निष्पक्ष पत्रकारिता आवश्यक: प्रधानमन्त्री देउवा
०६ साउन २०७९
•
३ मिनेट पाठ
निष्पक्ष पत्रकारिता आवश्यक: प्रधानमन्त्री देउवा
महाधिवेशनको उद्घाटनमा सहभागी कांग्रेस सभापति लगायत।
प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय नेपालमा नियोजित रुपमै लाञ्छना लगाउने क्रम बढेकोले निष्पक्ष पत्रकारिता आवश्यक रहेको बताएका छन्। 




शुक्रबारबाट हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउनसक्ने बताएका हुन्। ‘पत्रकारले राजनीतिक स्थायित्वको बिषयमा लेख्नु आवश्यक छ’, देउवाले भने, ‘परिवर्तनका लागि भएको नेपालको महत्वपूर्ण आन्दोलनमा प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।’ मुलुकलाई अप्ठेरो परेको समयमा मिडियाले दरिलो भूमिका निर्वाह गरेको उनको भनाई छ। 

भूकम्प तथा कोरोनाको समयमा पनि सन्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गरे। सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास एवम् लोकतन्त्रलाई बलियो बनाउने दोहोर्‍याउँदै उनले स्वच्छ पत्रकारिता गर्न अनुरोध गरे। नेपाल प्रेस युनियन आम पत्रकारको मार्गदर्शक बन्न सकोस् भन्ने उनको शुभकामना थियो। निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन हुन लागेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले भने, ‘चुनावको तयारीमा छौं।  निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन पत्रकारहरुमा अनुरोध गर्दछु।’  

चुनाव खर्चिलो भयो, भ्रष्टाचार बढ्यो: पौडेल

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको चुनावी प्रक्रिया निकै खर्चिलो भएको बताए। खर्चिलो चुनावकै कारण मुलुकमा भ्रष्टाचार बढेको उनको दावी थियो। ‘चुनाव लड्ने बेलामै खर्च गरेको हुन्छ। खर्च उठाउन पनि भ्रष्टाचार भैरहेको छ’, पौडेलले भने, ‘देशका लागि योगदान दिनेहरु छायाँमा परे।’ खर्चिलो चुनाव प्रक्रियाको बिरुवा जनमत निर्माण गर्ने गरी कलम चलाउन उनले सञ्चारकर्मीहरुलाई आग्रह समेत गरे। सरकारले किसान र मजदुरप्रति जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले सहजै मल र बीउ पाउने अवस्था निर्माण गर्नुपर्ने धारणा राखे। कांग्रेस राष्ट्रियताको मामलामा सधैं दृढ रहेको दावी गर्दै नेता पौडेलले चुनावको बेलामा फेरि राष्ट्रियताको मुद्दा उठ्नसक्ने बताए।  

मुलुक श्रीलङ्काको बाटोमा जाँदैन: मन्त्री कार्की

सूचना तथा सन्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर केही तत्वले अफवाह फैलाएको बताएका छन्। यस बिषयलाई मिडियाले चिर्नुपर्ने र यथार्थ बिषय जनतालाई दिनुपर्ने उनको सुझाव दिए। ‘अर्थतन्त्रमा केही समस्या छन् तर अफवाह फैलाइए जस्तो नेपाल श्रीलंकाको पथमा जाँदैन’, कार्कीले भने, ‘नेपाल चाँडै सबल अर्थतन्त्र भएको मुलुकमा दर्ज हुनेछ।’ एमसीसी पारित् गरेपछि सहयोग र अनुदानको ढोका खुलेको उनको दावी थियो। युनियनको महाधिवेशनको शुभकामना दिँदै उनले सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए। बोल्न र लेख्न पाउने अधिकार कांग्रेस नेतृत्वको सरकारले कहिल्यै नखोस्ने उनको भनाई थियो।  

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा भएको महाधिवेशनको उद्घाटनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मुद्दा मिल्ने पार्टीसंग अबको निर्वाचनमा तालमेल र गठबन्धन हुने बताए। यस्तै अर्का उपसभापति धनराज गुरुङले मुलुक टाट पल्टिने अवस्थामा पुगेको हो भने पूर्व भीआइपीहरुको सुरक्षा कटौती र स्वदेशी सामग्रीको प्रयोग गर्नुपर्ने धारणा राखे। कार्यक्रममा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित कांग्रेसका केन्द्रीय नेताहरुले शुभकामना व्यक्त गरेका थिए। शनिबारसम्म चल्ने महाधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ। नेतृत्वका लागि अनिता विन्दु र शिव लम्साल प्यालनसहित चुनावी मैदानमा होमिएका छन्। विन्दु शेरबहादुर देउवा पक्षधर हुन् भने लम्साल इतर पक्षका हुन्।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
९ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस