भारतको उत्तर प्रदेशसँग सांस्कृतिक सम्बन्धका रुपमा विकास गर्दै लैजान्छौंः मुख्यमन्त्री केसी
०४ असार २०७९
•
३ मिनेट पाठ
भारतको उत्तर प्रदेशसँग सांस्कृतिक सम्बन्धका रुपमा विकास गर्दै लैजान्छौंः मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले भारतको उत्तर प्रदेश बिहारलगायतका प्रदेशसँग सांस्कृतिक सम्बन्धको थलोकारुपमा विकास गर्दै लैजाने बताएका छन्। भारतसँग रोटी बेटीको मात्र सम्बन्ध नभइ एक आपसको सांस्कृतिका सम्बन्धलाई अझ प्रगाढ बनाउदै लैजानु पर्नेमा उनले जोड दिए।




लुम्बिनी प्रदेशको कानुन बालबालिका, महिला ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा शिक्षा तथा संस्कृति प्रवर्द्धन केन्द्र र अवधि सांस्कृतिक विकास परिषद् कपिलवस्तुको संयोजनमा कपिलस्तुको तौलिहवामा भएको द्धितीय अन्तर्राष्ट्रिय अवधी सम्मेलनको पानसमा दिप बालेर उदघाटन गर्दै मुख्य मन्त्री केसीले सो कुरा बताएका हुन्।

‘भारतसँग रोटी बेटीको मात्र होइन अब सांस्कृतिक सम्बन्धलाई अझ दरिलोरुपमा लैजान पर्छ’ उनले भने। मुख्यमन्त्री केसीले प्रदेश भित्र रहेको भाषा, संस्कृति कलाको विकास, संरक्षण र प्रवर्द्धनका लागि बहु सांस्कृति संग्रहालय स्थापना गरिने भएको बताएका छन्।

बहु भाषा, संस्कृति कला लगायतका कुरामा प्रदेश धनी रहेको भन्दै त्यसको विकासका लागि बहु सांस्कृतिक संग्रहालय स्थापना गर्ने प्रदेशको योजना रहेको उनले बताए। ‘स्थापना हुने सांस्कृति संग्रालयले प्रदेश भित्र रहेको सबै भाषा कला सांकृतिको विकास र संरक्षणमा मद्दत मिल्छ’ उनले भने।

प्रदेशका ३ स्थानमा बहु प्रतिष्ठान खोल्ने योजना रहेको उनले बताए। अवध, थारु र मग्रात बहु प्रतिष्ठान खालेर ती भाषाका सांस्कृतिको अध्ययन, अनुसन्धान, विकास संरक्षण गरिने उनले बताए। भाषा र संस्कृति मुख्य पहिचान भएकाले यसको जर्गेना गर्नु पर्ने उनले बताए।

‘भाषा र संस्कृति लुप्न भयो भो पहिचान समेत मेटिन्छ त्यसैले यसको संरक्षण र प्रवर्द्धनका लागि ठूलो प्रतिबद्धता आवश्यक छ’ उनले भने। कला संस्कृति धार्मिक स्थलले धनी रहेको प्राचिन कपिलवस्तुमा गरिएको यो सम्मेननले अवधी भाषा संस्कृतिको मात्र नभै बहु जातिको भाष संस्कृतिको विकास टेवा पुर्‍याउने उनले बताए।

सो अवसरमा मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले अवधी भाषा संस्कृतिको विकास संरक्षण र प्रवर्द्धनका लागि गरिएको यो सम्मेलनले भूमिका खेल्ने बताए। उनले अवधी भाषा संस्कृतिको विकासमा तीनै तहका सरकारले ठोस योजनासहित लागनी गर्नु पर्ने बताए।

यस्तै कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बुद्धको क्रिडास्थल प्राचिन कपिलवस्तमा गरिएको यो सम्मेलनले अवधी भाषा संस्कृतिको जर्गेना गर्न सघाउने बताए। उनले कपिलवस्तु नगरपालिका भित्र रहेको बुद्धसँग सम्बन्धित स्थलको अवलोकन गरी आ–आफ्नो क्षेत्रमा प्रचार/प्रसार गर्न अपिल समेत गरे।

सो अवसरमा मुख्य मन्त्री केसीले भारतका वरिष्ठ साहित्यकारहरुद्वारा रचित २ कृतिहरुको विमोचन समेत गरेका थिए। त्यस्तै डाक्टर योगेशचन्द्र दुबेद्वारा रचित ‘बनबासी’ र डाक्टर कृष्ण चुर्तबेदीले लेखेको ‘अहिवार्त' नामक कृति विमोचन गरिएको थियो। यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको निकालेको पुस्तक र प्रतिवेदन मुख्य मन्त्री केसीलाई हस्तान्तरण गरिएको थियो।

शिक्षा तथा सांस्कृतिक प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश शर्माका अध्यक्षता, बिक्रममणी त्रिपाठीको संचालनमा भएको उदघाटन सत्रमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप कुलपति हरिहर शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका जगतमान गुरुङ, प्रदेश योजना आयोगका सदस्य बामदेव क्षेत्री, डाक्टर योगेन्द्रकुमार त्रिपाठी, श्यामप्रसाद तमुड प्राध्यापक शिशिर पाण्डेय, डाक्टर रामबहादुर मिश्रालगायतले अवधी भाषाको संरक्षण र प्रवर्द्धनका विषयमा मन्तव्य दिएका थिए।

सम्मेलनको पहिलो दिन अवधी भाषा साहित्य र कला लगायतका विषयमा विभिन्न ५ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। २ दिनसम्म चल्ने सम्मेलनमा भारतका विभिन्न स्थानबाट २ दर्जन बढी साहित्यकार र कलाकार सहभागी छन्। सम्मेलनलले आइताबार घोषणा पत्र समेत सार्वजनिक गर्ने साहित्यकार पशुपतिमणी त्रिपाठीले बताए।
अर्को समाचार
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
१ मिनेट अघि
•
१ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्रश्न उठाएको छ।




कांग्रेस केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै महामन्त्री प्रदीप पौडेलले भारत सरकारले प्रधानमन्त्रीलाई दिएको स्वागत र राजकीय सम्मानलाई दुई देशबिचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको प्रतिबिम्बका रूपमा व्याख्या गरिएको छ।

भ्रमणका क्रममा भएका केही महत्त्वपूर्ण सहमति र विगतका सहकार्यले निरन्तरता पाएको विषयलाई कांग्रेसले सकारात्मक रूपमा लिएको छ।

विशेषगरी भैरहवा हुँदै प्रवेश गर्ने काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न भएको सहमतिलाई कांग्रेसले स्वागत गरेको छ। यो विषय कांग्रेसले सन् २०७४ देखि उठाउँदै आएको जनाएको छ।

त्यस्तै, भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीपछिको पुनर्निर्माण तथा विकासका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई पनि कांग्रेसले महत्त्वपूर्ण मानेको छ। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ।

तर नेपाल-भारतबिच लामो समयदेखि समाधान हुन नसकेको सीमा विवादजस्ता संवेदनशील विषयले भ्रमणका क्रममा अपेक्षित प्राथमिकता नपाएको कांग्रेसको भनाइ छ।

कांग्रेसले प्रधानमन्त्री पदमा पुग्नुअघि र पदमा रहँदा भारतसँगको सम्बन्ध तथा सीमा विवादका विषयमा बालेन्द्रले दिएका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबिच विरोधाभास रहेको टिप्पणी गरेको छ।

कांग्रेसले यसलाई प्रधानमन्त्रीको कथनी र करणीबिचको विरोधाभास भन्दै कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वताको संकेत भएको बताएको छ।

त्यस्तै, भारतसँग भएका सहमति कार्यान्वयनका लागि सरकारले स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ। विकास सहयोगको अनुदान र ऋण कुन क्षेत्रमा कसरी परिचालन हुन्छ भन्ने विषय पनि संसद् र नागरिकलाई जानकारी गराउनुपर्ने कांग्रेसले जनाएको छ।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस