मिडिया काउन्सिल विधेयक: सञ्चार सम्बद्ध संस्थाकै विरोध
२२ भदौ २०७९
•
५ मिनेट पाठ
मिडिया काउन्सिल विधेयक: सञ्चार सम्बद्ध संस्थाकै विरोध
सरकारले स्वतन्त्र प्रेसलाई आफ्नो अधीनमा राख्ने गरी संसद्मा मिडिया काउन्सिल विधेयक पेस गरेपछि पत्रकारितासँग सम्बद्ध संघ सस्थाहरूले विरोध गरेका छन्। नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, नेपाल आदिवासी जनजाति पत्रकार संघ र सञ्चारिका समूहलगायतका सञ्चारसम्बद्ध संघ संस्थाहरूले सो विधयेकको विरोध गरेका हुन्। सञ्चार सम्बद्ध संघ संस्थाको विरोधपछि संघीय संसद्का सांसद एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विधेयकमा संशोधनसमेत पेस गरेका छन्। उनले पत्रकारहरूले परीक्षा दिनुपर्नेलगायतका सबै प्रावधान हटाउने विषयमा संशोधन पेस गरेका छन्। उनले काउन्सिलको अध्यक्ष नियुक्तिको प्रावधानमा पनि संशोधन हालेका छन्।  




सञ्चार आवद्ध संघ संस्थाहरूको विरोधपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ती संघ संस्थाका प्रतिनीधिहरूसँग छलफल गरेर संशोधन गर्ने आश्वसन दिएपनि संशोधन नगर्दासम्म ढुक्क हुने अवस्था नभएको जनाएको छन्। उनीहरूले मिडिया काउन्सिलजस्तो महत्वपूर्ण विधेयक ल्याउदा संसद्का विभिन्न समितिहरूमा दफावार छलफल गरेर मात्रै ल्याउनु पर्ने बताएका छन्। विधेयकमा समावेश विवादित दफालाई लिएर चौतर्फी विरोध हुँदै आएपछि सञ्चारमन्त्रीले पत्रकारितासँग सम्बन्धित संघ संस्थाका प्रतिनीधिहरूसँग छलफल गरेका हुन्।  

काउन्सिल अध्यक्षका लागि इच्छुक उम्मेदवारले कम्तीमा १५ वर्ष सञ्चार क्षेत्रमा काम गरेको र सर्वोच्च अदालतको न्यायाधीशसरहको व्यक्ति हुनुपर्ने व्यवस्था गरेको छ। जसको सिफारिस पनि मन्त्रालयको सचिवको नेतृत्वमा गठित समितिले गर्ने भनिएको छ। यो व्यवस्था काउन्सिललाई सरकारबाट पूर्ण स्वायत्त र स्वतन्त्र बनाउने सिद्धान्तविपरीत भएको भन्दै उनीहरूले विरोध गरेका हुन्। सरकारले काउन्सिल विधेयक देखाएर पत्रकारलाई दबाब र प्रभाव पार्न सक्ने भन्दै पत्रकारहरूले विरोध गरेका छन्। नियुक्तिको प्रकृया मात्र नभई पत्रकारको प्रेस पास खोस्ने, कानुनी दण्ड चलाउने विषय राखेर तर्साउन खोज्ने प्रावधानप्रति सरोकारवाला संस्थाहरूले आपत्ति जनाएका छन्। उनीहरूले मिडिया काउन्सिल विधेयकभन्दा पनि अहिलेको प्रेस काउन्सिललाई नै बढी जिम्मेवार बनाउनुपर्ने र पत्रकार आचारसंहिता कार्यान्वयनमा कडाई गर्नुपर्ने बताउदै आएका छन्।  

नेपाल पत्रकार महासंघका महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले अध्यक्ष, सभामुख वा राष्ट्रियसभाका अध्यक्षले नियुक्त गर्दा मात्रै काउन्सिल स्वायत्त र जनताप्रति उत्तरदायी रहने भन्दै सुझाव राखेका थिए। मन्त्रालयका सचिवको नेतृत्वमा बन्ने समितिको सिफारिसबाट अध्यक्ष नियुक्त ‘प्रोटोकल’का आधारमा पनि नसुहाउने भन्दै उनले विधेयकमा समावेश उक्त दफाको विरोध मात्रै गरेनन्, विषयगत समितिमा लैजान सुझाव पनि दिए।  

‘पत्रकारलाई अहिले नै लाइसेन्समा गइहाल्ने अवस्था छैन, विभिन्न प्रकारका सञ्चारमाध्यम छन् , ती सबै सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई राज्यले प्रशिक्षित गर्नुपर्छ, सरकारले जे जस्तो प्रावधान राखेको छ त्यो प्रावधानले सरकारबाट नियन्त्रित खतरा, हुन्छ, यसलाई विषयगत समितिमा लैजानुपर्छ, सरोकारवालाहरूको दायरा पे बनाउनु पर्छ भन्न महासंघको धारणा छ’, महासंघका वरिष्ठ उपाध्यक्ष विष्टले नागरिकसँग भने। उनले काउन्सिलका अध्यक्ष मन्त्रालयका सचिवको नेतृत्वमा बनेको समितिको सिफारिसका आधारमा सरकारले गर्ने भनिएकोमा महासंघको आपत्ति रहेको बताए। ‘ यसको ठाउँमा राष्ट्रिय सभाका अध्यक्ष वा सभामुखबाट अध्यक्ष नियुक्त हुनुपर्ने हाम्रो माग हो। यसले काउन्सिललाई स्वायत्त बनाउँछ । जनताप्रति उत्तरदायी बनाउँछ,’ उनले भने। सञ्चार मन्त्रालयलले ल्याएको विधयेकमा आचारसंहिता उल्लंघनका नाममा पत्रपत्रिकाको वर्गीकरण घटुवा गर्ने, दर्ता खारेजी गर्ने, पत्रकार परिचयपत्र निलम्बन गर्ने, अदालतले क्षतिपूर्ति भराउनेलगायतका विषयमा आपत्ति जनाइएको छ। उनीहरूले अहिलेकै प्रेस काउन्सिललाई बढी जिम्मेवार बनाउन आग्रह समेत गरेका छन्।  

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले आचारसंहिताका नाममा पत्रकारविरुद्ध कानुनी दण्ड चलाउने विधेयक परिमार्जनको गर्नुपर्ने धारणा राखेका छन्। ‘विधेयक अध्ययन गर्दा आचारसंहिता उल्लंघनका नाममा पत्रपत्रिकाको वर्गीकरण घटुवा गर्ने, दर्ता खारेजी गर्ने, पत्रकार परिचयपत्र निलम्बन गर्ने, अदालतले क्षतिपूर्ति भराउने लगायतका विषयमा समावेश गरिएको पाइयो। यसमा हाम्रो विरोध रह्यो। यसको अर्थ पत्रकार कानुनी दायराभन्दा माथि हुने भन्ने होइन। आचारसंहिता उल्लंघन गरे सम्बन्धित सञ्चारमाध्यमलाई दण्ड तथा माफी माग्न लगाउने, काउन्सिलले मेलमिलाप गराउने, त्यसबाट पनि पार नलागेपछि मात्रै पुनरवेदनका लागि अदालत जाने प्रक्रिया सबैका लागि उपयुक्त हो अहिले प्रेस काउन्सिलको प्रावधान पनि त्यही हो, बरु प्रेस काउन्सिललाई बढी जिम्मेवार बनाउने कुरा पत्रकार र पत्रकारिताको हितमा हुन्छ,’ अध्यक्ष बस्नेतले भने।  

सञ्चार मन्त्रालयले पेस गरेको विधेयकप्रति प्रेस यूनियनले पनि आपत्ति जनाएको छ। काउन्सिल स्वतन्त्र र स्वायत्त हुनपर्छ भन्ने धारणा यूनियनको छ। यूनियनका अध्यक्ष शिव लम्सालले काउन्सिल अध्यक्षमा नियुक्ति दिने प्रावधानप्रति प्रेस युनियनको आपत्ति रहेको बताए। ‘काउन्सिल स्वायत्त रहनुपर्छ। तर, अध्यक्ष नियुक्तिको प्रावधान हेर्दा त्यस्तो देखिँदैन। यसमा हामीले विरोध गरेका छौ, राष्ट्रिय सभाका अध्यक्ष वा प्रतिनिधिसभाका सभामुखबाट नियुक्त गराउँदा काउन्सिल स्वायत्त हुने विषय हामीले छलफलमा राख्यौ यसमा मन्त्रीज्यू सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष लम्सालले भने।  

उनका अनुसार यो अहिले ल्याएको विधेयक होइन, चार वर्षअघि ल्याइएको हो, जतिबेला यो विधेयकका रूपमा थिएन, अहिले राष्ट्रियसभाबाट प्रतिनीधिसभामा आइपुग्दा २१ वटा संशोधन गरियो छ। ‘तर एउटा बुँदा थपियो त्यो के हो भने, पत्रकारले परीक्षा दिनुपर्ने बुँदा को थपिएको छ यो दक्षिण एसियामै छैन, विकसित कुनै मुलुकमा पनि छैन, त्यो बुँदा थपेर सूचनाको हक कुण्ठित गर्न खोजियो,’ उनले भने। अझै पनि संरचना र नियुक्ति प्रक्रियामा प्रेस यूनियनलाई शंका लागेको पनि बताए। ‘संरचनामा स्पष्ट हुनुपर्छ, सातै प्रदेशबाट प्रदेशको प्रतिनीधित्व हुने गरी एक एक जना हुनुपर्छ, संसदबाट पनि इमानदार हुनुपर्छ, अध्यक्ष लगायतको संख्यामा नेपाल सरकारले नियुक्ति गरिनुपर्छ। अहिले यही लाइनमा गगन थापा र प्रकाश स्नेहीले संशोधन पनि हाल्नुभएको छ। काउन्सिल विधयेकको नाममा राज्यले नियन्त्रण, निर्देशन गर्ने र कुनै पनि बहानामा अंकुश लगाउने खालको प्रावधान रह्यो भने सडक आन्दोलन गर्न पछि पर्दौनौ, त्यसलाई स्वीकार गर्दैनौं,’ अध्यक्ष लम्सालले भने।
अर्को समाचार
लोककल्याणकारी विज्ञापनसँग किन डराइरहेको छ सरकार ?
१७ माघ २०८०
•
३ मिनेट पाठ
लोककल्याणकारी विज्ञापनसँग किन डराइरहेको छ सरकार ?
सरकारले सञ्चारमाध्यमका लागि दिने लोककल्याणकारी विज्ञापन खारेज गर्ने गरी नयाँ कानुनको मस्यौदा निर्माण गरेको छ। प्रेस काउन्सिल ऐन, २०४८ लाई प्रतिस्थापन गर्ने गरी तयार गरिएको मिडिया काउन्सिल विधेयकको मस्यौदामा सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापनको प्रावधान हटाएको हो।




सो मस्यौदालाई सरकारले आउँदो संसद् अधिवेशनमा पेस गर्ने गरी सञ्चार मन्त्रालयमा तयार पारिहेको छ। ‘छापा माध्यमको औचित्यमाथि प्रश्न उठाउँदै अनुदान बजेट कटौती गर्ने गरी ऐनको मस्यौदा तयार भएको छ,’ मन्त्रालय उच्च स्रोतले भन्यो।  

प्रेस काउन्सिल ऐनको दफा १० मा लोककल्याणकारी विज्ञापन प्रदान गर्नका लागि सम्परीक्षण समितिको व्यवस्था छ। उक्त दफामा सरकारले काउन्सिलको परामर्श लिई पत्रपत्रिका वितरण, सम्परीक्षण समिति गठन गर्ने र सोही समितिले वर्गीकरण गरी त्यसका आधारमा लोकल्याणकारी विज्ञापनबापत रकम प्रदान गर्ने उल्लेख छ।

सरकारले सो रकम पत्रपत्रिका वर्गीकरणमा परेको आधारमा वितरण गर्दै आएको छ। तर संसद्मा पेस गर्न अन्तिम चरणमा पुगेका मिडिया काउन्सिलसहित सञ्चार विधेयकमा लोककल्याणकारी विज्ञापनसम्बन्धी कुनै समिति छैनन्। ‘सम्परीक्षण समिति नै छैन, वर्गीकरण गर्ने समिति नभएपछि पत्रपत्रिकालाई दिँदै आएको लोककल्याणकारी वितरण गर्ने व्यवस्थासम्बन्धी अर्को कुनै कानुनी पाटो छैन,’ मन्त्रालय स्रोतले भन्यो।

समिति नभएपछि लोककल्याणकारी विज्ञापन कहाँ, कसले, कसरी र के आधारमा वितरण गर्ने भन्ने अन्योल भएको मन्त्रालयका एक अधिकारीको भनाइ छ। सञ्चारसम्बन्धी नयाँ कानुन ल्याउँदै खारेज गर्ने भएको छ। मिडिया काउन्सिल विधेयकको मस्यौदामा यसको व्यवस्था गरिएको छैन।

कोरोना संक्रमणलगायत आर्थिक संकटमा परेका छापा माध्यमलाई जोगाउन नयाँ काम गर्नुपर्नेमा अहिले माओवादी नेतृत्वको सरकारले सञ्चारमाध्यमलाई दिँदै आएको अनुदान खारेज गर्न लागेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेस काउन्सिल ऐन, २०४८ लाई विस्थापित गर्न संसद्मा पेस गर्न लागेको मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुर्‍याएको छ। ‘छापा माध्यमलाई दिँदै आएको करोडौं रूपैयाँको उपादेयतामाथि प्रश्न उठेको छ। त्यसैले हामीले पुनर्विचार गरी नयाँ सञ्चारमाध्यमलाई दिने वा यो व्यवस्था नै हटाउने भन्ने विषयमा पछि तय हुने गरी विधेयक मस्यौदा तयार गरिएको हो,’ सञ्चार मन्त्रालय स्रोतले भन्यो, ‘रकम दिने सरकारलाई नै गाली गर्नेलाई अनुदान किन दिने भन्ने प्रश्न मन्त्रालयमा छ।’

हाल सरकारले प्रिन्ट मिडियाका लागि विज्ञापनबापत एक वर्षको २१ करोड ७ लाख रूपैयाँ र अन्य मिडियालाई १० करोड रूपैयाँ प्रदान गर्दै आएको छ।

सञ्चार मन्त्री रेखा शर्माले सञ्चार क्षेत्रमा आमूल परिवर्तन र विकासका लागि नयाँ विधेयक ल्याउन लागिएको भनिए पनि अनुदान र लोककल्याणकारी विज्ञापन खारेजीपछि सरकारको मिडियाप्रति हेर्ने दृष्टिकोण प्रस्ट भएको छ।

सञ्चार संस्थाहरूले संकटमा परेका मिडियाको संरक्षण र प्रवद्र्धनका लागि विशेष आर्थिक अनुदानको व्यवस्था गर्नुपर्ने आवाज उठाइरहेका बेला यस्तो विधेयक संसद्मा दर्ता हुन लागेको हो।

प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघसहित सञ्चारसम्बद्ध संस्थाले सबै मिडियामा दिँदै आएको विज्ञापन रकम दोब्बर बढाउनुपर्ने सुझाव दिएका छन्। तर सरकारले भने ठिक उल्टो हुने गरी कानुनको मस्यौदा तयार गरिरहेको छ।  

गठबन्धन सरकारले अघि सारेको विधेयकले भने सञ्चार माध्यमप्रति कठोर नीति लिएको हो। गठबन्धन सरकारको प्रमुख दल कांग्रेसनिकटको संस्था प्रेस युनियनले भने सञ्चारमाध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापन कटौती गर्न नहुने, नयाँ बन्ने कानुनमा त्यसको सुनिश्चितता हुनुपर्ने भन्दै अर्थ मन्त्री डा. प्रकाशशरण महतलाई अनौपचारिक रूपमा जानकारी गराएको छ।

मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई केपी ओली सरकारको पालामा जनअधिकार र मिडियाविरोधी विधेयक भन्दै अहिलेका गठबन्धन सरकारसम्बद्ध दलले औपचारिक रूपमै विरोध गरेका थिए। नेपाल पत्रकार महासंघले चरणबद्ध आन्दोलन गरेको थियो।

महासंघका अध्यक्ष विपुल पोखरेलले मिडिया काउन्सिल विधिेयकमा पत्रपत्रिका सम्परीक्षणको प्रावधान हटाउन नहुने बताए। यदि हटाइएको हो भने राज्यले त्यसको विधि के हो र त्यसलाई कुन ऐनले चिन्छ भन्ने कुराको सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ।

‘मिडिया काउन्सिल विधेयकबाट पत्रपत्रिका वर्गीकरणसम्बन्धी प्रावधान हटाएको हो भने त्यसलाई कहाँ राखिएको हो, त्यो सुनिश्चित हुनुपर्छ। त्यसको सुनिश्चितता नभई विधेयक संसद्मा जानु हुँदैन,’ अध्यक्ष पोखरेलले भने।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस