सत्ता पक्षसँग नजिकिँदै लोसपा र नेसपा
२९ साउन २०७९
•
३ मिनेट पाठ
सत्ता पक्षसँग नजिकिँदै लोसपा र नेसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाल समाजवादी पार्टी (नेसपा) ले पाँचदलीय सत्ता गठबन्धनमा सामेल हुने चाहना देखाएका छन्। गठबन्धनमा सहभागी हुन आ–आफ्नै तरिकाले पहल गरिरहेका यी दुवै दल जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएर बनेका हुन्। यसैकारण पाँच दलीय गठबन्धनमा सहभागी हुन जसपा अध्यक्ष उपेन्द्र यादव बाधक हुन्छन् कि भन्ने डर लोसपा र नेसपाका नेताहरूमा छ। जसपा अध्यक्ष यादवले सार्वजनिक रूपमै लोसपासँग पार्टी एकीकरण गर्न तयार भएको प्रतिक्रिया दिएका छन्। तर नेसपाको विषयमा भने यादवले केही बोलेका छैनन्।




लोसपाका अध्यक्ष महन्थ ठाकुरले पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवासँग पटकपटक कुराकानी गरेका छन्। लोसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार स्थानीय तहको चुनावपछि देउवा र ठाकुरबीच पाँचपटक भेट भइसकेको छ। ‘पाँच दलीय गठबन्धनमा सहभागी हुने हाम्रो चाहना हो। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी हुन र सरकारमा समेत सहकार्य गर्न प्रस्ताव राख्नुभएको छ,’ झाले भने। स्रोतका अनुसार देउवा र ठाकुरबीच पटकपटकको भेटले लोसपाका नेताहरू उत्साहित भएका छन्। पछिल्लो समय लोसपाका नेताले एमाले अध्यक्ष केपी ओलीसँगको भेट पातलो बनाएका छन्।

‘पहिलेपहिले उहाँ (ओली) सँग हाम्रो भेट भएकै हो। लोसपासँग तालमेल गर्न एमालेले चाहना देखाएकै हो तर पछिल्लो समय हाम्रो भेट पातलिएको छ’, झाले भने।

लोसपा स्रोतका अनुसार सत्ता गठबन्धनमा सहभागी हुन ठाकुर सकारात्मक छन्। लोसपाले राखेका मागमध्ये केही पूरा भएको र केही पूरा हुने क्रममा रहेको नेताहरू बताउँछन्।  

सरकारले सदनबाट नागरिकता विधेयक पास गराएको छ। यो विधेयक पास भएकोमा लोसपा नेताहरू खुशी छन्। स्रोतका अनुसार लोसपालाई एमालेसँगको गठबन्धनमा सहभागी हुन नदिन देउवाले प्रयास गरिरहेका छन्। एमाले र लोसपाबीच गठबन्धन भए मधेस प्रदेशमा कांग्रेसलाई नोक्सान हुने देउवाको बुझाइ छ। ‘त्यसैले केही सिट दिएर भए पनि लोसपालाई सत्ता गठबन्धनमा ल्याउने देउवाको चाहना देखियो’, स्रोतले भन्यो। लोसपा अध्यक्ष ठाकुरको राजनीतिक पुष्ठभूमि नेपाली कांग्रेससँग जोडिएको छ। लोसपाका अन्य नेता पनि सत्ता गठबन्धनमा सहभागी हुँदा आफूलाई सुरक्षित ठान्छन्। लोसपासँग छुट्टै तालमेल गर्न जसपा अध्यक्ष यादवले पनि चाहना देखाएको स्रोतले बतायो। तर लोसपा नेताहरू भने चुनावी तालमेल गर्ने या पार्टी एकीकरण गर्ने भन्ने विषयमा जसपाका नेताहरूसँग औपचारिक÷अनौपचारिक कुराकानी नभएको बताउँछन्।  

लोसपाले स्थानीय चुनावका बेला पनि ५ दलीय गठबन्धनमा सहभागी हुने चाहना देखाएको थियो। त्यसबेला जसपा अध्यक्ष यादवले लोसपालाई गठबन्धनमा सहभागी गराउन चाहेनन्। तर अहिले परिस्थिति फेरिएको छ। लोसापसँग जसपाका नेताहरूको पानी बाराबारको अवस्थामा परिवर्तन आएको छ। त्यसैले यसपटक लोसपा ५ दलीय गठबन्धनमा सहभागी हुने सम्भावना रहेको स्रोतले बतायो। जसपाबाट भरखरै फुटेको नेसपाले पनि ५ दलीय गठबन्धनमा सहभागी हुने चाहना देखाएको छ। नेसपा अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग केही दिनअघि भेट गरेका थिए। चुनावी तालमेलको विषयमा उक्त भेट भएको नेसपाका नेताहरूले बताएका छन। ‘५ दलीय गठबन्धन बनाउन हाम्रो पार्टीका अध्यक्ष (भट्टराई) को पनि लगानी छ’, नेसपा महासचिव रमेश यादवले भने, ‘त्यसैले यो गठबन्धनमा हाम्रो पनि स्वामित्व छ।’ ५ दलीय गठबन्धनमा सहभागी हुने नेसपाको चाहना रहेको उनले बताए।
अर्को समाचार
रविप्रति बाबुरामको कटाक्ष: सिद्धान्त बिनाको चटकेले केही गर्न सक्दैन
०९ वैशाख २०८०
•
१ मिनेट पाठ
रविप्रति बाबुरामको कटाक्ष: सिद्धान्त बिनाको चटकेले केही गर्न सक्दैन
फाईल तस्विर <div><br></div>
पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको बताएका छन्।




शनिवार नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन ।उनले ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको उल्लेख गर्दै  दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमनरुपी हावा बगिरहेको बताए। 

उनले वैचारिक ढंगले अग्रगामी सोचका बिरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको भन्दै पछिल्लो अवस्थामा डरलाग्दो बनेर देखिएको बताए।पूर्व प्रधानमन्त्री भट्टराईले देश भित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरुको उदय हुनु भनेको राम्रो संकेत नरहेको बताए।उनले राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपा सभापति लामिछानेप्रति इंगित गर्दै विचारधारा र सिद्धान्त नभएका मान्छेहरू राजनीतिमाआइरहेको बताए।

उनले सभापति लामिछानेले रातारात जादु गर्छु जस्तो गरी अभिव्यक्ति दिइरहेको भन्दै चटके मानिसहरूको बारेमा समाजले बेलैमा बुझ्न जरुरी रहेको बताए ।उनले नयाँ पार्टीहरुले ठूलो प्रतिक्रान्तिको आधार तयार पारिरहेको उल्लेख गरे।पूर्व प्रधानमन्त्री भट्टराईले माक्सले बनाएका विचारहरुको धारमा टेकेर नयाँ समाजवादी धार सिर्जना गर्न जरुरी रहेको बताए । 
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस