स्थानीय सरकार सञ्चालन गर्न स्थापना गरिएका यहाँका पालिका कार्यालयहरू यतिखेर झडप गर्ने थलोमा परिणत भएका छन्। विकास निर्माणका लागि आएको बजेट रकम भागबन्डा गर्ने क्रममा कतै पालिका प्रमुख र वडाध्यक्षबीच त कतै पालिका प्रमुख र उपप्रमुखबीच झडप हुने गरेको हो।
पालिका प्रमुख तथा उपप्रमुखहरूले बढी कमिसन असुल्ने प्रलोभनमा आफूसँग बढी बजेट रकम राख्ने र वडाध्यक्षहरूले पनि आफ्नो वडा विकासका नाममा बढी बजेट रकम माग्दा उनीहरूबीच विवाद र झडप हुने गरेको स्थानीयको गुनासो छ। पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षबीच बजेट रकम भागबन्डाका क्रममा विवाद र झडप हुने गरे पनि उनीहरूले अन्य कारण देखाउने गरेको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताएका छन्। उनीहरूबीचको विवाद बढ्दै गएर कुनै बेला अप्रिय घटना हुने आशंकासमेत रहेको प्रजिअ कटुवालले बताए। जिल्लामा १६ वटा स्थानीय तह छन्।
सिम्रौनगढ नगरपालिकामा बिहीबार बेलुका लोसपाबाट निर्वाचित नगर प्रमुख किशोरीप्रसाद र कांग्रेसबाट निर्वाचित वडाध्यक्षका पक्षबीच झडप भएको छ। झडपका क्रममा रविकुमार सहनी, रामनिवास राम, उमेश यादव, गौरीशंकर यादवको टाउकोमा चोट लागेको बारा प्रहरीले जनाएको छ। झडप नियन्त्रणमा लिन सुरक्षाकर्मीले १२ राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गर्नुपरेको प्रजिअ कटुवालले बताए। उनका अनुसार थप झडप हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको छ।