विभाजनको डिलमा जसपा
२९ असार २०७९
•
३ मिनेट पाठ
विभाजनको डिलमा जसपा
जनता समाजवादी पार्टी (जसपा) को विवाद मत्थर हुनुको साटो थप उत्कर्षमा पुगेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बुधबार वीरगन्जमा गर्दैछ। पार्टीभित्रको अर्को खेमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले मंगलबार नै काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक गर्‍यो। यसबाट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको सन्देश दुवै पक्षले दिएका छन्।




यादव पक्षले केन्द्रीय कार्यकारिणी समिति बैठक मंगलबार वीरगञ्जस्थित पुजन होटेलमा गरेको छ। यादव पक्षले बुधबार र बिहीबारका लागि वीरगन्जको टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार केही गैरराजनीतिक चरित्र भएका अराजक व्यक्तिले जसपा केन्द्रीय समितिको बैठक सम्बन्धमा भ्रमात्मक प्रचार गरिरहेका छन्।  

उनले भने, ‘असार २८ र २९ गते काठमाडौंमा बस्ने भनिएको केन्द्रीय समिति विस्तारिक बैठक वैधानिक एवं आधिकारिक बैठक होइन, षड्यन्त्र हो। पार्टीको वैधानिक र आधिकारिक केन्द्रीय समितिको विस्तारित बैठक असार २९ र ३० गते वीरगन्जमा हुँदै छ,’ उनले भने।

भट्टराई पक्षले मंगलबार काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा आयोजना गरेको केन्द्रीय समितिको विस्तारित बैठकमा सहभागी नेता महिन्द्रराय यादवले भने, ‘जसपाभित्र आन्तरिक लोकतन्त्र बहाली गराउन खोज्दा आफूहरूलाई नेतृत्वले एक्ल्यायो।’ आफूहरूलाई जानकारी नै नगराईकन वीरगन्जमा बैठक डाकिनु अनुचित भएको उनले बताए। भट्टराई पक्षको बैठक बुधबार पनि बस्नेछ। ‘पार्टी विभाजन रोक्न अधिकतम पहल गर्छु,’ महिन्द्ररायले भने, ‘सास रहुन्जेलसम्म पार्टी एकताका लागि पहल गर्छु। हाम्रो प्रयासले मात्र बच्ने सम्भावना कम छ।’  

यता वीरगन्जमा बोलाइएको जसपा केन्द्रीय समिति र त्यसको विस्तारित बैठकमा सहभागी हुन जसपा अध्यक्ष उपेन्द्र यादव मंगलबार बिहान सिमरा विमानस्थलमा ओर्लिंदा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वनमन्त्री प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले भव्य स्वागत गरेका थिए।

जसपा यादव पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बुधबारदेखि वीरगन्जको टाउन हलमा गर्दैछ। ‘यो बैठक वैधानिक भएकाले जसपाका केन्द्रीय सदस्य एवं कार्यकारिणी सदस्यहरूको सहभागिता हुनेमा ढुक्क छौं,’ कार्यकारिणी सदस्य अधिकारीले भने, ‘वीरगन्जको बैठकबाहेक कुनै पनि बैठक आधिकारिक र वैधानिक होइनन्।’  

केन्द्रीय कार्यकारिणी समितिको मंगलबारकोे बैठकमा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, कार्यकारिणी समिति सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, कृषि तथा पशुपक्षीमन्त्री मिर्गेन्द्रसिंह यादवसहित २० जना कार्यकारिणी सदस्यको सहभागिता रहेको कार्यकारिणी समिति सदस्य मनीष सुमनले जानकारी दिए।

भट्टराई पक्षको बैठकमा भने जसपा नेता महिन्द्रराय यादव सहभागी छन्। तत्कालीन राजपाबाट पार्टी एकीकरण गरेपछि एक भएका महिन्द्ररायले महन्थ ठाकुर नेतृत्वमा लोसपा विभाजन हुँदा उपेन्द्र यादवलाई साथ दिएका थिए। त्यसपछि उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा कृषिमन्त्री बनेका थिए। अहिले पार्टीभित्रको अन्तरविरोध चर्केर विभाजनको डिलमा पुगेपछि उनी भट्टराईसँगै उभिएका छन्। भट्टराई पक्षको बैठकमा यादवसहित गंगानारायण श्रेष्ठ, रमेश यादव र हिसिला यमी सहभागी रकेको बताइएको छ।

उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरम र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच २०७६ साल वैशाख २३ गते एकता भएर ‘समाजवादी पार्टी’ बनेको थियो। त्यसपछि २०७७ साल वैशाख १० गते राष्ट्रिय जनता पार्टी (राजपा) सँग समाजवादी पार्टीको एकीकरण भई ‘जनता समाजवादी पार्टी’ बनेको थियो।
अर्को समाचार
अध्यक्ष यादव फर्केसँग जसपा नेपालले बोलायो संसदीय दलको बैठक
२५ वैशाख २०८१
•
१ मिनेट पाठ
अध्यक्ष यादव फर्केसँग जसपा नेपालले बोलायो संसदीय दलको बैठक
जनता समाजवादी पार्टी, नेपालले संसदीय दलको बैठक बोलाएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट स्वदेश फर्केसँग संसदीय दलको बैठक बस्न लागेको हो।




बैठक पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा अबको केहीबेरमा सुरु हुनेछ। बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ।

आईतवार मात्रै ७ जना प्रतिनिधि सभा सदस्यसहित अशोक राईले जनता समाजवादी पार्टी गठन गरी दर्ता भइसकेको छ। अब उपेन्द्र यादवसँग प्रतिनिधि सभामा जम्मा ५ जना मात्रै सांसदहरु छन्। सोही विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस