मधुवन नगरपालिकामा प्रशासकिय अधिकृत र लेखा प्रमुखको मनपर्दी!
१५ साउन २०७९
•
३ मिनेट पाठ
मधुवन नगरपालिकामा प्रशासकिय अधिकृत र लेखा प्रमुखको मनपर्दी!
साउन १५ मधुवन नगरपालिकामा प्रशासकिय अधिकृत नोखीराम ओली र लेखा प्रमुख खिमराज पोखरेलको मनपर्दी बढेको पाईएको छ। प्रशासकिय अधिकृत ओलीले अधिकांश समय बिदा बस्ने  लेखा प्रमुखसँगको मिलिमतोमा बिल भुक्तानी लगायतको काम ढिलासुस्ती गरेको आरोप छ। 




लेखाले बिल भुक्तानीका केहि समय प्रमुख नभएको नाममा रोक लगाएर मिलिमतोमा आर्थीक चलखेल गर्ने गरेको आरोप स्रोतको दाबी छ। लेखा अधिकृतको आर्थीक लेखा जोखा मिलाएरको खबर प्राप्त गरेपछि चेक काटेर पुनः कार्यालयमा हाजिर नहुने गरेको एक कर्मचारीले बताए।‘बिभिन्न बाहानामाा बिदा बस्ने र कुरो मिलेपछि चेक काट्ने चलन छ,’नाम नखोल्ने शर्तमा एक कर्मचारीले भने।

प्रशासकिय अधिकृत ओलीले सरकारी साधन मनलाग्दी प्रयोग गर्दा ईन्धन खर्च व्यहभार थपिएको स्रोतको दाबी छ।‘प्रशासकिय अधिकृत र लेखा अधिकृत एउटै जिल्ला दाङका हुन्’ स्रोतले भन्यो, ‘महिनामा पटक पटक सरकारी साधन प्रयोग गरेर घर पुग्ने गरेका छन्,ईन्धन कति खर्च भएको छ रेर्कडले पुष्टि गर्ला? ’सरकारले ईन्धन कम गर्नका लागि सवारी साधन दुरुपयोग रोक्न रणनिति योजना बनाईरहेका बेला मधुवन नगरपालिकामा व्यापक खर्च गरेको र  नेता कार्यकर्तालाई ईन्धन दिएको जनप्रतिनिधिलाई समेत आरोप लागेको छ। मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओलीले प्रहरी र प्रशासन लगायत अन्यले इन्धन माग्दा इन्धन बढी खपत भएको जानकारी दिए।  

मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट कार्यालयको गाडी प्रयोग गर्देनन। नगर प्रमुखले सस्तो लोकप्रियताको लागि गाडी नचेढेपनि  इन्धन बढी खपत रोक्न उदासिन भएको बताउँछन्। नगर प्रमुखले भाटले कार्यालयको गाडी प्रयोग नगर्दा इन्धन बढी खपत भएको उल्लेख गर्दे  इन्धन दुरुपयोग लगायत सेवाग्राहीको काम नरोक्न कार्यालय प्रमुखलाई सचेत गराउँन सम्बन्धित निकायसँग माग गरेका छन्।‘इन्धनको कुप्पन मैले काट्दैन’प्रमुख प्रशासकीय अधिकृत ओलीले भने,‘क–कसले इन्धन लगेको हामीसंग रेकर्ड सुरक्षितछ।’  

इन्धनको मागअनुसार सहायक लेखापालले कुप्पन दिने गरेको अधिकृत ओलीको भनाई छ।‘गत माघ देखि मधुवन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको छु’ प्रमुख प्रशासकीय अधिकृत ओलीले भने, ‘मैले जिम्मेवारी सम्हाले देखि इन्धनको खपत कन्ट्रोल गरेकोे छु।’

प्रमुख प्रशासकिय अधिकृत ओली र लेखा प्रमुख पोखरेलको ढिलासुस्तीले मधुवन नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले तलव भत्ता नपाएको गुनासो छ। तर, जनप्रतिनिधिहरुको समयमा बैंक खाताको विवरण नआउँदा रोकिएको प्रशासकीय अधिकृत ओलीले बताए। सबै जनाको बंैक खाताको विवरण आएपछि एकमुष्ठ रकम जाने गरेको उनको भनाई छ।  

नगरपालिका मार्फत उपभोक्ता समितिले गरेको कामको भुक्तानी मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओली र लेखा अधिकृत  पोखरेलले नदिएको अर्को आरोप छ। असार मसान्तमा स्वास्थ्य,शिक्षा र अन्य बिषयक तालिमको नाममा मनलाग्दी भत्ता बापतको भुक्तानी लिएको स्रोतले खुलासा गरेको छ।कागजमा तालिम र गोष्ठि सम्पन्न गरी मिलिमतोमा लाखौ रुपैया भुक्तानी लिएको खुलेको हो। तर, उपभोक्ता समितिले गरेको कामको बिल भरपाई बुझाउँदा पनि प्रमुख प्रशासकीय अधिकृत ओली र लेखा अधिकृत पोखरेलले विभिन्न बहानामा भुक्तानी नदिएको आरोप छ।  

उपभोक्ता समितिले सम्झौतामा तोकिएको समयमा काम नसकेर ढिलो बिल पेश गर्दा भुक्तानी नभएको प्रमुख प्रशासकीय अधिकृत ओलीको भनाई छ। असार २० गते सम्म आर्थिक कारोबारको सम्पुर्ण बिल बुझाउन हामीले सुचना प्रकाशित गरेका थियौं। उपभोक्ता समितिले ढिलो गरी असार २४, २५ गते बिल भरपाई बुझाउँदा बढी लोड भएर छुटेको प्रमुख प्रशासकीय अधिकृत ओलीले स्वीकारे। उता बार्गेनिङ गर्दा उपभोक्ताले आनाकानी गरेर कुरो नमिलेका कारण अधिकृत र लेखाको मिलिमतोमा भुक्तानी रोकिएको पिडित सेवाग्राही बताउँछन्।
अर्को समाचार
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
१० मिनेट अघि
•
१ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
फाइल।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम दिन बाँकी रहेको बताएका छन्।

शनिबार सुर्खेतमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको सुनााए। यद्यपि, प्रदेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने उनले प्रतिबद्धता जनाए।

लामिछानेका अनुसार कर्णालीको विकासलाई निर्वाचनको मत परिणामसँग जोडेर हेरिने छैन। कर्णालीका जनताले एक भोट नदिए पनि रास्वपा सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने उनको दाबी छ।


विगतमा अन्य दलहरूले आफ्ना उमेदवार जिताए मात्र विकास गर्ने आश्वासन दिने गरेको आरोप लगाउँदै उनले रास्वपाले त्यस्तो राजनीतिक सौदाबाजीमा विश्वास नगर्ने बताए।

‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं भन्ने होइन,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौं, कर्णालीले एकजना पनि नपठाओस् र एक भोट पनि नदियोस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली प्राथमिकतामा रहनेछ।’

पुल र बाटो बनाइदिने सर्तमा नभई कर्णालीका मुद्दा केन्द्रमा लैजाने प्रतिबद्धतासहित आफूहरू आएको उनले उल्लेख गरे। राजनीति चुनावका निम्ति मात्र नभएको बताउँदै उनले चुनाव राजनीतिको एउटा पाटो मात्र भएको धारणा राखे।



चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस