गोरखा २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखा आउनु माओ चिनकाङसाङ् फर्केजस्तै भएको बताएका छन्। शुक्रबार गोरखा सदरमुकाममा अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा उनले भने ‘जनवादी क्रान्ती भयो, समाजवादी क्रान्ती पनि अघिबढेकै हो, तर फेरी पार्टी भित्र समस्या, घेराबन्दी, शंका आदी इत्यादी, सबैबाट पार पाउन फेरी एक चोटी।’ यत्ति भन्दाभन्दै प्रचण्ड निकै भावुक बने। उनको बोली रोकियो। आफुलाई सम्हाल्दै उनले थपे ‘म फेरी चिनकाङसाङ् आएँ।’
करिब ४०/४१ वर्षपछि माओत्सेतुङ चिनकाङसाङ् फर्केजस्तै आफु गोरखा आएको उनले स्मरण गरे। २२ वर्षको छँदा गोरखामा अध्यापन गराएका उनले भुमिगत पार्टी हेडक्वाटर र पहिलो सैन्य तालिम लिएको गोरखामाआफु ४० वर्षपछि फर्किएको बताए। गोरखाको सिरानचोकमा पहिलो सैन्य तालिम र पालुङटारमा हेडक्वाटर राखिएको सम्झँदै उनले फेरी आफु त्यही ठाउँ गोरखा २ आएको बताए।
पार्टीमा बिभिन्न खालका समस्या, देशमा बिभिन्न खालका समस्या पैदा भएपछि चिनियाँ कम्यूनिष्ट पार्टीका अध्यक्ष माउत्ससेतुङचिनकाङसाङ गएका थिए। माओको प्रशंग जोड्दै दाहालले देशमा समस्या, सरकारमा समस्या, चारैतिरको घेराबन्दी, साम्राज्यबाद सँगको घेराबन्दी सबैलाई तोड्नुपर्ने आवस्यकताको परिस्थितीमा माओ चिनकाङसाङ् गएको उल्लेख गरे। त्यहाँ युद्धको तयारी, सुरुवात भएको बताउँदै भने ‘युद्ध भयो शान्ति भयो, संविधान सभा भयो, गणतन्त्र भयो तर फेरी हामीलाई चाहिएजस्तो पार्टी अहिले हामीसँग छैन।’
धेरथोर सबै संसदबादको संसर्गमा केही न केही मैलाधैला भएको बताउँदै उनले कार्यकर्तासँग भने ‘पार्टी जनताको, श्रमजीविको, उत्पिपडितको, बर्गको नेतृत्वगर्ने पार्टी जस्तो छैन।’ अरु संसदबादी जस्तै हुने हो कि भन्ने खतरा दिनप्रतिदिन बढ्दै गएको उनले बताए। ‘त्यसकारण मैले तपाईहरुको बिचमा आउने कुरालाई गोरखा २ र १ भन्ने दिमागमा त्यती छैन, गोरखा आउने कुरा मुख्य हो ।’माओवादी इतिहासको थालनी भएको बलियो ठाउँ गोरखामा आफु आएको उनले बताए।
पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा एउटा नयाँ पार्टी रुपान्तरणको आवस्यकताको महशुस गरिएको बताउँदै उनले भने, ‘भन्नत हामीले अहिले पनि क्रान्तीकारी कुरा गरेका छौँ, माक्सबाद लेनिनबाद माओवादकै कुरा गरेका छौँ तर हाम्रो सकारात्मक भन्दा नकरात्मकता तिर गएको छ।’
बिचार सिद्धान्त र आदर्श अनुसारको कार्यशैली बनाउने, आवरण बनाउने, कामको सुरुवात कहाँबाट कसले गर्ने भन्ने कुरा मूख्य भएको उनले बताए। निर्वाचनमा गोरखाबाट निकाल्ने परिणाम ऐतिहासिक हुने उनले बताए।
गोरखामा माओवादीले धेरै स्थानीय तह जित्नुपनि आफु गोरखा आउने एउटा आधार बनेको अध्यक्ष दहालले बताए। ‘तपाईहरुले पालिका अत्याधिक जितेर पनि फेरी अध्यक्षलाई चिनकाङसाङ् फर्काउने बतावरण बन्या हो कि जस्तो लाग्छ’ उनले भने।
बर्तमान परिस्थितीको पेचिलोपन, जटिलता, प्रतिक्रियाबादीको गतिविधीको अध्ययन गरेर पनि आफु गोरखा आएको उनले बताए। ‘गोरखा जानु उचित छ, त्यसले मात्र पार्टी निर्माणलाई नयाँ ठाउँमा उठाउन सकिन्छ, समाजबादको गोरेटो खन्न सकिन्छ भनेर आएको हुँ’ दाहालले भने।
आफू गोरखा आउने कुराले चितवनमा दुई÷चार दिन आतंक मच्चिएको बताउँदै उनले गठबन्धनका मात्र नभएर एमालेका जनप्रतिनिधि पनि चितवनबाटै चुनाव लड्न जिताउने जिम्मा लिएर बालुवाटार पुगेको बताए।
गोरखा आउने कुराले परिवार भित्र विषेशतः भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको ‘मुड अफ’ भएको बताउँदै उनले सामाजिक सञ्जालमा आएका केही पोष्ट भावना उँडेर आएको संघा दिए। आफू गोरखा आउने विषय जित या हार संग संम्बन्धित नभएको बताउँदै उनले भने ‘पार्टी निर्माणको निम्ती, रुपान्तरणको निम्ती, क्रान्तीकारी बिउ बचाईराख्न गोरखा जानुपर्छ भन्ने सोचले आएको हुँ ।’
आफु गोरखा आउँदैमा चितवन बिर्सने भन्ने कुरा नहुने बताउँदै उनले थपे ‘रोल्पा, सिराहा, काठमाण्डौँ पनि बिर्सने भन्ने हुँदैन ।’ गोरखा जाँदा ठुलै खैलाबैला हुन्छ कि भन्ने सोचेको तर अहिले गठबन्धन दल, पार्टी भित्र पनि बिस्तारै खुसी हुँदै र जनतापनि खुसी भएको उनले बताए।
गोरखाको बिकास मोडल देशभर लागु गर्न सहज हुने र समग्र देशको बिकासमा नयाँ तरिकाले सोच्नुपर्छ भनेर आफु गोरखा आएको प्रसंग जोडे।
मंसिर ४ गते हुने निर्वाचनमा टिकट बितरणका विषयमा गोरखाका कार्यकर्ताबिचको असन्तुष्टिलाई थुमथुम्याउँदै उनले भने ‘केही कमजोरी भए सच्याईन्छ, म तपाईहरु सँगै छु ।’
माओ चिनकाङसाङ् फर्केजस्तै नयाँ इतिहास निर्माण गर्ने अवसर आएको र नयाँ शंकल्प, अनुरोध सहित शान्तिपूर्ण क्रान्तीको बाटो अघि बढ्नु आजको आवस्यकता रहेको अध्यक्ष दाहालले बताए।
यो संविधान जिवित रहँदा सम्म माओवादी मुद्धा क्रान्तीकारी आन्दोलनको पहिचान र अधिकार समेटिने डरले संसद बिघटन गरेर संविधान उल्ट्उनुपर्छ भन्ने उद्देश्यले निकै ठुलो षड्यन्त्र भएको उनले बताए।
गोरखा २ बाट उम्मेदवार बनेका उनले गोरखाको बिकासका लागि बेनिघाट लार्के (तिब्बत जोड्ने सडक) बूढीगण्डकी जलविद्युत आयोजना, जडिवुटी प्रशोधन, यहाँको कृषि क्षेत्रको बिकासलाई गोरखा १ र २ नभनी सिङ्गो जिल्लालाई प्राथमिकता दिने बताए।