आगामी निर्वाचनमा पनि तालमेल गर्ने
०३ साउन २०७९
•
६ मिनेट पाठ
आगामी निर्वाचनमा पनि तालमेल गर्ने
नेपाली कांग्रेसले संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि सत्ता साझेदार राजनीतिक दलहरूसँग चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचन समीक्षाका लागि असार २७ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु केन्द्रीय समितिको सोमबार सम्पन्न बैठकले जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न सकिने भन्दै त्यसका लागि आगामी निर्वाचनमा पनि गठबन्धनका दलहरूसँग तालमेल गरेर जानुपर्ने निर्णय गरेको हो।  




पार्टी नेता शेखर कोइराला पक्ष भने सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग आगामी चुनावमा तालमेल गरेर जाने विषयमा अनुदार देखिएको थियो। तर, बैठकले गठबन्धनमा रहेका दलहरूबीच तालमेल गर्दा संविधान कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्धलगायत विषयमा न्यूनतम साझा धारणा निर्माण हुने भन्दै त्यसमा जोड दिएको हो । ‘नेपाली जनतालाई ५ वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनुपर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।  

सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गरिरहँदा नेतृत्वदायी भूमिका कांग्रेसको रहने पनि बैठकको निष्कर्ष छ। ‘यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरूसँग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।  

वैशाख ३० गते सम्पन्न निर्वाचनमा स्थानीय तहको अवस्था र आवश्यकताका आधारमा पाँच दलीय गठबन्धनमा सहभागी हुने भनी पार्टीले निर्णय गरेको र समग्रमा प्राप्त परिणाम सन्तोषजनक रहेको कांग्रेसको निष्कर्ष छ।

बैठकले स्थानीय निर्वाचन व्यवस्थित र निष्पक्ष रूपले एकै चरणमा सम्पन्न गराएकामा प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकार र त्यसमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएको छ। स्थानीय तहमा कांग्रेस पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता जारी गरी केन्द्रले लागु गर्ने पनि बैठकले जनाएको छ।

बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै भदौ २ देखि २४ गतेसम्म राष्ट्रव्यापी विशेष अभियान चलाउने निर्णय गरेको छ। अभियानको विस्तृत खाका केन्द्रीय कार्यालयले तयार गर्नेछ।  

स्थानीय तह निर्वाचनअघि पनि कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान चलाएको थियो। तर, पार्टीभित्रको आन्तरिक गुटबन्दीका कारण उक्त अभियान प्रभावकारी बन्न सकेको थिएन। अभियानका क्रममा पार्टी केन्द्रीय सदस्यलाई जिल्लाजिल्लामा खटाए पनि केन्द्रीय प्रतिनिधिले पार्टीमा प्रतिवेदन नै बुझाएनन्। पार्टी केन्द्रीय समिति र कार्यालयले पनि त्यस विषयमा कुनै चासो नराखेको केन्द्रीय प्रतिनिधिले नै गुनासो गर्दै आएका छन्।  

श्वेतपत्र जारी गर्न सुझाव

जनजीविका र सुशासनको अवस्था कमजोर भएको भन्दै बैठकले सरकारलाई जनहितमा काम गर्न सुझाएको छ। संविधानको रक्षा र लोकतान्त्रिक संस्थामाथिको आक्रमण रोक्नका लागि कांग्रेस नेतृत्वमा एक वर्षअघि सरकार गठन भएको स्मरण गर्दै कांग्रेसले संविधानको रक्षा गर्न सफल भएको ठहर पनि गरेको छ।  

एक वर्षको अवधिमा संविधानलाई ट्र्याकमा ल्याउँदै कोभिड खोप व्यवस्थापन, एमसिसी अनुमोदन र स्थानीय तह निर्वाचनलगायतमहत्वपूर्ण काम भएको कांग्रेसले जनाएको छ।

पूर्ववर्ती सरकारले संविधानको मर्मविपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत विविध विषयमा ल्याएका प्रस्ताव र निर्णयविरुद्ध उभिएको स्मरण गर्दै यस्तामहत्वपूर्ण कानुन बनाउँदा र निर्णय गर्दा संविधानको मर्म र भावनाअनुसार गर्न सरकारलाई सुझाएको छ। त्यसो त देउवा नेतृत्वको सरकारले पनि पूर्ववर्ती केपी ओली नेतृत्व सरकारले ल्याएका संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई अहिले विधेयकका रूपमा अघि सारेको छ।

मुलुकको आर्थिक अवस्थालाई लिएर आमनागरिकमा अस्वाभाविक ढंगले भय सृजना भएको भन्दै बैठकले अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था के छ?, मुख्य समस्या कहाँ छ?, चुनौती के के छन्?, जोखिम न्यूनीकरण गर्न के गर्न सकिन्छ? लगायत विषयमा श्वेतपत्र जारी गर्न सरकारलाई सुझाएको छ। ‘अहिलेको यथार्थ सार्वजनिक गर्दै अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्न आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्दछ,’ कांग्रेसले भनेको छ।  

मुलुकमा सुशासन कायम गर्न ‘शून्य सहनशीलता’ नीति अंगीकार गरी व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गर्दै बैठकले महँगी, कालोबजारी, मलको अभावलगायत जनजीविकाका सवाल सम्बोधन गर्न आग्रह गरेको छ।

कांग्रेस विधानले नीति महाधिवेशनका रूपमा उल्लेख नगरे पनि सम्पन्न केन्द्रीय समिति बैठकले ‘नीति महाधिवेशन’का सम्बन्धमा आवश्यक तयारी गरी अर्को बैठकमा पेस गर्ने निर्णय गरेको छ। कांग्रेस विधानले महाधिवेशनबाहेक पार्टीले नीतिगत छलफल र निर्णय गर्ने थलोका रूपमा महासमिति बैठकलाई लिएको छ। महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकायका रूपमा महासमिति बैठक रहने विधानको व्यवस्था छ।

हरेक वर्ष वर्षाको समयमा बाढीपहिरो, अतिवृष्टिजस्ता प्राकृतिक विपत्तिमा परेर जनधनको ठूलो क्षति व्यहोर्दै आएको जनाउँदै बैठकले तीनै तहका सरकारलाई विपत्तिसँग जुध्न समयमै सम्पूर्ण तयारी गर्न आग्रह गरेको छ। सम्भाव्य प्रभावित क्षेत्रका नागरिकलाई सजग गराउँदै आवश्यक सहयोग र सेवाको समन्वयका लागि स्थानीय पार्टी पंक्तिलाई सतर्क रहन पनि कांग्रेसले अपिल गरेको छ।

तीन समिति गठन

बैठकले पार्टीको सदस्यता व्यवस्थापन, अनुशासन र लेखा समिति गठन गरेको छ। पार्टी विधानको धारा ४(९)(क) अनुसार महामन्त्री गगनकुमार थापा संयोजक रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गरेको हो। त्यस्तै, धारा ३४(७) अनुसार केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ। धारा ३८(१) अनुसार केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवालाई पार्टीभित्र परामर्श गरी ती समितिलाई पूर्णता दिने अधिकार बैठकले प्रदान गरेको छ। तर, पार्टीका अन्य विभाग कहिले गठन हुन्छन् भन्ने केही उल्लेख छैन। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असारभित्रै सबै विभाग गठन भइसक्ने दाबी गरेका थिए। तर, सम्पन्न केन्द्रीय समिति बैठकमा विभाग गठनका विषयमा कुनै प्रस्ताव पेस भएन।

नयाँ भ्रातृ संगठन तथा शुभेच्छुकलाई मान्यता

बैठकले कांग्रेसका भ्रातृ संगठनका रूपमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघलाई मान्यता दिएको छ। विभिन्न सात संघ/संगठनले भ्रातृ संस्थाको मान्यता माग गरे पनि बैठकले विधानको धारा ४२(१)(क) अनुसार तीन वटालाई मात्र मान्यता दिएको हो।  

त्यस्तै, विधानको धारा ४२(२)(क) अनुसार नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक यातायात व्यावसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघलाई शुभेच्छुक संगठनको मान्यता दिएको छ। शुभेच्छुक संगठनका लागि आवेदन दिएका १४ मध्ये ११ लाई मान्यता दिएको कांग्रेसले नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आर्युवेद चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यावसायी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व कर्मचारी संघ, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघलाई मान्यता प्रदान गर्ने निर्णय गरेको छ। यससँगै कांग्रेसमा भ्रातृ तथा शुभेच्छुक संगठनको संख्या ४५ पुगेको छ।  

बैठकले अवधि समाप्त भएर गठन हुन बाँकी रहेका ६ सहित केन्द्रीय अध्यक्ष मात्र तोकिएका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलसहित संघसंगठनलाई साउन मसान्तभित्र पूर्णता दिने निर्णय पनि गरेको छ।
अर्को समाचार
गठबन्धनका दलहरुले निर्वाचनमा तालमेल गर्नु संविधान विपरित: डा.भीम रावल
२० साउन २०७९
•
२ मिनेट पाठ
गठबन्धनका दलहरुले निर्वाचनमा तालमेल गर्नु संविधान विपरित: डा.भीम रावल
नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य डा.भीम रावलले विपरित सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित भएको बताएका छन्।




शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ–आफ्नो सिद्धान्त भएको बताए। उनले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित हुने बताए। उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत भएको बताए। 

नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहिन, आर्दशहिन र गन्तव्यहिन दिशातर्फ धकेल्ने बताए। आगामी निर्वाचनमा सबै राजनीतिक दलहरुले आ-आफ्नो सिद्धान्त र नीतिमा अगाडी बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनको भनाई छ। 

उनले भने, ‘पाँचदलीय गठबन्धनका बैठकहरु हेर्दा ति राजनीतिक दलहरुले विपरित सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडी सारेको हामीले पाएका छौँ। यसरी आम निर्वाचनमा विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को बिरुद्धमा छ। अहिले जो जो नेताहरु त्यो पाँच दलको सबभन्दा माथिल्लो तहमा हुनुहुन्छ। उहाँहरुले के कुरा सम्झना गर्नुपर्छ भने नेपालको संविधान निर्माण गर्ने बेलामा, मस्यौदा गर्ने बेलामा उहाँहरुले यो दलीय प्रतिष्पर्धामा जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा माग गर्ने कुराप्रति उहाँहरुको प्रतिवद्धता थियो भन्ने कुरा यतिबेला उहाँहरुले स्मरण गर्नुपर्छ। हुनत राजनीतिमा विकृतिको डंगुर भएको, अहिले काठमाडौंमा जुन फोहोरको डंगुर लागेको छ नि, मलाई त कहिलेकाहीँ कस्तो लाग्छ भने यो काठमाडौंको फोहोरको डंगुर यो सरकारको राजनीतिको फोहोरको डंगुरको प्रतिकात्मक स्थिति हो जस्तो लाग्छ। यसले सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन राजनीतितर्फ देशलाई धकेल्छ।'

उनले नेकपा (एमाले) को समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरुलाई मात्र एक ठाउँमा ल्याउने नीति रहेको स्पष्ट पारे।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस