ट्रोइका ‘स’ को पोशाक :संयोग कि सल्लाह ?
२४ असोज २०७९
•
४ मिनेट पाठ
ट्रोइका ‘स’ को पोशाक :संयोग कि सल्लाह ?
रातो सर्ट, निलो पाइन्ट अनि कालो जुत्ता। हँसिया, हथौडा अंकित रातै बुट्टे ढाका टोपी। यो पहिरनमा तीन ‘स’ चिटिक्क देखिन्थे। तीन ‘स’ अर्थात माधव सापकोटा (सुवोध), सरल सहयात्री पौड्याल र युवराज दुलाल (शरद) ।  




आइतबार उम्मेदवारी मनोनयनको क्रममा तीन ‘स’ को यो पोशाकले खुबै चर्चा पायो। सत्तारुढ गठबन्धन कांग्रेस–माओवादीदेखि प्रमुख प्रतिपक्षी एमाले,अन्य दलका नेता, कार्यकर्ता र चौतारावासीसम्म तीन ‘स’ को पहिरनले लोभिए। त्यसैले सुवोध, सरल र शरद आकर्षणको केन्द्रमा थिए। 

सपक्क मिलेको पहिरनमा कार्यकर्ताले लगाइ दिएको दुबो मालाले उनीहरु दुलाहा जस्ता देखिन्थे। तीन ‘स’ को एकै पहिरन संयोग थियो कि सल्लाह ? या आकस्मिकता ?  ‘हामीले सल्लाहमै एकै पोशाक पहिरिएका हौँ,’ हाँस्दै सुवोधले खुलाए। उनका अनुसार यो पोशाक संयोग या आकस्मिक नभएर पूर्वनिर्धारित थियो। उनीहरुले सल्लाह गरेरै एकै पहिरन लगाएका थिए।  

सुवोध, सरल र शरद माओवादीका युवा नेता हुन्। सुवोध र शरद माओवादी पोलिट्ब्यूरो सदस्य छन् भने सरल पार्टीको बागमती प्रदेश अध्यक्ष। नेता त हुन् नै, त्यो भन्दाबढी यो ‘ट्रोइका’ बीच मित्रको सम्बन्ध झन् कसिलो छ।

यो रत्नत्रय अर्थात त्रिमूर्ति सत्ता गठबन्धनको साझा उम्मेदवार बनेको छ। सुवोध प्रतिनिधि सभा क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन्। सरल क्षेत्र नं. १ (ख) र शरद क्षेत्र नं. २ (क) बाट चुनावी मैदानमा होमिएका छन्। ‘हामी तीन–स ले एकैसाथ टिकट पाए एउटै पोशाक पहिरिएर उम्मेदवारी दिने भन्ने सल्लाह थियो,’ थप खुलासा गर्दै सुवोध भन्छन्, ‘नभन्दै तीनै जनाले टिकट पायौँ।’

माओवादीले १० वर्ष सञ्चालन गरेको ‘जनयुद्ध’ ले यो ट्रोइका (मित्रत्रय) जन्माएको हो। सुवोध, सरल र शरद पार्टीले दिएको नाम हो। माओवादी जनमूक्ति सेना (लडाकु) पृष्ठभूमिबाट राजनीतिमा उदाएका नेता हुन् उनीहरु। भूमिगत बेलादेखि नै उनीहरुबीच कसिलो सम्बन्ध थियो । उनीहरुले त्यसबेला सँगै धेरै युद्धमोर्चा सम्हाले। धेरै पटक मृत्युको मुखमा पुगेर बाँचेको अनुभव छ, यो रत्नत्रयसँग।  

भूमिगतकालमै उनीहरु पार्टीभित्र तीन ‘स’ ले चिनिन थालेका थिए। पार्टी शान्ति प्रक्रियामार्फत खुला राजनीतिमा आएपछि तीन ‘स’ मित्रता झन् घनिभूत हुन थाल्यो। तीन जना सुवोध, सरल र शरदको छोटकारी रुप तीन ‘स’ उपनामले उनीहरु चिनिए। उनीहरु आफ्नो वास्तविक नामभन्दा पनि सुवोध, सरल र शरदले जिल्लामा चिनिन्छन्।  

सिन्धुपाल्चोक माओवादीको राजनीतिमा यी नै तीन ‘स’ हावी छन्। जिल्ला पार्टीले लिने निर्णयमा तीन ‘स’ को बोलावाला चल्छ। पार्टी बागमती प्रदेश र केन्द्रीय समितिबाटै हुने निर्णय प्रभावित पार्न सक्ने हैसियत राख्छन्, तीन ‘स’। त्यसैले त जिल्ला पार्टीले राम्रो यो नराम्रो गर्दा यो तीन ‘स’ को कारणले भएको हो भनेर उनीहरुलाई जस, अपजसको भारी बोकाइन्छ।  

तीन ‘स’ मध्येका एक ‘स’ सरलले त सरल सहयात्री पौड्यालकै नाममा नागरिकता लिन भ्याए। भूमिगत हुनुअघि उनको नाम ‘स’ बाटै उठेको थियो, सूर्य। शान्ति प्रक्रियापछि सुवोध भूगोलको राजनीति गर्न सिन्धुपाल्चोक आए। सरल र शरद लडाकु शिविरमार्फत शान्ति प्रक्रियापछिको सुरुवाती दिनको लामो समय पार्टी अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिए। दाहालको सुरक्षा टोलीबाट माओवादी लडाकु हटाइएपछि सेना समायोजन त्यागेर सरल र शरद पनि राजनीतिको मैदानमा ओर्लिए।  

सरल २०७० को संविधान सभा निर्वाचनमा साविक क्षेत्र नं १ मा माओवादीको उम्मेदवार बनेका थिए। त्यतिबेला तेस्रो बनेका उनले १० हजार मत ल्याए। शरद बागमती प्रदेशका निवर्तमान सांसद हुन्। उनी यो प्रदेश सरकारको सामाजिक विकास मन्त्री पनि बने। सुवोध पहिलो पटक चुनावी मैदानमा उत्रँदै छन्। आउँदो चुनावमा माओवादी एक्लै लडेको भए उनीहरु तीनै जना उम्मेदवार हुने निश्चित थियो। तर गठबन्धन बनेकाले ट्रोइकाबाट कोही छुट्ने धेरैको अनुमान थियो।  

पार्टी काममा होस्, फिरन्ते बनेर यात्रामा निस्कँदा होस् या पारिवारीक पीडा र उत्सवमा हमेसा नछुट्ने यी लडाकु कमाण्डर मित्रत्रयले संयोगवस एकैसाथ टिकट पाए। गठबन्धनका कारण ढिलाई हुँदा शनिबार ढिलो गरी पार्टीले उनीहरुलाई टिकट दिने निर्णय गरेको थियो। आइतबार मनोनयन दर्ता गर्न चौतारा आउनु थियो।  

‘लुगा किनेर सिलाउने फुर्सद थिएन। हतारमा भाटभटेनी सुपरमार्केट पुगेर तयारी एउटै पोशाक किन्यौँ,’ सुवोधले बेलिबिस्तार लगाए। उनका अनुसार रातो क्रान्तिको प्रतिक भएकाले उनीहरुले यो पोशाक रोजेका थिए। ‘खासमा तीन ‘स’ मित्रता बलियो रहेको सन्देश दिन पनि एउटै पोशाक लगाउने निर्णय गरेका थियौँ,’ उनले भने।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
२ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
यो पनि पढौँ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस