संवेदनशील विषयलाई गिजोल्ने प्रतिस्पर्धा
०६ असार २०७९
•
४ मिनेट पाठ
संवेदनशील विषयलाई गिजोल्ने प्रतिस्पर्धा
पछिल्लो समय नेपालको राजनीतिक तथा कूटनीतिक वृत्तमा अमेरिकासँग सम्बन्धित मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) र स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) सबैभन्दा बढी बहस र विवादका विषय बनेका छन्। त्यसका अतिरिक्त चीनसँगको सीमा विवाद, असंलग्न आन्दोलनको मर्मविपरीत कुनै पक्षलाई समर्थन वा विरोध गर्नेलगायत अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएका कैयौं विषयले कूटनीतिसँगै नेपालको आन्तरिक राजनीतिमा पनि बहस र विवाद सिर्जना गरेका छन्।




सन् २०१७ मै सम्झौता भएको एमसिसीका विषयमा झन्डै एक वर्ष सत्तारूढ दलहरूसहित कतिपय कूटनीतिक भूमिका निर्वाह गरेकै व्यक्तिहरूले पनि तथ्यभन्दा बढी मिथ्यामा बहस गरे।

जब एमसिसी संसद्बाट पारित हुने समय आयो, तब त्यसको चर्काे विरोध गर्नेहरूले पनि समर्थन गरे। एमसिसी संसद्बाट पारित हुने दिनसम्म आन्दोलनरत दलहरूले एकाएक त्यसलाई समर्थन गर्नुको कारण खुलाइएन। यो विषय लामो समयसम्म गिजोलिँदा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा असर मात्र परेन, यही विषयलाई लिएर दुई शक्ति मुलुक अमेरिका र चीन आमनेसामने हुने अवस्थासमेत सिर्जना भयो।  

हाल एसपिपीमा नेपाल सहभागी भएको विषयमा पनि आन्तरिक राजनीतिमा ठुलो बहस र विवाद भइरहेको छ। एसपिपीमा सहभागिताका लागि नेपालले गरेको प्रस्तावदेखि नेपाल सहभागी भइसकेको अवस्थाबारे सरकारी निकायले नै तथ्य बाहिर ल्याउन चाहेनन्। बरु सत्य लुकाएर मिथ्यामा आफ्ना दाबी प्रस्तुत गरिरहे। प्रधानमन्त्री, परराष्ट्रमन्त्री, रक्षा मन्त्रालय र नेपाली सेनाले नेपाल सन् २०१९ मै एसपिपीमा प्रवेश गरे पनि सहभागी नै नभएको र प्रक्रिया नै अघि नबढेको दाबी गरिरहे।  

नेपालले अमेरिकालाई गरेको प्रस्ताव सरकारी संयन्त्रबाट नभई अन्यत्रैबाट सार्वजनिक भएपछि भने तत्कालीन सरकारको नेतृत्वकर्ता दल तथा वर्तमान सत्तासीन दल तथा नेताहरूबीच एकअर्कालाई खुइल्याउने प्रतिस्पर्धा चलिरहेको छ। एसपिपीमा सहभागिताका लागि तत्कालीन परिस्थिति कसरी बन्यो, त्यसमा अहिलेको अवस्था र परिस्थिति कस्तो छ र नेपालको अबको बाटो के हो भन्ने विषयमा न सरकारी निकायले न कुनै राजनीतिक दलले नै छलफल वा प्रस्ट योजना सार्वजनिक गरेका छन्। संवेदनशील विषय पनि दलहरूका लागि निर्वाचनमा आफ्नो भोट बढाउने विषय बनिरहेको छ। कूटनीतिक मामिलाका जानकार डा. दिनेश भट्टराई सरकारी निकायमा समन्वयनको अभाव, विषयप्रतिको गम्भीरता र स्पष्टता नहुनु र के भइरहेको छ भन्ने कुराबारे सरकारी संयन्त्र नै बेखबर हुनुले सत्य सूचना बाहिर आउन नसकेको बताउँछन्।  

अर्काेतर्फ राजनीतिक दलहरू अन्तर्राष्ट्रिय सम्बन्धप्रति गैरजिम्मेवार हुँदा र परराष्ट्र नीतिमा अवसरवाद, तदर्थवाद र दोहोरो मापदण्ड हाबी हुँदा पनि संवेदनशील विषयलाई गिजोल्ने प्रयास भइरहेको उनी बताउँछन्।  

भट्टराई नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएका विषयमा विवाद वा समस्या भए त्यसलाई समग्र रूपमा निरूपण गर्नुको सट्टा आन्तरिक खपतको विषय बनाउनुलाई चुनावी प्रचारको विषय मात्र मान्न नसकिने बताउँछन्। ‘यो अब आन्तरिक खपत वा चुनावी अजेन्डा मात्र रहेन, यसले राजनीतिक दलहरू मुलुकलाई असफल बनाउनतर्फ उद्यत् भएको दखाउँछ,’ उनले भने।  

उनी सेनाले एसपिपीमा सहभागिताका लागि पत्र लेखेको विषयलाई सरकारले अपनत्व लिएर सेनाका तर्फबाट गलत भएको हो कि होइन भनेर छानबिन गर्नुपर्नेमा त्यस्तो नभएको बताउँछन्। ‘अहिले राजनीतिक दल र सरकारका गतिविधि हेर्दा सेनाले गरेको कामलाई अपनत्व लिन नचाहेको जस्तो देखिन्छ। यसले सरकार सेनाको अभिभावक बन्न नखोजेको जस्तो देखिन्छ। यस्तो प्रवृत्ति प्रजातान्त्रिक व्यवस्थाका लागि निकै खतरनाक हो,’ उनले भने। उनी विश्वसनीय संस्थाका रूपमा रहेको सेनालाई पनि विवादमा तानेर दलहरूले मुुलुकलाई खतरातर्फ धकेलिरहेको बताउँछन्। भट्टराई एसपिपी इन्डो प्यासिफिक स्ट्राटेजी (आइपिएस) को अंग हुनुभन्दा पहिलेको परिवेश र सन् २०१९ पछि आइपिएसमा जोडिएपछिको अवस्था फरक रहेको बताउँछन्। सन् २०१९ पछि नेपाललाई चोरबाटोबाट एसपिपीमा सहभागी गराइएकाले त्यसबाट बाहिर निस्कने विषयमा आन्तरिक रूपमा सबै पक्षबीच समझदारी हुनुपर्नेमा हद नाघेर आरोपप्रत्यारोपको काम भइरहेको उनी बताउँछन्।  

पूर्वराजदूत नीलाम्बर आचार्य सबैभन्दा पहिले यस्ता संवेदनशील विषयमा वास्तविकता बाहिर आउनुपर्ने बताउँछन्। ‘संविधानले समेत अधिकार नदिएका विषयमा प्रक्रिया अघि बढाउने विषय केकसरी भयो, त्यो विषयको तथ्य बाहिर ल्याउनु पहिलो प्राथमिकता हो,’ उनले भने। उनी एसपिपीमा प्रवेश गर्न कसले केकस्ता प्रयास र पत्राचार गरे, ती सबै सार्वजनिक हुनुपर्ने बताउँछन्। त्यसलाई बाहिर ल्याउने कुरालाई सार्वजनिक खपतको विषय भन्न नमिल्ने उनको तर्क छ। ‘एसपिपीमा सेनालाई पत्र लेख्ने अधिकार कसले दियो? देशको सुरक्षा र सार्वभौमसत्तासँग जोडिएका विषयमा खेलवाड गर्ने अधिकार कसैलाई छैन। यो गम्भीर विषय हो,’ उनले भने। अन्तर्राष्ट्रिय सम्बन्ध संवेदनशील विषय भए पनि त्यसमा प्रक्रियागत ढंगले काम गर्नुपर्ने उनी बताउँछन्।
अर्को समाचार
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
१ घण्टा अघि
•
१ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।




पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।

सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।

यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।

लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।

राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।

प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।

राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।

शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
यो पनि पढौँ
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस