भुक्तानीको समय बढाइदिन मधेस सरकारको माग
२८ असार २०७९
•
६ मिनेट पाठ
भुक्तानीको समय बढाइदिन मधेस सरकारको माग
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले भुक्तानीको समय असार अन्तिम दिनसम्म बढाइदिनुपर्ने मागसहित प्रधानमन्त्री भेट्न काठमाडौँ पुगेका छन्। केहीबेरपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर असार ३१ गतेसम्म भुक्तानीको बन्दोबस्त मिलाइदिन आग्रह गर्ने अर्थमन्त्री साहले बताएका छन्।




अर्थमन्त्री साहले नागरिकसँग भने, ‘केहीबेरमा प्रधानमन्त्रीज्युसँग भेट्दै छुँ। उहाँसँगको भेटपछि भुक्तानीको समस्या सामाधान हुनेमा विश्वस्त छुँ। प्रदेश र स्थानीय तहको भुक्तानी समस्या सामाधानप्रति प्रधानमन्त्रीज्यु सकारात्मक रहेको बुझेको छुँ।’

प्रदेश र स्थानीय तहको भुक्तानीको अन्तिम दिन असार २५ गते शनिबार भएको र सो दिन १२ घण्टा सर्भर डाउन भएकाले धेरै योजनाको काम सम्पन्न भएपनि भुक्तानी हुन नसकेको मन्त्री साहले बताए।

प्रधानमन्त्री देउवासँगको भेटमा असारको अन्तिम दिनसम्म निकासा भुक्तानीको व्यवस्था मिलाउन सम्बद्ध मन्त्रालय र कार्यालयलाई निर्देशन दिन आग्रह गर्ने मन्त्री साहले बताए।  

यसअघि संघ सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर असारको अन्तिम दिनसम्म भुक्तानी निकासीको व्यवस्था गर्दै आएको थियो  तर, यसपटक कोष तथा लेखा नियन्त्रक कार्यालयले पत्र पठाई प्रदेश र स्थानीय सरकारका हकमा भने कानुनअनुसार असार सकिनु एक साता अगावै अर्थात् असार २५ गते राति १२ बजेसम्म मात्र भुक्तानी निकासी दिन सक्ने जानकारी गराएको थियो।

त्यसअनुरूप मधेस प्रदेश सरकारको समेत भुक्तानी निकासी गर्ने प्रणाली असार २५ गते मध्यराति बन्द गरिएको छ। भुक्तानी निकासी प्रणालीको नियन्त्रण केन्द्र सरकारसँग रहने गरेको छ।  

वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनमा भने खास आर्थिक वर्षको भुक्तानी निकासीको निश्चित समय तोकिएको छैन। तर, त्यो ऐन कार्यान्वयन गर्ने नियमावलीमा भने प्रदेश र स्थानीयको हकमा असार २५ गते तोकिएको छ। संघका लागि भने यस्तो बाध्यकारी व्यवस्था छैन।  

मन्त्री साहले तत्काल भुक्तानी निकासीको व्यवस्था मन्त्रिपरिषद्को निर्णयबाट असारको अन्त्यसम्म गराउन र नियमावलीमा परिवर्तन गरेर सोही व्यवस्था आगामी आर्थिक वर्षका लागि समेत कायम गराउन प्रधानमन्त्री देउवालाई आग्रह गर्ने बताए।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा ६४.०४ प्रतिशत खर्च गरेको छ। जसमा पुँजीगत ६१ प्रतिशत र चालू ६७.९२ प्रतिशत खर्च भएका छन्। कार्य सम्पन्न भएर पनि समयसीमाका कारण भुक्तानी निकासी नभएका कार्यक्रमको भुक्तानी भएपछि सरकारको खर्च पाँचदेखि दस प्रतिशतसम्म बढ्नेछ।

अर्थ मन्त्रीको विज्ञप्तीको पूर्णपाठ

महालेखा नियन्त्रक कार्यालयले चलानी नम्बर २७४ को मिति ०७९/३/२२ को आर्थिक वर्ष २०७८/२०७९ को भुक्तानी प्रणाली बन्द हुने सम्बन्धमा लेखेको पत्रबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सो पत्रमा कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली ०७७ को नियम ३० का उपनियम १ र २ अनुसार टिएसए र सिजिएएस प्रणाली सञ्चालनमा रहने र प्रदेश सरकार तथा स्थानीय तहका हकमा टिएसए र सिजिएएस सोही नियमावलीका उपनियम ७ र ८ अनुसार सञ्चालन हुने भनिएको छ ।

यसैगरी महालेखा नियन्त्रक कार्यालयकै ०७९/३/२४ गते चलानी नम्बर २७६ को पत्रमा आर्थिक वर्ष २०७८/२०७९ को खाताबन्दीका क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणालीहरू मिति २०७९/३/२५ गते राति १२ बजे बन्द हुने र सो दिन सार्वजनिक बिदा भए पनि मिति २०७९/३/२५ गते निकासा भुक्तानीको व्यवस्था मिलाउन भनिएको छ ।

त्यसअनुसार संघ सरकार मातहतको महालेखा नियन्त्रक कार्यालयले मिति २०७९/३/२५ गते शनिबार निकासा भुक्तानी गर्ने प्रदेश तथा स्थानीय तहको प्रणाली बन्द गरेको छ । अर्थात् त्यसउपरान्त कुनै पनि किसिमका निकासा भुक्तानी गर्ने काम स्वतः रोकिएको छ । गत वर्षहरूमा महालेखा नियन्त्रक कार्यालयका मागअनुसार अर्थ मन्त्रालयको प्रस्तावमा संघीय मन्त्रिपरिषद्बाट असारको अन्तिम दिनसम्म निकासा भुक्तानी दिइने व्यवस्था गरिँदै आएको थियो । त्यस परम्परा र अभ्यासविपरीत एकदुई दिन दिनअघि मात्र सूचना दिएर प्रदेशमा सबै किसिमका निकासा भुक्तानी मिति २०७९/३/२५ गते रोकिएकोमा प्रदेशमा पूर्णता प्राप्त गर्नै लागेका तथा सम्पन्न भई कागजातमात्र मिलाउनुपर्ने धेरैवटा योजना तथा कार्यक्रमको निकासा भुक्तानी गर्ने काम हुन सकेनन् । निर्धारित समयसीमाको अन्तिम दुई दिन १२/१२ घन्टा सर्भर डाउन भएकाले समेत कयौं निकासा भुक्तानी भएनन् ।

मधेस प्रदेश सरकारले मिति २०७९/३/२३ गते असारको अन्तिम दिनसम्म निकासा भुक्तानी मिलाउन संघ सरकारलाई आग्रहसमेत गरिसकेको जानकारी गराउँदछु । तर, प्रदेश मन्त्रिपरिषद्को आग्रहप्रति संघ सरकारले संवेदनशीलता नदेखाई ऐनमा व्यवस्था नभए पनि नियमावलीका भरमा निकासा भुक्तानीको समयावधि संकुचित गर्दा प्रदेशमा खर्च हुन सकेन । कुनै पनि सरकारले खर्च गर्न नसक्नु अर्थतन्त्रका लागि सकारात्मक सन्देश होइन ।

साथै महालेखा नियन्त्रक कार्यालयले लेखेका निकासा भुक्तानी सम्बन्धी पत्रमा उल्लिखित र कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावलीको नियम ३० का (१) र (२) अनुसारका प्रणाली सञ्चालनमा रहने भनिएको छ । चालू आर्थिक वर्षको अन्तिम दिनसम्म सञ्चालनमा रहने सो प्रणालीका बारेमा कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावलीको नियम ३० अन्तर्गत आर्थिक वर्ष समाप्त हुनुअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने शीर्षकमा उपनियम १ मा कार्यालयले विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेका शीर्षकको रकमबाहेक भुक्तानी दिनुपर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने भनिएको छ ।

तर सोही नियमको उपनियम २ मा उपनियम १ बमोजिमको अवधि समाप्त भएपछि कार्यालयलाई कार्यक्रम संशोधन भई थप बजेट प्राप्त भएमा, खर्र्चको स्रोत परिवर्तन भएमा वा अतिआवश्यक काम परी खर्च गर्नुपरेमा त्यस्तो खर्च पुष्ट्याइँ गर्ने बिल, भरपाई, बजेट थप भएको प्रमाण र अन्य कागजातसहित कोष तथा लेखा नियन्त्रण कार्यालयमा पेस गरी भुक्तानी निकासा माग गर्न सकिनेछ भन्ने उल्लेख छ । उपनियम २ मा त्यसरी भुक्तानी निकासा माग भइआएमा कोष तथा लेखा नियन्त्रण कार्यालयले प्राप्त बिल, भरपाई र सोसाथ संलग्न कागजात परीक्षण गर्दा भुक्तानी निकासा दिन आवश्यक देखेमा सम्बन्धित व्यक्ति वा फर्मका नाममा भुक्तानी निकासा दिनुपर्ने भनिएको छ ।

अर्कोतिर प्रदेश र स्थानीय तहका हकमा आकर्षित हुने नियम ३० को उपनियमका ७ र ८ मा आर्थिक वर्ष अन्त्यको साता दिनअगाडि नै भुक्तानी निकासा बन्द हुनुपर्ने उल्लेख छ ।

यसरी संघ सरकारलाई आकर्षित हुने कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावलीको नियम ३० (१) र (२) मा आर्थिक वर्षको अन्त्यसम्म र प्रदेश तथा स्थानीय सरकारका हकमा लागू हुने सोही नियमावलीको नियम ३० का उपनियम ७ र ८ मा आर्थिक वर्ष अन्त्यको साता दिन अगाडि नै भुक्तानी निकासी बन्द हुने प्रावधान छ । यो व्यवस्था विभेदकारी रहेको प्रस्ट देखिन्छ । साथै हामीले यो प्रावधान प्रादेशिक शासनको स्वायत्त अधिकारक्षेत्रमाथि संघ सरकारको अनुचित हस्तक्षेप र नियन्त्रणात्मक दुष्प्रयास भएको ठहर गरेका छौं ।

प्रदेशका योजना तथा कार्यक्रमलाई पूर्णता दिन र पूर्णता प्राप्त गरिसकेका कार्यक्रमको भुक्तानी निकासाका लागि आर्थिक वर्षको अन्त्यसम्मको व्यवस्था गरिदिन संघ सरकारसँग माग गर्दछु ।

शैलेन्द्रप्रसाद साह

मन्त्री (अर्थ मन्त्रालय, मधेस प्रदेश सरकार)
अर्को समाचार
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
३ मिनेट अघि
•
० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
तानसेन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेवा अझ प्रभावकारी बन्ने बताएका छन्।




तानसेन नगरपालिकाको आयोजना र एसिया फाउण्डेशनको सहयोगमा शनिबारदेखि तानसेनमा सुरु भएको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा उहाँले स्थानीय तहबीच अनुभव आदानप्रदान र सिकाइको संस्कृति विकास गर्नुपर्नेमा जोड दिए।

विभिन्न पालिकाले आफ्नो क्षेत्रमा हासिल गरेका उपलब्धि र अपनाएका सफल कार्यशैली अन्य पालिकाले पनि अवलम्बन गर्न सके विकास र सुशासनमा सकारात्मक परिणाम हासिल हुने उनको भनाइ थियो।

मुख्यमन्त्री आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्य प्रभावकारी नभएसम्म नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न कठिन हुने बताए। स्थानीय सरकार सबलीकरण कार्यक्रमअन्तर्गत आयोजित अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा दमक, मिथिला, भीमेश्वर, वालिङ, गल्याङ, तानसेन, टीकापुर र भजनी नगरपालिकाका प्रतिनिधि सहभागी छन्।

भोलिसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न पालिकाका असल अभ्यास, अनुभव, उपलब्धि तथा स्थानीय सरकारबीचको सहकार्यका विषयमा छलफल भइरहेको छ।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस