आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा भन्दा क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गर्ने उम्मेदवारहरुको संख्या झण्डै दोब्बरले बढी छ। भक्तपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा ४ जना स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी परेको छ भने भक्तपुर क्षेत्र नम्बर–२ बाट ११ जना स्वतन्त्रसहित २६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
भक्तपुर क्षेत्र नं १ मा धेरैको रुचि नहुनुको कारण नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को पकेट क्षेत्र भएको र यहाँं हार्नका लागि लड्ने मात्रै भएको विश्लेषण छ। भक्तपुर क्षेत्र नं १ देशकै सबैभन्दा बढी सुरक्षित क्षेत्र हो, जहाँं निरन्तर नेमकिपाले फराकिलो मत अन्तरका साथ जित हासिल गर्दै आएको छ। यही कारण यो पटक पनि ठूला राजनीतिक दलहरुले हेभी वेट उम्मेदवार दिएका छैनन्।
भक्तपुर क्षेत्र नं २ भने अस्थिर छ। पछिल्लो चुनावमा एमालेका युवा नेता महेश वस्नेतले जित हासिल गरेको यो क्षेत्र यसअघि नेपाली कांग्रेस र नेमकिपाले पालैपालो जित हासिल गर्दै आएको थियो। यहाँं अहिलेसम्म नेपाली कांग्रेसले तीन पटक जित हासिल गरेको छ भने नेपाल मजदुर किसान पार्टीले दुई पटक जित हासिल गरेको छ।
यो क्षेत्रमा २०४८ मा नेपाली कांग्रेसका जगन्नाथ आचार्य, २०५१ म नेमकिपाका आशाकाजी बासुकला, २०५६ मा फेरि नेपाली कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेमकिपाका सुनिल प्रजापति र २०७० मा नेपाली कांग्रेसका रामेश्वरप्रसाद ढुंगेलले जित हासिल गरेका थिए। २०७४ को निर्वाचनमा भने नेकपा एमालेका महेश बस्नेतले जित हासिल गरेका थिए।
पछिल्लो स्थानीय निकायको निर्वाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा २५ जना उम्मेदवारहरु रहे पनि मुख्य प्रतिस्पर्धा भने नेकपा एमाले, नेपाली कांग्रेस, नेमकिपा र राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) बिच नै हुने देखिन्छ।
पछिल्लो स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार निशान ढुंगेल एमालेमा विजयी मेयरका उम्मेदवार बासुदेव थापासँंग झिनो मतले पराजित भएका थिए। यस हिसावले यो क्षेत्रमा अझ वढी मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस नै हुन्। एमाले र कांग्रेसपछि यो निर्वाचन क्षेत्रमा नेमकिपा र राप्रपा छन्। यस हिसावले अबको निर्वाचन परिणामको निर्णायक यो क्षेत्रमा राप्रपा देखिन्छ।
राप्रपाले जता साथ दियो निर्वाचन परिणाम उतै जाने देखिन्छ। किनकी नेमकिपाले जितकै लागि सिद्धान्तहिन एकता नगर्ने भन्दै कुनै गठबन्धनमा छैन। तथापि राप्रपाले उम्मेदवारी नउठाएको भने होइन। यो क्षेत्रमा राप्रपाबाट साजन बिकको उम्मेदवारी परेको छ। यो क्षेत्रमा नेपाली कांग्रेसबाट जिल्ला पार्टी सभापति दुर्लभ थापा, नेपाल मजदुर किसान पार्टीबाट अनुराधा थापा मगर उम्मेदवार छन्। यीमध्ये बस्नेत र थापा मगर संविधानसभाका पूर्व सदस्य हुन्।
यो क्षेत्रको क्षेत्र नं २ क (सूर्यविनायक) मा सता गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुराज कार्की, सता गठबन्धनको तर्फबाट २ ख (मध्यपुर थिमि) मा नेकपा एसका डा राजेद्रमान श्रेष्ठको उम्मेदवारी परेको छ। यस्तै एमालेबाट २ क (सूर्यविनायक) मा किरण थापा र २ ख (मध्यपुर थिमि) मा चन्द्रकृष्ण श्रेष्ठको उम्मेदवारी परेको छ। साथै नेमकिपाबाट २ क (सूर्यविनायक) मा सरोजराज गोसाई र २ ख (मध्यपुर थिमि) मा विक्रम बैद्यको उम्मेदवारी परेको छ। यस्तै राप्रपाबाट २ क (सूर्यविनायक)मा उमेश बिष्ट र २ ख (मध्यपुर थिमि) मा कृष्ण नेपालको उम्मेदवारी छ।
भक्तपुर क्षेत्र नं १ मा कुल एक लाख दुई हजार पाँंच सय २८ र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ जना मतदाता रहेका छन्। क्षेत्र नं १ मा एक सय १५ मतदान केन्द्र छन् भने २ मा एक सय सात मदतान केन्द्रहरु छन्।