द्विविधामा राष्ट्रपति:नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि सदनमा फिर्ता पठाउने ?
१५ साउन २०७९
•
६ मिनेट पाठ
द्विविधामा राष्ट्रपति:नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि सदनमा फिर्ता पठाउने ?
लामो समयदेखि विचाराधीन र विवादित नागरिकता विधेयक संघीय संसद्बाट पारित भएपछि प्रमाणीकरणको पर्खाइमा छ। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ हालै पारित भएको हो। संघीय संसद्बाट पारित विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र कानुनमा परिणत हुन्छ।




संघीय संसद्का दुवै सदनबाट पारित भए पनि अझै नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको छैन। सम्भवतः आइतबारसम्म उक्त विधेयक प्रमाणीकरणका लागि शीतल निवास पुग्नेछ।

नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा पुगेपछि सिधै प्रमाणीकरण गर्ने कि सदनमा फिर्ता पठाउने भन्ने द्विविधामा राष्ट्रपति विद्यादेवी भण्डारी छिन्। संघीय संसद्का दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीमाथि स्वाभाविक दबाब परेको छ भने त्यसमा रहेका केही प्रावधानलाई लिएर प्रमुख प्रतिपक्षी एमालेका साथै विभिन्न पक्षबाट विरोध भइरहेको छ। विधेयकमा रहेका केही प्रावधान संशोधन गर्न राष्ट्रपतिले भूमिका खेल्ने धेरैको अपेक्षा छ। संसद्बाट पारित भइसकेको विधेयक प्रमाणीकरण गर्नुपर्ने बाध्यता राष्ट्रपतिलाई हुन्छ। तर प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरूले यसको विरोध गरेकाले राष्ट्रपतिमाथि द्विविधासहितको दबाब देखिएको छ।  

राष्ट्रपति कार्यालयका अनुसार विधेयक सिधै प्रमाणीकरण गर्ने वा फिर्ता पठाउने भन्नेमा अनौपचारिक छलफल भइरहेको छ। एकातिर नागरिकता विधेयक राष्ट्रपतिले रोकिदिए हुने भन्ने आवाज उठेको छ भने अर्कातिर सरकार तत्काल उक्त विधेयक प्रमाणीकरणको प्रतीक्षामा छ। निर्वाचन मिति घोषणाअगावै सो विधेयक प्रमाणीकरण होस् भन्ने चाहना सत्तारूढ गठबन्धनको छ। गत मंगलबार राष्ट्रपति भण्डारीले सम्पादक–प्रकाशकहरूसँगको छलफलमा अहिलेकै अवस्थामा विधेयक प्रमाणीकरण नगर्ने संकेत गर्दै आफूले अध्ययन गरेर मात्र निर्णयमा पुग्ने बताएकी थिइन्। उक्त छलफलमा राष्ट्रपति भण्डारीले सिधै प्रमाणीकरण गर्ने मनशाय नराखेको बुझिएको थियो।

राष्ट्रपतिलाई संसद्बाट बहुमतले पारित गरेको विधेयक प्रमाणीकरण गर्नेबाहेकको अर्को विकल्प पनि दिइएको छैन। संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरणको व्यवस्था गरिएको छ। राष्ट्रपतिसमक्ष पेस भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्ने व्यवस्था छ। अर्थ विधेयकबाहेक अन्यमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागे पेस भएको १५ दिनभित्र सदनमा फिर्ता पठाउन सक्ने व्यवस्था पनि संविधानमा गरिएको छ। तर राष्ट्रपतिबाट कुनै विधेयक सन्देशसहित फिर्ता भए दुवै सदनले फेरि संशोधनसहित पारित गरी पेस गरे १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक प्रावधान छ।

दोस्रोपटक राष्ट्रपतिसमक्ष विधेयक पुगे त्यसमा प्रमाणीकरणको विकल्प छैन। तर राष्ट्रपतिले प्रमाणीकरण नगरेको अवस्थामा के गर्ने भन्ने विकल्प संविधानले परिकल्पना गरेको छैन। त्यसरी विधेयक फिर्ता पठाउँदा सरकारले आफ्नो ‘पोजिसन’ लिने र संशोधनबिनै पुनः पारित भएर आएको विधेयक प्रमाणीकरणबाहेक राष्ट्रपतिसँग विकल्प नहुने निकटहरूको बुझाइ छ। त्यसले राष्ट्रपति र सरकारबीच दरार उत्पन्न गर्ने र कार्यकालको अन्तिममा वातावरण असहज बन्ने बुझाइ राष्ट्रपति कार्यालयको छ। ‘अहिले जोखिम मोल्ने कि नमोल्ने भन्ने निष्कर्षमा पुग्न बाँकी छ,’ राष्ट्रपतिनिकट स्रोतले भन्यो, ‘अनौपचारिक कुराकानीमा विधेयक विचारविमर्शलाई पठाउनुपर्ने धारणा आएको छ। प्रमाणीकरणका लागि आएपछि एउटा टुंगोमा पुग्छौं।’

२०४७ सालको संविधानमा राजालाई विधेयक प्रमाणीकरण गर्न अप्ठेरो स्थिति आइलागे सर्वोच्च अदालतबाट राय लिने अधिकार दिइएको थियो। तर अहिलेको संविधानमा त्यो व्यवस्था हटाइएको छ। यसअघिका राष्ट्रपतिले पनि अदालतसँग राय लिएको देखिँदैन। संविधानले राष्ट्रपतिलाई कानुनी परामर्श कोसँग लिने भन्ने संवैधानिक व्यवस्था गरेको पनि छैन। तर राष्ट्रपति भण्डारीले कानुनी परामर्शका लागि अदालत पठाउने विषयमा कुरा भए पनि सर्वोच्चले संविधानमा त्यस्तो व्यवस्था नभएको राय दिएको खण्डमा समय मात्र बर्बाद हुने राष्ट्रपति कार्यालयको बुझाइ छ।  

संवैधानिक राष्ट्रपतिले संविधानको पालना गर्ने प्रमुख दायित्व संविधानले नै दिएको वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली बताउँछन्। संवैधानिक कानुनका ज्ञातासमेत रहेका ज्ञवालीले कुनै विधेयक प्रथम दृष्टिमै संविधानभन्दा बाहिर गएर पारित गरेको देखिए र संविधानको घोर उल्लंघन हुने किसिमकोे देखिए संविधानअनुकूल मिलाएर सदनमा फिर्ता पठाउने अधिकार राष्ट्रपतिलाई हुन्छ।  

‘संविधानको संरक्षण गर्ने अधिकार राष्ट्रपतिलाई हुन्छ। संविधानका संरक्षक र पालक भएकाले राष्ट्रपतिलाई परामर्श गर्ने अधिकार हुन्छ,’ उनले भने, ‘संवैधानिक राष्ट्रपतिका आफ्नै ड्युटी छन्। संविधानअनुकूलका विषय स्वीकार गर्नुपर्छ। संविधानविपरीत हुने, राष्ट्रको सार्वभौमलाई असर पार्ने देखिए आधार र कारणसहित त्यस्ता विषय फिर्ता पठाउन सकिन्छ।’

संसद्ले दोस्रोपटक विधेयक पारित गरेर पठाए राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नहुने बताउँदै अधिवक्ता ज्ञवालीले त्यसमा सरकार नै जवाफदेही हुनुपर्ने बताए। ‘कुनै पनि विधेयक देश, जनता, सार्वभौमिकता, विधिको शासनविपरीत हुनुहुन्न। नेपालका नागरिक कोही पनि नागरिकताबाट वञ्चित हुनुहुन्न भन्ने संविधानको प्रावधान हो। अहिलेको विधेयकले नेपाली नागरिकलाई सम्बोधन गरेको देखिन्न,’ ज्ञवालीले भने, ‘अंगीकृत नागरिकता दिँदा राष्ट्रको सार्वभौमिकतासँगै खुला सिमाना पनि हेर्नुपर्छ। समग्रमा नेपाली छोरी विवाह गरेर भारतमा पुग्दा सात वर्ष कुर्नुपर्ने तर भारतीय छोरी नेपालमा बुहारी बनेर आउँदा तत्काल दिने भन्ने हुन्न। छोरी र बुहारीमा कुनै विभेद रहनुहुन्न।’

सरकारले त्यो कानुनलाई अन्देखा गरेको उनले दाबी गरे। भोलि सार्वभौमिकतामाथि प्रश्न उठ्न सक्ने भएकाले राष्ट्रपतिले पनि हेर्नुपर्ने उनको सुझाव छ। अन्तर्राष्ट्रिय कानुनको विषयमा पनि राष्ट्रपतिले हेर्न जरुरी भएको उनले बताए।

तत्कालीन राष्ट्रपति डा. रामवरण यादवका कानुनी सल्लाहकार सूर्य ढुंगेलले संविधानले दिएको अधिकार राष्ट्रपतिले स्वीकार गर्नुको विकल्प नभएको बताए। ‘राष्ट्रपतिलाई संविधानले दिएको अधिकार प्रमाणीकरण गर्ने हो। राष्ट्रपतिको केही सन्देश छ भने हाउसलाई फिर्ता पठाउन सक्ने प्रावधान छ। हाउसले फेरि त्यसैलाई पठायो भने प्रमाणीकरण गर्नैपर्छ,’ उनले भने।

राष्ट्रपतिले नागरिकता विधेयक संघीय संसद्ले पारित नगर्दै अनौपचारिक रूपमा सूचना लिएर छलफल गराएको भए एउटा विकल्प हुने उनको बुझाइ छ। ‘हामीकहाँ अनौपचारिक रूपमा सूचना बाँडफाँट निकै कम छ। हेड अफ द स्टेटलाई विवादमा ल्याउने काम गर्नुहुँदैन,’ वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगेलले भने, ‘केही सन्देश भए पुनर्विचार गर भनेर पठाउनुबाहेक संसद्ले पठाएपछि आँखा चिम्लेर प्रमाणीकरण गर्नुको विकल्प संविधानले दिएको छैन।’ कतिपय देशमा संसद्मा आउनुअघि विशेष समितिमा विधेयकमाथि छलफल गर्ने व्यवस्था भएको उनले बताए। भारतमा पनि विधेयक विवादास्पद भए सर्वोच्च अदालतमा राय लिन पठाउन सक्ने संवैधानिक व्यवस्था छ।

निर्वाचन मुखमा आएकाले विधेयक मन नपरे नयाँ संसद्ले नयाँ विधेयक लिएर जान सक्ने पनि ढुंगेलले बताए। ‘यो सधैंका लागि बनाइएको पनि होइन। सात–आठ महिनाको अनुभवबाट अनुकूल नदेखिए फेरि नयाँ संसदमा संशोधनका लागि लैजान सकिन्छ,’ उनले भने।
अर्को समाचार
सन्तुलित परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना जरुरी: राष्ट्रपति
११ फागुन २०७९
•
४ मिनेट पाठ
सन्तुलित परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना जरुरी: राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिएकी छिन्।




नेपाल विश्व सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले बदलिँदो परिवेशअनुरूप नेपालको कूटनीतिक सम्बन्ध सन्तुलित तवरबाट सञ्चालन हुनुपर्ने बताइन्। ‘बदलिँदो परिवेशमा नेपालको परराष्ट्र नीतिको उद्देश्य र लक्ष्य प्राप्तिका लागि भइरहेका प्रयासका बारेमा यस्ता फोरममा छलफल हुन जरुरी छ’, उनले भनिन्।

एकातिर विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व विकासले मानव जीवनलाई सहज र सुखी बनाउन योगदान पुगेको छ भने अर्कातर्फ विश्वव्यापी रूपमा अभूतपूर्व चुनौतीको सामना गरिरहेको भन्दै राष्ट्रपति भण्डारीले भूराजनीतिक जटिलता, बढ्दो असमानता, जलवायु परिवर्तनले ल्याएको सङ्कटलगायतका कारणले विश्व शान्ति र समृद्धिमा नयाँ चुनौती उत्पन्न भएको उल्लेख गरे।

उनले आत्मनिर्भर, स्वावलम्बी र स्वाधीन अर्थतन्त्रको विकासमा वर्तमानको अन्तरनिहीतलाई चिर्दै नेपालको उपस्थितिलाई अर्थपूर्ण र प्रभावकारी बनाइनुपर्नेमा जोड दिइन्। नेपालले सदैव आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ता अक्षुण्ण राखेको भन्दै परराष्ट्र नीतिमा व्यापक साझा सहमति तथा एकीकृत दृष्टिकोण निर्माण गर्न जरुरी रहेको उल्लेख गरे। ‘बदलिँदो आन्तरिक तथा अन्तर्राष्ट्रिय परिवेशलाई विचार गरी आफ्नो राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति सञ्चालन गर्नु हाम्रो प्राथमिकतामा पर्नुपर्दछ। नेपालको संविधानले निर्दिष्ट गरेको मुलुकको शासन सत्ता, अखण्डता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ’, उनले भनिन्।

राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीतिको प्रमुख उद्देश्य नेपाल र नेपाली जनताको हित प्रवर्द्धन गर्नु हो भन्दै अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि उच्च राख्न र सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न प्रभावकारी कूटनीतिको माध्यमबाट अनुकूल अन्तर्राष्ट्रिय वातावरणको सिर्जना गरिनुपर्नेमा जोड दिइन्। उनले भूपरिवेष्टित राष्ट्रको पारवहन अधिकारको पैरवी तथा पर्वतीय मुलुकको विकाससम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन नेपालले निरन्तर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

राष्ट्रपति भण्डारीले दिगो शान्ति, समृद्धि र जनताको जीवनमा परिवर्तन ल्याउन नेपालले आर्थिक सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै दिगो विकासका लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय विकासको आकांक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताइन्। आर्थिक विकास, वैदेशिक लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र निर्यात प्रवर्द्धनमा राष्ट्रिय विकासलाई अन्तर्राष्ट्रिय सद्भाव र सहयोग अभिवृद्धिका लागि ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनसँगको मित्रवत सम्बन्धलाई थप प्रगाढ तुल्याउँदै पारस्परिक लाभका आधारमा सौहार्दपूर्ण सम्बन्ध कायम गरी आर्थिक लगानी आकर्षण गर्न पहल गरिनुपर्नेमा जोड दिइन्। उनले भारत र चीनले आर्थिक विकासमा गरेको अभूतपूर्व उपलब्धिबाट नेपाल खुसी रहेको भन्दै यसबाट अधिकतम लाभ लिनसक्नुपर्नेमा जोड दिइन्।

दुई निकट छिमेकी मुलुकका साथै अन्य मित्रराष्ट्र तथा श्रम गन्तव्य मुलुकसँगको सम्बन्धलाई पनि उत्तिकै ध्यान दिन जरुरी रहेको उनले उल्लेख गरिन्। उनले नेपालको अन्तर्राष्ट्रिय छविको प्रवर्द्धनका साथै आर्थिक विकास र सामाजिक प्रगतिका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोग प्राप्त गर्न संयुक्त राष्ट्रसङ्घलगायत संस्थासँगको सम्बन्धलाई सुदृढ तुल्याइनुपर्ने खाँचो औँल्याए।

संयुक्त राष्ट्रसङ्घको बडापत्र अनुरूप सार्वभौम समानताको सम्मान, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मान सबै राष्ट्रले आत्मसाथ गर्दै अन्तर्राष्ट्रिय शान्ति र विवादरहित समाधानका लागि कूटनीतिक सम्वादका रूपमा पहल गरिनुपर्नेमा जोड दिइन्। साथै उनले विश्व शान्ति, असंलग्न र पञ्चशीलमा आधारित नेपालको परराष्ट्र नीतिलाई सुदृढ बनाउने उद्देश्यका साथ सकारात्मक गोष्ठी र छलफलजस्ता महत्त्वपूर्ण कार्यक्रम गर्दै आएकोमा संस्थाको सराहना गर्दै आगामी दिनमा पनि यस्ता प्रयासलाई निरन्तरता दिन आग्रह गरिन्। राष्ट्रपतिले देश र विश्वमा भएका परिवर्तनका सन्दर्भलाई ध्यानमा राखी यस्ता सार्वजनिक मञ्चले परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय मामिलामा वस्तुगत तथा सान्दर्भिक पक्षमाथि छलफल र बहस गर्नुपर्दछ भन्दै यसले परराष्ट्र नीतिमा साझा दृष्टिकोण निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले नेपालले सन्तुलित कूटनीतिको माध्यमबाट विश्वपरिवेश जटिल बनिरहेको आजको सन्दर्भमा शान्ति प्रवर्द्धनका निम्ति सकारात्मक र समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन्। 

परिषद्का अध्यक्ष हेमन्त खरेलले कूटनीतिक बहस र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनामा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताइन्। सो अवसरमा परिषद्ले प्रकाशन गरेको स्मारिका राष्ट्रपति भण्डारीले विमोचन गरेकी थिइन्। त्यस अवसरमा कूटनीतिक तथा आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै परिषद्ले डा थापालाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरेको थियो। रासस
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
यो पनि पढौँ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस