जनकपुरधाम उप-महानगरपालिकाको मेयरमा पराजित भएका बलराम महतो जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
सोमबार जनकपुरस्थित होटेल वेलकममा भएको एक समारोहबीच उनी जसपामा प्रवेश गरेका हुन्। उनलाई जसपा अध्यक्ष उपेन्द्र यादव र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका हुन्।
निर्माण व्यावसाय पृष्ठभुमि भएका महतो जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुअघि रमण कन्स्ट्रक्सनको संचालकबाट राजीनामा दिएका थिए।
गत स्थानीय चुनावमा जनकपुरधाम उपमहानगरको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका महतो ४ हजार २९० मत ल्याएर पाचौं स्थानमा रहेका थिए। उनको प्रवेशसँगै आउँदो प्रतिनिधिसभामा (जसपा) बाट चुनाव लड्ने आँकलन गरिएको छ।