नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले आगामी मंसिरमा हुने चुनावमा प्रत्यक्ष उम्मेदवारी नदिने बताएका छन्। जनकपुरधाममा आयोजित क्षेत्रीय कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता निधिले आगामी निर्वाचनमा प्रत्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेका हुन्।
प्रत्यक्षबाट चुनावी प्रतिस्पर्धामा नउत्रे पनि समानुपातिक सांसदको रुपमा संसदमा प्रवेश गर्ने उनको दाउ छ। चुनाव नलड्ने घोषणा गरेपछि उनको नाम समानुपातिकमा सिफारिस गरिएको हो। २०७४ सालको चुनावमा उनी धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका थिए। तर तत्कालीन (राजपा)बाट उम्मेदवारी दिएका हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले उनलाई पराजित गरेका थिए।
आफू समानुपातिक सांसद भएपनि अनाथ नबुझ्न धनुषा क्षेत्र-३ का आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरे। उनले भने, ‘काठमाण्डौँमा मात्र नभई मधेशका कुनैपनि जिल्लाको क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको कुनैपनि क्षेत्रबाट चुनाव लड्न तयार छु।’
उनले मधेस प्रदेशसभाका सदस्य एवम् भौतिक तथा पुर्वाधार विकास मन्त्री समेत रहेका रामसरोज यादव सबैभन्दा अनुभवी रहेकाले आफूले यादवलाई प्रतिनिधिसभा सदस्यको अभिभारा उठाउने बताए। तर नेता निधिले यस्तो बताएको दुईदिनपछि मधेस प्रदेशका मन्त्री यादवको नाम प्रदेशसभा उम्मेदवारको लागि सिफारिस भएको छ। निधिले आगामी निर्वाचनमा उम्मेदवार छनोटको लागि क्षेत्रबाट हुने सिफारिसमा ढिलाइ नगर्न नेता कार्यकर्तालाई आग्रहसमेत गरे।
निधिले लोकतान्त्रिक समाजवादी पार्टीलाई सत्तारूढ पाँच दलीय गठबन्धनमा समेट्नुपर्नेमा जोड दिँदै आएका छन्। (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा निर्वाचन क्षेत्र ३ को सांसद भएकाले लोसपा गठबन्धनमा आएर फेरि महतो धनुषाबाट उम्मेदवारी दिएभने आफू गठबन्धनको बाधक नबन्ने बरु आफ्नै क्षेत्र छाड्ने बताउँदै आएका छन्।
‘मैले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भनेका छौं’, नेता निधिले भने, ‘यसपालिको निर्वाचनमा आफू प्रत्यक्ष चुनाव नलड्ने समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने र समानुपातिकबाट सांसद बने भनिसकेका छौं।’
प्रत्यक्ष चुनाव जित्न नसक्ने आंकलन निधिले गरेपछि समानुपातिकबाट आफ्नो सेफ ल्याडिङ्ग खोजेको कांग्रेसका एक नेताले बताए। उनले भने, ‘पछिल्लो निर्वाचनमा निधिजी पराजित भएका थिए। यसपटक फेरि पराजित भयो भने उनको राजनीतिक भविष्य संकटमा पर्ने बुझेपछि उनले यसपटकको निर्वाचन रिक्स लिन नचाहेको हो नत्र उनले चाहेको भए पार्टीले टिकट रोक्न सकिँदैन।’
अहिले पनि पाँच दलीय गठबन्धन रहेपनि उनी प्रत्यक्ष निर्वाचन नलड्ने घोषणा गरेका छन्। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उप–महानगरपालिकामा निधिले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई हराउन खेलेको भूमिकाले नै उनी त्रसित भएका छन्। उनले कांग्रेसका बागी उम्मेदवार वर्तमान मेयर मनो जकुमार साहलाई जिताउन गठबन्धन विरुद्ध गएका थिए। त्यसले उनी गठबन्धनको साझ उम्मेदवार बने पनि उपेन्द्र यादव नेतृत्वको ९जसपा०ले सहयोग नगर्ने डर निधिमा पलाएको छ।
त्यसकारण पनि उनी निर्वाचन नलड्ने घोषणा गरेको राजनीतिक विश्लेषकहरुले विश्लेषण छन्। निधि पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका थिए। तर, उनलाई मधेस प्रदेशमा रहेको ८ सय मत मध्ये केवल २ सय ५० मत मात्रै प्राप्त भएको थियो। त्यति मात्रै नभई मधेस प्रदेशको महाधिवेशनमा समेत उनले खडा गरेको उम्मेदवार रामसरोज यादवलाई पराजित गर्दै देउवा समूहका कृष्ण यादव प्रदेश सभापतिमा निर्वाचित भएका छन्। संघ र प्रदेशमा हारे पनि जिल्ला महाधिवेशनमा निधि समुहको योगेन्द्र पजियार सभापतिमा निर्वाचित भएका छन्।
निधिको पार्टी भित्र कमजोर पकड र गुम्दै गएको शक्तिको बाधक पार्टीका सह–महामन्त्री महेन्द्र यादव र मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री राम सरोज यादव रहेको उनी निकट नेता बताउँछन्। सह– महामन्त्री यादव धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा छन् भने प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को ९क० बाट सिफारिस भइसकेको छ। निधि यस पटकको निर्वाचनमा आफैं उम्मेदवार नदिइ कसलाई जिताउने र कसलाई हराउने दाउमा रहेको एक नेताले बताए।