आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि ताप्लेजुङबाट मनोनयन दर्ता गरेका उम्मेदवारहरुको विरोधमा कुनै पनि उजुरी नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता भएका उम्मेदवारहरुको विरोधमा कुनै पनि उजुरी प्राप्त नभएको जानकारी दिए। एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभाका लागि ११ तथा दुई निर्वाचन क्षेत्र रहेको प्रदेशसभा १ (क)मा १० र १ (ख)मा ७ जनाले मनोनयन दर्ता भएको छ।
प्रतिनिधिसभामा दुई र प्रदेशसभा १ (क)मा दुईजनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेपनि २८ मध्ये २४ जनाको उम्मेदवारी दर्ता भने दलिय सिफारिसका आधारमा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन आयोगले कुनै उम्मेदवार कानुनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध उजुरी दिनका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय दिएको थियो।
आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने समय असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म तोकेको छ। मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिने भए असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ। त्यसपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ।