प्रचण्डका प्रतिस्पर्धी पाण्डेले भने: चितवनमा विकास कसरी गर्ने काम गरेर देखाउँछौँ
१२ असोज २०७९
•
२ मिनेट पाठ
प्रचण्डका प्रतिस्पर्धी पाण्डेले भने: चितवनमा विकास कसरी गर्ने काम गरेर देखाउँछौँ
पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विकासको लहर ल्याउन आफूलाई जिताउन आग्रह गरेका छन्।




राप्रपा चितवन क्षेत्र नम्बर ३ ले पार्वतीपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कालोपत्रे टाँसेको भरमा विकास गर्‍यौँ भनेर भ्रम छर्नेहरुलाई विकास कसरी गर्ने हो भनेर देखाउन तयार रहेको जिकिर गरे। ‘कालोपत्रे टाँसेको भरमा विकास हुन्छ र?  खै गुरुयोजना?, ७७ वटै जिल्लामा गुरुयोजना छैनन्’, उनले भने, ‘टालटुले विकासले देशको ढुकुटीमात्रै सकिन्छ, भिजन भएको नेता रोज्नुस्।’

उनले मंसीर ४ को निर्वाचनमा राष्ट्रवादी सोच भएका र राष्ट्रप्रति समर्पित भएकाहरुलाई भोट हाल्न सुझाव समेत दिएका छन्। ‘मंसीर ४ मा राष्ट्रवादी शक्ति राप्रपाको जित हुनुपर्छ’, उनले भने, ‘राष्ट्रवादीले नजिते देश विश्वको मानचित्रबाटै हट्ने जोखिम छ, देश बबार्द गर्नेहरु गठबन्धन गर्दैछन्।’ नाटकीय भाषण गर्दै हिड्ने मोटाएका राष्ट्रघातीहरुलाई धपाउनुपर्ने तर्क गरे। उनले मार्न हिडेका र मान्छे मारेकाहरुको टाउकाको मूल्य लगाउनेहरु एउटै टोकरीमा बसेर जिल्लाहरु भाग लगाउन थालेको आरोप  लगाए।  

‘यो जिल्ला तेरा, यो जिल्ला मेरो भनेर भाग लगाएका छन् , देशलाई बर्बाद गर्ने सल्लाहमा छन्’, उनले भने, ‘उनीहरुले जिते चुनावपछि यो देश दयनीय हुनेछ, जनताको चुनावमै फैसला गर्नुपर्छ।’ उनले राप्रपालाई देशको नेतृत्व गर्ने अवसर दिएमा काम गरेर देखाउने दाबी गरे। ‘विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काएर यही रोजगारी दिन्छौँ’, उनले भने, ‘विश्वको अगाडी कहिल्यै झुक्दैनौँ।’

अग्रगमनको छर्लाङ मारेको भन्नेहरुले समेत देशलाई भलो गर्ने काम गर्न नसकेको जनताले बुझिसकेको उनले बताए। ‘राष्ट्रिय ढुकुटी रित्तिएका छन्, ऋणिहरुले ऋण तिर्न नसक्ने अवस्था छ, युवाहरु बेरोजगार छन्’, उनले भने, ‘अब जनता जाग्नुपर्छ, मंसीर ४ लाई सुदपयोग गर्नुपर्छ।’ जनतालाई नयाँ जीवन र देशलाई निकास दिन हलोनै सबैभन्दा उचित विकल्प रहेको जिकिर गरे। राप्रपा भरतपुर महानगर सचिव सुलभ सिग्देलले १ सय ५ जना पार्टी प्रवेश गरेको जानकारी दिए।  निर्वाचन क्षेत्र नम्बर ३ बाट नेता, कार्यकर्ताहरु अन्य पार्टी त्यागेर राप्रपामा प्रवेश गरेका हुन्।
अर्को समाचार
आफ्नै कम्पनीको ठेक्का म्याद थप्न निवेदन
१२ माघ २०७९
•
३ मिनेट पाठ
आफ्नै कम्पनीको ठेक्का म्याद थप्न निवेदन
सहरी विकासमन्त्री विक्रम पाण्डेले आफ्नो कम्पनीको म्याद थप गर्न आफैंले सम्हालेको मन्त्रालयमा निवेदन दिएका छन्। ३ अर्ब रुपैयाँका दुईवटा सरकारी ठेक्काकोे म्याद थप गर्न पाण्डे मालिक रहेको कालिका कन्स्ट्रक्सन प्रालिले मन्त्रालयमा निवेदन दिएको हो। मन्त्रालय स्रोतका अनुसार कालिकाले धनगढी उपमहानगरपालिकाभित्र सडक निर्माण र वाग्मती सौन्दर्यकरणको काममा म्याद थप गर्न प्रस्ताव गर्दै सहरी विकास तथा भवन निर्माण विभागमा फाइल पठाएको छ।




२०७७ सालमा कालिकाले धनगढी उपमहानगरपालिकाभित्र करिब १० किलोमिटर सडक र नाला बनाउन ७५ करोड रूपैयाँको ठेक्का लिएको थियो। सम्झौताअनुसार गत साउनमै सबै काम सक्नुपथ्र्यो तर अहिलेसम्म धनगढीमा बाटो भत्काउने काम मात्र भइरहेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए। ‘अहिले बजार क्षेत्रमा बिजोग छ। जताततै धुलाम्मे छ। नाला छैन। अस्तव्यस्त छ’, हमालले भने।  

हमालले समयमै काम पूरा गर्न पटकपटक सहरी विकास मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक र आयोजना प्रमुखलाई भने पनि सुनुवाइ नभएको बताए। यही कामका लागि आफू धेरैपटक काठमाडौं धाउनुपरेको उनले सुनाए। ‘जनताले मसँग गुनासो गर्छन्। मैले मन्त्रालयलाई भनेको छु। तर काम हँुदैन। यो त अति भयो,’ हमालले भने।

भवन विभाग स्रोतका अनुसार धनगढी सडकको हकमा जेठसम्म म्याद थप गर्न कालिकाले विभागमा प्रस्ताव पठाएको छ।

‘मन्त्रीज्यूकै कम्पनीले निवेदन दिएपछि समयमा काम नभएको विषयमा कारण सोध्ने कुरा नै भएन। उहाँले भनेअनुसार नै म्याद थप हुने निश्चित छ,’ मन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘पहुँचवाला ठेकेदार नभएको भए म्याद थप गर्नुपर्नाको कारण र औचित्य सोध्नुपथ्र्यो तर ठेकेदार पहुँचवाल भएपछि सामान्य सोधपुछसमेत हुँदैन।’  

क्षेत्रीय सहरी विकास आयोजनाका उपनिर्देशक प्रवीण शाहले कालिकाले सुरु गरेकोे काममा अहिलेसम्म ६० प्रतिशत प्रगति भएको बताए। कोरोनालगायत विभिन्न कारणले तोकिएको समयभित्र काम हुन नसकेको उनको भनाइ छ। एसियाली विकास बैंकको सहयोगमा सहरी विकास मन्त्रालय मातहतको क्षेत्रीय सहरी विकास आयोजनाले २०७७ देखि ८ वटा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सहरी विकासका लागि विभिन्न आयोजना सुरु गरेको छ। जसअनुसार विराटनगर, वीरगन्ज, नेपालगन्ज, सिद्धार्थनगर, धनगढी, गोदावरी, शुक्लाफाँट (कञ्चनपुर) र भिमदत्त (कञ्चनपुर) मा सडक, नाला निर्माणलगायतका काम सुरु गरिएको हो।

अहिले आठवटै पालिकामा समग्र कामको प्रगति करिब ७० प्रतिशत पुगेको शाहको भनाइ छ। धनगढीको आयोजना क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढीले हेरिरहेको छ। आफूले बनाउने १० किलोमिटर सडकको कुनै ठाउँमा १२ मिटर र कुनै ठाउँमा २४ मिटर चौडा गर्ने प्रतिबद्धता कालिकाले गरेको थियो। १० किलोमिटरमा कतै पनि पिच भएको छैन। सडकवरिपरि नाला नबन्दा वर्षायाममा पानी जमेर अस्तव्यस्त हुने मेयर शाहले बताए।  

सहरी विकास मन्त्रालयका अनुसार कालिकाले कैलालीको गोदावरी नगरपालिकामा पनि सडक निर्माणको ठेक्का पाएको छ। विभागका अनुसार गोदावरीमा पनि तोकिएको समयभित्र काम भएको छैन। अहिलेसम्म गोदावरीमा ७० प्रतिशतजति काम भएको विभागको भनाइ छ। यसैगरी कालिका कन्स्ट्रक्सनले करिब २ अर्ब रूपैयाँमा वाग्मती नदीको गोकर्णदेखि तिलगंगासम्म सौन्दर्यकरण गर्न २०७४ सालमा ठेक्का पाएको थियो। ठेक्काअनुसार कालिकाले काम गरेको भए दुई वर्षपहिले नै सौन्दर्यकरणको काम सक्नुपथ्र्यो। तर कालिकाले समयमा काम नसकेर म्याद थप गर्न सहरी विकास मन्त्रालयमा फाइल पठाएको छ। मन्त्रालय स्रोतका अनुसार वाग्मतीको सौन्दर्यकरणको विषयमा पनि कालिकाले भनेअनुसार नै म्याद थप हुने निश्चित छ।

मन्त्रालय स्रोतका अनुसार २०७५ सालमा करिब २ अर्ब रूपैयाँमा नक्खु खोला कोरिडोर निर्माण गर्न सहरी विकास तथा भवन निर्माण विभागले कालिका कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो, जहाँ करिब आधा काम पूरा भएको छ। स्रोतका अनुसार कालिकाले करिब ३ दर्जन आयोजनाको ठेक्का लिएको छ। कालिकाले ठेक्का पाएका अधिकांश आयोजनाको काम समयमा पूरा गरेको छैन।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस