवानपुरमा कुनै विवाद छैन।
गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित छ। मकवानपुरलाई नै भूगोल बनाएर यहाँको जनताको सुखदुःखमा बर्षौंदेखि साथै रहँदै आएको र गठबन्धनप्रति इमान्दारिता रहेकोले मेरो जित सुनिश्चित छ’, डिनाले भनिन्, ‘मकवानपुरको पूर्वी भेग माओवादीको पनि राम्रो छ। कांग्रेसको पनि राम्रो छ, गठबन्धनमा रहेका दलका नेता कार्यकर्ता पनि इमान्दारिताका साथ लागेका छन् ।’ समानुपातिकतर्फ १ नम्बरमै पाएको टिकट छोडेर जनताको साथमै रहेर काम गर्न प्रत्यक्षतर्फ निर्वाचनमा सहभागी हुन आएको जानकारी दिँदै उनले यसपटक आफ्नो जित सुनिश्चित रहेको दावी गरेकी छिन्।
राप्रपा नेपाल अध्यक्ष थापाले गाउँसम्म बलियो संगठन रहेको एमालेको समर्थन रहेको र मकवानपुरको पूर्वी क्षेत्रमा आफ्नो पार्टीको पनि राम्रो अवस्था रहेकोले जित्नेमा ढुक्क रहेको बताएका छन्। ‘प्रदेशको राजधानी हेटौंडा ल्याउन भूमिका खेलेको छु। मकवानपुरको समग्र विकासमा बषौंदेखि योगदान दिँदै आएकोले यसपटक जित्नेमा विश्वस्त छु’, थापा भन्छन्, ‘जिल्लाबासीले एकपटक जिताएर मकवानपुरसहित मुलुककै विकासका लागि काम गर्ने मौका दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’ टिकटको बिषयलाई लिएर असन्तुष्टि जनाउँदै आएका एमालेका नेता कार्यकर्तासंग पनि छलफल भैरहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्।
स्थानीय निर्वाचनको परिणाम केलाउँदा
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन परिणामलाई केलाउँदा एमालेको समर्थनमा उम्मेदवार बनेका कमल थापालाई चुनाव जित्न गारै पर्ने देखिन्छ। स्थानीय निर्वाचनमा जिल्लाको कुनै पनि स्थानमा उम्मेदवार नै नउठाएर राप्रपा नेपालले आन्तरिक रुपमा एमालेलाई नै सहयोग गरेको थियो। एमालेलाई सहयोग गर्ने आश्वासन पाएको भएपनि नेता राप्रपा नेपालका कार्यकर्ताले राप्रपाका उम्मेदवारहरुलाई सहयोग गरेको एमालेको आरोप थियो। जिल्लाको १० पालिकामध्ये ८ वटामा नेतृत्वमा गठबन्धन विजयी भएको थियो।
स्थानीय निर्वाचनमा उम्मेदवारी नै नदिएको राप्रपाको पक्षमा कति मत छ भन्न सकिने अवस्था छैन। मकवानपुर १ मा चार वटा पालिकाका ४० वडा रहेको छ। हेटौंडा उपमहानगरका १५, मकवानपुरगढीको ४, बकैया गाउँपालिकाको १२ र बागमती गाउँपालिकाको ९ वटा वडा यस निर्वाचन क्षेत्रमा रहेको छ। ४० वटा वडामध्ये १४ वटा वडामा मात्र एमालेका वडा अध्यक्ष स्थानीय निर्वाचनमा विजयी भएका थिए। चारवटा पालिकामध्ये एउटामा पनि एमालेका प्रमुख उपप्रमुख विजयी भएका छैनन्। यस निर्वाचन क्षेत्रमा १ लाख ५० हजार १५५ मतदाता रहेका छन्।

सूर्य चुनाव चिन्हबाट लडेका थापा यसपटक पनि हारबाट जोगिन त्यति सहज भने देखिँदैन । थापाको ‘खास मान्छे’ को रुपमा चिनिएका दीपकबहादुर सिंहले उनको साथ छोड्दै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट प्रतिस्पर्धा गर्दैछन्। उनकै मान्छे भएर वर्षौ काम गरेका मधु अधिकारी नेकपा (एकीकृत समाजवादी) तर्फ र खिलप्रसाद चौलागाईं नेकपा एमालेतर्फ लागेका छन्। स्थानीय तहको निर्वाचनमा सिंहले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा अप्रत्यासित मत प्राप्त गरेका थिए।पार्टीको आन्तरिक निर्वाचनमा हार्ने बित्तिकै पूर्व राजा र दरबारलाई दोष देखाउँदै पार्टीबाट अलग भएको र केही समय पछि राप्रपा नेपाल ब्यूँत्याएको भन्दै राप्रपाका नेता कार्यकर्ता पनि उनीसंग असन्तुष्ट रहेका छन्। आफ्नो पार्टीको नेताले पाएको टिकट खोसिएको भन्दै रुष्ट रहेका एमालेका नेता कार्यकर्ता फकाउनुपर्ने अवस्था त छँदैछ राप्रपा नेपालका नेता कार्यकर्तालाई समेत एमालेको चुनाव चिन्हमा मतदान गर्न फकाउनुपर्ने अवस्था थापालाई रहेको छ। यो बीचमा कुनैपनि चुनावी अभियानमा नदेखिएका नेकपा एमालेका रामेश्वर राना शनिबार भएको एक कार्यक्रममा भने उपस्थित भएर भाषण समेत गरेका छन् ।
डिनालाई कांग्रेसकै डर
पछिल्लो समय नेपाली कांग्रेस मकवानपुरमा संस्थापन पक्षबीच नै फाटोको अवस्था रहेको छ। कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको बीचमा खट्पट रहेको नेताहरुको भनाई छ। १ नम्बर क्षेत्रबाट उम्मेदवार बनेकी डिनाले १ को (ख) मा प्रदेशसभा सदस्य पदमा कांग्रेस नेता आनन्दराम पराजुलीलाई उम्मेदवार बनाएकी छिन्।
तर कांग्रेस बागमती प्रदेश सभापति बानियाँले भने कांग्रेस जिल्ला सभापति बुद्ध लामालाई उम्मेदवार बनाउन चाहेको कांग्रेसजनमा चर्चा रहेको छ। कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पार्टीको आन्तरिक निर्वाचनमा जिल्ला सभापति पदमा उम्मेदवारी दिएका पराजुलीले दोस्रो चरणको निर्वाचन नगर्ने गरी हालका सभापति लामालाई सघाएका थिए।
अघिल्लो स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिको मेयर पदमा झिनो मतले पराजित पराजुली सय क्षेत्रका चर्चित नेता मानिन्छन्। पराजुली हेटौंडा उपमहानगरपालिकाको मेयर पदको समेत दावेदार रहेकोमा अन्तिममा नेकपा (एकीकृत समाजवादी) को भागमा परेपछि गठबन्धनलाई जिताउन लागेका थिए। कांग्रेस हेटौंडा उपमहानगर समितिले शनिबार हेटौंडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रदेश सभापति बानियाँ विशिष्ट अतिथि रहने उद्घोष गरिएको थियो।
तर उनी कार्यक्रमको अन्तिम सम्म आइपुगेनन्। उनी मात्रै होइन जिल्ला सभापति बुद्ध लामा, उपसभापति, सचिव, सहसचिव लगायतका नेताहरु कार्यक्रममा नआउनुले कांग्रेसमा असन्तुष्टि रहेको चर्चा सुरु भएको छ। धेरै नेता कार्यकर्ताले कांग्रेसको आन्तरिक लडाईं र प्रतिशोधका कारण नेताहरु कार्यक्रममा सहभागी नभएको आंकलन गरेका छन्। तर प्रदेश सभापति बानियाँले भने अर्को कार्यक्रममा व्यस्त भएकोले आउन नपाएको प्रतिक्रिया दिएका छन्। आन्तरिक निर्वाचनको बिषयलाई लिएर यस निर्वाचनमा कांग्रेसकै केही नेताहरुले धोका दिनसक्ने अड्कलबाजी पनि भैरहेको छ। नेकपा एमालेका उम्मेदवारहरुले समेत कांग्रेसमा आन्तरिक विवाद रहेकोले आफूहरुको जित सुनिश्चित रहेको भाषण नै गर्दै आएका छन्।
एमालेसंगै आफ्नै कार्यकर्ता फकाउनुपर्ने अवस्थामा थापा
बलियो शक्तिको रुपमा रहेकोे एमालेको समर्थन पाएपनि राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा ढुक्क भने छैनन्। बर्षौदेखि एमालेसंग चुनावमा पराजित हुँदै आएका उनलाई अहिले एमालेले समर्थन गरेपनि कार्यकर्ताले भने विरोध जनाउँदै आएका छन्।
थापाको चुनावी अभियानमा एमालेका नेता कार्यकर्ताहरु खुलेर हिंडेको पाइँदैन। थापालाई एमालेका रुष्ट कार्यकर्तालाई फकाउनुसंगै आफ्नै कार्यकर्तालाई एमालेको चुनाव चिन्ह सूर्यमा भोट हाल्न फकाउनुपर्ने बाध्यता पनि छ। राप्रपाका धेरै नेता कार्यकर्ता राप्रपा नेपाल छोडेर राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा गएको अवस्था छ। एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थापालाई एमाले कार्यकर्ता मात्र नभई आफ्नै कार्यकर्तालाई सूर्यमा मतदान गराउन मनाउनुपर्ने अवस्था रहेको छ।
थापाको चुनावी अभियानमा एमालेका नेता कार्यकर्ताहरु खुलेर हिंडेको पाइँदैन। थापालाई एमालेका रुष्ट कार्यकर्तालाई फकाउनुसंगै आफ्नै कार्यकर्तालाई एमालेको चुनाव चिन्ह सूर्यमा भोट हाल्न फकाउनुपर्ने बाध्यता पनि छ। राप्रपाका धेरै नेता कार्यकर्ता राप्रपा नेपाल छोडेर राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा गएको अवस्था छ। एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थापालाई एमाले कार्यकर्ता मात्र नभई आफ्नै कार्यकर्तालाई सूर्यमा मतदान गराउन मनाउनुपर्ने अवस्था रहेको छ।उनले हेटौंडामा हुने गरेको कार्यक्रममा सूर्य चिन्ह लिएर चुनावमा सहभागी हुन पाउनु गर्वको विषय भएको पटक पटक भन्दै आएका छन्। यसपटक जित्नैपर्ने भएकोले एमालेको चुनाव चिन्ह लिएर चुनावमा उठेको उनले बतायने गरेका छन्। सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गर्न पाउनु आफ्नो सौभाग्य ठानेको उनको भनाई छ। पार्टी अध्यक्ष थापा सूर्यबाट निर्वाचित भएपछि एमाले संसदीय दलको सदस्य हुनुको साथै एमालेको व्हिप स्विकार्नुपर्ने र राप्रपा नेपालको सांसद नहुने जस्ता कारणले राप्रपा नेपालका कार्यकर्तामा निराशा रहेको पाइएको छ।