एसपी जोगाउन हवल्दारलाई जेल
३० साउन २०७९
•
५ मिनेट पाठ
एसपी जोगाउन हवल्दारलाई जेल
सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ।  




दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेशसिंह साहुले त्यहाँका गणपति त्रिभुवन बिष्टले राशनमा गरेको अनियमिताबारे सञ्चारकर्मीलाई सूचना चुहाएपछि एसपीमाथि अनुसन्धान हुनपर्नेमा उल्टै हवल्दारलाई विशेष कानुन लगाएर जेल पठाइएको हो।  

सशस्त्र प्रहरीले गठन गरेको विशेष इजलाशले साहुमाथि हातहतियारको सूचना चुहाएको आरोप लगाएर हदैसम्मको कारबाही गरी जेल पठाएका हो।

‘एसपी विष्टलाई जोगाउन सशस्त्र प्रहरी बल मुख्यालयको कानुन शाखाले साहुलाई हातहतियारको सुचना चुहाएको आरोप लगाएर विशेष इजलाश गठन गरी जागिरबाट बर्खास्त मात्र गरेन उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ,’ स्रोतले भन्यो। तर एसपी बिष्टमाथि भने अहिलेसम्म छानबिन भएको छैन। उनलाई प्रधानमन्त्री कार्यालयबाटै संरक्षण भएकाले सशस्त्र प्रहरीले आन्तरिक छानबिनसमेत गर्न सकेको छैन।  

सशस्त्र प्रहरीले उनीमाथि छानवीन गर्न खोजेपछि शक्ति केन्द्रको दबाबमा रोकिएको थियो। सशस्त्र प्रहरीले नायब महान्यायाधिवक्ता कृष्णजीवी घिमिरे अध्यक्ष र गृह सहसचिव टेकबहादुर केसी तथा सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपाने सदस्य रहेको तीन सदस्य विशेष इजलाश गठन गरेको थियो। सोही विशेष अदालतले हवल्दारलाई जागिरबाट बर्खास्त गरी पूपक्षका लागि थुनामा पठाइएको हो।

‘एसपी विष्टले गणमा आर्थिक अनियमितता गरेको सूचना चुहिएको र हवल्दार साहुलाई जेल पठाएको बारेमा सशस्त्र प्रहरीभित्रै आलोचना भएपछि उनले शक्तिकेन्द्रबाट दबाब दिएका थिए,’ स्रोतले भन्यो। स्रोतका अनुसार आफूमाथि छानबिन हुने भएपछि उनले प्रधानमन्त्री कार्यालयबाटै दबाब दिन लगाएका थिए।  

हवल्दार साहुले ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासन भत्तामा गणका हाकिमले अनियमितता गरेको सूचना बाहिर ल्याइदिएका थिए। गणभित्रको हाजिरी विवरण मात्र उपलब्ध गराएका उनलाई हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराएको अपराध र ‘कपट’पूर्ण अभियोग कानुन शाखाका एसएसपी युवाराज अर्यालले लगाएका कारण उनी जेल जाने वातावरण बनेको हो। उक्त गणमा कार्यरत २ सय ५८ मध्ये १ सय २२ जना सुरक्षाकर्मी एकै दिन अनुपस्थित भएको विवरणसहित गत २८ जेठमा धनगढीबाट सञ्चालित एक सञ्चार माध्यम मार्फत समाचार सार्वजनिक भएको थियो। केही दिन उपस्थित र अनुपस्थित प्रहरी कर्मचारीको संख्यात्मक विवरणसहित समाचार सम्प्रेषण भएको थियो।  

एसपी बिष्ट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका प्रमुख हुन। एसपी बिष्टले गणमा आर्थिक अनियमितता गरेको सूचना साहुले पत्रकार भनिएका सन्तोष सिंह ठगुन्नालाई दिएका थिए। त्यसपछि पत्रकारले समाचार प्रकाशन गरे। सो समाचार प्रकाशन भएपछि स्रोतको संरक्षण गनुपर्नेमा उल्टै ती पत्रकारले स्रोतको पोल खोलेपछि हवल्दार साहु विवादमा तानिएका थिए।  

उनले गणमै गएर हवल्दार साहुले नै आफूलाई सूचना दिएको भनी बयान दिएका थिए। सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि केही सुधार हुने आसमा रहेका साहु अहिले सशस्त्र मुख्यालयको कानुन शाखाका एसएसपी अर्यालको अपराधिक फन्दामा परेपछि उनी बखास्तमा परेका हुन। गत ३० जेठमा साहुलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्र प्रहरीको हेडक्वार्टर हल्चोक ल्याइएको थियो।  

फौजी संगठनको आन्तरिक सूचना चुहाउनु अपराध हो। संगठनको गोप्य र सम्वेदनशील सूचना भाइरबरलगायत सामाजिक सञ्जालमार्फत सञ्चार माध्यमलाई उपलब्ध गराएको अभियोगमा हवल्दार साहुमाथि सङ्गठनले जेल सजायसहितको कारबाही सुनाएको छ। हाल हवल्दार साहु पुर्पक्षका लागि डिल्लीबजार कारगारमा छन्। ‘सुरक्षासँग सम्बन्धित सूचना तथा खबरहरू राष्ट्रिय वा अन्तर्राष्ट्रिय अनधिकृत व्यक्ति, संस्था वा समूहलाई उपलब्ध गराएमा, गराउन प्रयास गरेमा वा कसैलाई त्यस्तो गर्न दुरुत्साहन गरेमा’ जन्मकैदको सजाय हुने व्यवस्था छ।  

सशस्त्र प्रहरी मूख्यालयले सोहीअनुरूप साहुविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा मुद्दा दर्ता गरिएको थियो। ‘सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका हवल्दार मेजर सशस्त्र प्रहरी वरिष्ठ हवल्दार खिमसिंह बिष्टले मिति २०७९/०२/२८ गते नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाको आन्तरिक गोप्य सूचना हातहतियार गोलीगठ्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी सूचनाहरू स्थानीय पत्रकारमार्फत प्रसारण गर्न लगाएको साथै गणको आन्तरिक तथा सङ्गठनमा आँच आउने र सङ्गठनलाई प्रत्यक्ष असर पर्ने खालको गतिविधि गरेकोले सशस्त्र प्रहरी बल नम्बर २५ गण हेडक्वार्टर पर्वत दरबन्दी भई हाल नं। ४४ गण हेडक्वार्टर दार्चुलामा कार्यरत नरेशसिंह साहुलाई हदैसम्म कारबाही गरी पाऊँ’ भनिएको थियो।  

सशस्त्र प्रहरीको विशेष अदालतमा मुद्दा दर्ता भएपछि हवल्दार साहुले सशस्त्र प्रहरी ऐन २०५८ को दफा २७ को उपदफा १ को ९च० बमोजिम कसुर गरेको आरोप जबर्जस्ती पुष्टि गराइएको स्रोतको दाबी छ। सशस्त्र प्रहरीका विभिन्न यूनिटभित्र एकैपटक सयौं सुरक्षाकर्मीलाई बिदा छाडेर उनीहरूको रासन भत्ता बाँडीचुँडी खाने गरेको आरोप धेरै वर्षदेखि लाग्दै आएको छ।  

सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी विदुर खड्काले साहुले गोप्य सूचना चुहाएको कारण कारवाही गर्नु परेको बताए। ‘यो विषयमा हामी आन्तरिक छानवीन गरिरहेका छांै, यसको निचोड आएपछि थप विषय प्रष्ट हुनेछ,’ डिआइजी खड्काले भने। हवल्दार साहुले पत्रकारलाई बिदामा छाडिएको र रासनको विषयमा मात्रै सूचना दिएको बताए पनि उनलाई जबर्जस्ती रूपमा हातहतियारको विवरण पनि दिइएको प्रमाणित गराइएको थियो। ‘कसुर एउटा गरेको तर आरोप अर्के प्रमाणित गर्न खोजियो, सशस्त्र प्रहरीले गणमा रहेका हात हतियार र सशस्त्र प्रहरीको संख्याबारे पनि सूचना दिएको आरोप लगाएर पूपक्षमा पठाएको छ,’ स्रोतले भन्यो।  

संगठनविरुद्ध उनले बेनामी उजुरी समेत हालेको छानबिन प्रतिवेदनमा उल्लेख छ। सशस्त्र प्रहरी ऐन, २०५८ को बर्खिलाप गरेको भन्दै साहुलाई असार २४ गते पुर्पक्षका लागि थुनामा पठाइएको थियो। यो विषयमा प्रहरी महानीरिक्षक राजु अर्यालले चासो राखेर पनि एसपी बिष्टमाथि छानबिन गर्न र आर्थिक अनियमितता गरेको विषयमा छानवीन समिति बनाउन सकेका छैनन।  

‘एसपी बिष्टका विषयमा छानबिन नगर्न आइजीपीलाई राजनीतिक शक्ति केन्द्रको ठूलै दबाब परेको छ त्यसकारण अहिलेसम्म उनी जोगिएका छन्,’ स्रोतले भन्यो ।

(यो समाचारमा इजलाश गठनको प्रकृया अन्यथा भएकाले सच्याइएको छ)
अर्को समाचार
सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी
२६ चैत्र २०८०
•
१ मिनेट पाठ
सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी
काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ।




सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको  सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

अहिले आगो निभाउने प्रयास भइरहेको छ। आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन्। 

आगलागी कसरी भयो भन्ने खुलिसकेको छैन।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस