महन्थले फेरि भेटे प्रधानमन्त्री देउवा
३१ जेष्ठ २०७९
•
३ मिनेट पाठ
महन्थले फेरि भेटे प्रधानमन्त्री देउवा
लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने भन्दै आएका महन्थ ठाकुरले सोमबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।




लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनपछि प्रधानमन्त्री देउवालाई भेटेको यो तेस्रोपटक हो। यसअघि ठाकुरले जेठ २२ र २४ गते प्रधानमन्त्री देउवालाई भेटेका थिए। निर्वाचनअघि पनि उनीहरूबीच पटकपटक भेटवार्ता भएको थियो।

पछिल्लो समय देउवा र ठाकुरबीचको सम्बन्ध एकदमै राम्रो रहेको छ। यसपटक ठाकुरले देउवालाई एक्लै नभेटी राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झालाई पनि साथैमा बालुवाटार लगेका थिए। देउवासँगको भेटपछि ठाकुर सोमबार दिउँसो जनकपुरतिर लागेका थिए। लोसपाले राखेका माग सम्बोधन गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आफूहरूले देउवालाई भेटेको नेता राजेन्द्र महतोले बताए।

‘भेटमा माग पूरा नभए संसद् अवरोध गर्छौं भनी प्रधानमन्त्रीलाई भन्यौं,’ भेटपछि महतोले भने, ‘तर प्रधानमन्त्रीज्यूले बजेट पास भएको एकदुई दिनमै नागरिकता विधेयक ल्याउने र अन्य माग पनि सम्बोधन गर्दै जाने आश्वासन दिनुभएको छ।’ प्रधानमन्त्रीको आश्वासनपछि संसद अवरोध गर्ने निष्कर्षमा आफूहरू नपुगेको महतोले बताए।

प्रधानमन्त्रीसँगको कुराकानीमा सरकारमा जाने विषयमा भने छलफल नभएको उनको भनाइ थियो। ठाकुरले जेठ २२ मा देउवालाई भेट्दा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन गर्नुपर्ने प्रस्ताव राखेका थिए। जेठ २४ को भेटमा भने उनले देउवालाई ११ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रको पहिलो बुँदामा नागरिकताको विषय उठाइएको छ।

संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकताको प्रमाणपत्र प्रदान गर्न र वैवाहिक अंगीकृतसम्बन्धी कायम कानुनी व्यवस्थालाई निरन्तरता दिन माग गरिएको छ। जनसंख्याका आधारमा स्थानीय निकाय, प्रदेश र संघीय संसद्मा प्रतिनिधित्वको व्यवस्था गर्ने र तिनै तहको सरकारद्वारा जनघनत्वका आधारमा समतामूलक बजेट वितरणको सिद्धान्त लागु गर्नुपर्ने माग गरिएको छ।

यसैगरी रेशम चौधरीको रिहाइ हुनुपर्ने, मधेस आन्दोलनका क्रममा लगाइएको भूmटा मुद्दा खारेज हुनुपर्ने, विगतमा मधेसी मोर्चासँग गरिएको सम्झौता लागु हुनुपर्ने, भूमि वितरणसम्बन्धी कार्यक्रम लागु गर्दा भूमिहीन मधेसी, थारू, जनजाति आदिवासी, दलित, मुस्लिम समुदायलाई प्राथमिकतामा राखी वितरण गर्नुपर्ने, हालसम्म जग्गाधनी प्रमाणपत्र पुर्जा नपाएकाहरूलाई पुर्जा उपलब्ध गराउनुपर्ने माग राखिएको छ।

यसैगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, महँगी, कालोबजारी नियन्त्रण हुनुपर्नेलगायत माग राखिएका छन्। संविधान संशोधनको विषयलाई लोसपाले यसपटक पनि जोडतोडले उठाएको छ। लोसपाको यो माग पुरानै हो। यसैबीच जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पनि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटवार्ता गरेका छन्।

भट्टराईनिकट तथा जसपाका कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहले सो भेटबारे जानकारी दिएका हुन्। स्रोतका अनुसार देउवासँगको भेटमा भट्टराईले मन्त्रीको नयाँ सूची पठाउने विषयमा जसपाका तर्फबाट उपेन्द्र यादवको एकल हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका थिए।

गत फागुनमा बसेको जसपा केन्द्रीय समितिले कार्यकारिणी समिति अथवा केन्द्रीय समिति बैठक नबसेको अवस्थामा पार्टीले गर्ने हरेक निर्णयमा भट्टराई, यादव र वरिष्ठ नेता अशोक राईले हस्ताक्षर गर्नुपर्ने भनी गरिएको निर्णयलाई भट्टराईले स्मरण गराएको स्रोतको भनाइ छ।

मन्त्रीको सूची पठाउनेलगायत अन्य विषयमा पनि जसपाका तर्फबाट यादवले मात्र गरेको हस्ताक्षरलाई मान्यता नदिन भट्टराइले देउवासँग आग्रह गरेको जनाइएको छ। भट्टराई पक्षधर नेताहरूले सोमबार अनौपचारिक छलफल गरेका थिए।
अर्को समाचार
महन्थले फेरि भेटे देउवा
१२ असार २०७९
•
२ मिनेट पाठ
महन्थले फेरि भेटे देउवा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। यसअघि पनि ठाकुरले देउवासँग पटकपटक भेट गरेका छन्।  




देउवालाई भेट्न लोसपाका नेता तथा सांसद लक्ष्मण लाल कर्ण पनि ठाकुरसँग बालुबटार पुगेका थिए। लोसपाले राखेका माग सम्बोधन गराउन आफूहरूले देउवालाई भेटेको कर्णंले बताए। ‘प्रधानमन्त्री ज्युले चालु अधिवेशनमै नागरिकता विधेयक पेश गर्छौ भन्नु भएको छ। यसको जिम्मा कानुनमन्त्रीलाई दिएका छौं भन्नुभएको छ,’ भेटपछि कर्णले भने, ‘मुद्दा फिर्ताबारे गृहसचिवलाई यस विषयमा गृहकार्य गर्न जिम्मा दिएका छौं भन्नुभएको छ।’  

गत जेठ २४ को भेटमा भने ठाकुरले देउवालाई ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्रको पहिलो बुँदामा नागरिकताको विषय उठाइएको छ। ज्ञापन पत्रमा संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकताको प्रमाणपत्र प्रदान गर्न र वैवाहिक अंगीकृतसम्बन्धी कायम कानुनी व्यवस्थालाई निरन्तरता दिन माग गरिएको छ।  

जनसंख्याका आधारमा स्थानीय निकाय, प्रदेश र संघीय संसद्मा प्रतिनिधित्वको व्यवस्था गर्ने र तीनै तहको सरकारद्वारा जनघनत्वका आधारमा समतामूलक बजेट वितरणको सिद्धान्त लागु गर्नुपर्ने माग गरिएको छ।  

यसैगरी रेशम चौधरीको रिहाइ हुनुपर्ने, मधेस आन्दोलनका क्रममा लगाइएको झुटा मुद्दा खारेज हुनुपर्ने, विगतमा मधेसी मोर्चासँग गरिएको सम्झौता लागु हुनुपर्ने, भूमि वितरणसम्बन्धी कार्यक्रम लागु गर्दा भूमिहीन मधेसी, थारू, जनजाति आदिवासी, दलित, मुस्लिम समुदायलाई प्राथमिकतामा राखी वितरण गर्नुपर्ने, हालसम्म जग्गाधनी प्रमाणपत्र पुर्जा नपाएकाहरूलाई पुर्जा उपलब्ध गराउनुपर्ने माग राखिएको छ।  

यसैगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, महँगी, कालोबजारी नियन्त्रण हुनुपर्नेलगायत माग राखिएका छन्। संविधान संशोधनको विषयलाई लोसपाले यसपटक पनि जोडतोडले उठाएको छ। लोसपाको यो माग पुरानै हो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस