धनुषाको सहिदनगर नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरु पद तथा गोपनीयताको सपथ ग्रहण लिइसकेपछि। बोलाइएको पहिलो कार्यपालिका बैठकबाट नै मेयर उपमेयरबीच विवाद सुरु भएको छ।
बिहीबार मेयर दिनेश प्रसाद यादवको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत राम किशोर महताले समितिमा सदस्य छनौटको लागि कार्यपालिकाको बैठक बोलाएका थिए।
समितिमा सदस्य राख्ने विषयमा मेयर उपमेयरबीच सहमति नभएपछि उपमेयर सुनिता सिंहसहित ५ जना वडा अध्यक्षहरुले बैठक वहिष्कार गरेका थिए। नगर प्रमुखको संयोजकत्वमा रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति र उपप्रमुखको संयोकत्वमा रहेको स्थानीय राजश्व परामर्श समिति र नगर स्तरीय योजना तथा कार्यक्रम अनुगमन समितिमा सदस्य चयन गर्न विषयमा सहमति नमिल्दा हुँदा उपमेयर सहितका वडाध्यक्षहरुले बैठक वहिष्कार गरेकाे बताएका छन्।
उपमेयरसहित वडाध्यहरुले बैठक बहिष्कार गरेपछि मेयर यादवले बहुमतको अधारमा समितिमा सदस्य छनौट गरेका छन्। त्यस्तै विषयगत समितिको संयोजक पनि छनौट गरेका छन्। कार्यपालिकाले तोक्नुपर्ने विषयगत समिति अन्तर्गत माओवादीबाट निर्वाचित दुई वडाध्यक्ष मध्ये एकलाई स्वास्थ संयोजक र अर्कालाई महिला बालबलिका तथा खेलकुद नगर समितिको संयोजक चयन गरेको छ। जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित वडाध्यक्ष मनोज दासलाई नगर कृषि समिति र उमेश निरालालाई नगर शिक्षा संयोजकका रूपमा चयन गरिएकाे छ।
'बैठकमा प्रस्ताव गरेको चार समिति मध्ये दुई वटा समितिको संयोजक उपप्रमुख रहेको त्यो स्थानीय सरकार संचालन ऐनमै तोकिएको छ। त्यसमा सदस्य राख्दा हाम्रो तर्फबाट पनि राख्नुपर्छ भनेर। मैले कुरा राखेको थिएँ,' उप्रमुख सिंहले भनिन्। 'तर मेयरले हामीसँग बहुमत छ। सबै समितिको सदस्य हामीलेनै छनौट गर्छु भने। हामीहरुलाई वेवस्ता गरेपछि हामी ५ जना वडाध्यक्षसहित बैठक बहिष्कार गरी निस्केका हाैं।'
'बैठकमा विकास निमार्ण सम्बन्धी प्रस्तावहरु पनि थिए। त्यसमा हाम्रो पनि समर्थन रह्याे। जनताले हामीलाई विकास गर्नको लागि निर्वातिच गराएर पठाएका हुन्। विकास सम्बन्धी कार्ययमा हामीले कहिले बाधा अडच्न खडा गर्दैनौं', उपमेयर सिंहले भनिन्, तर कानुनले दिएको अधिकारमाथि कसैले हस्तक्षेप गर्याे भने त्यो अस्विकार्य हुनेछ। मेयरले पहिलो बैठकबाट बहुमतको दम्भ देखाएको छ। जनताले हामीलाई बहुतम र अल्पमतको खेल खेल्न पठाएको छैन। नगरपालिको कामकाज गर्न पठाएको हो। यो कुरा मेयरले बिर्सनु भएन्।'
मेयर यादव भन्छन्, 'निर्वाचित भएपछिको यो पहिलो बैठक थियो। समितिमा सदस्य छनौट र विकास सम्बन्धी प्रस्ताव ल्याएको थियों। विकास सम्बन्धी भएको छलफलमा उपमेयरसहित वडाध्यक्षहरुले आफ्नो कुरा राखे र त्यसमा सहमति पनि जनाए।' उनले भने, 'त्यसपछि समितिको सदस्य छनौटको विषयमा प्रवेश गर्दा उनीहरु उठेर सभाहलबाट बाहिरिए। उनीहरु बैठकबाट बाहिरिएपछि हामीले कानुन अनुसार नै समितिमा सदस्य राखियो। अर्का कार्य संचालनको लागि विषयगत समितिको संयोजकको पनि जिम्मेवारी तोकिए। हामीले कानुनसँग नमिल्ने केहि पनि गरेका छैनौं।'
नगरसभामा नेपाली कांग्रेसका उपमेयरसहित २३, जनता समाजवादी पार्टीका मेयरसहित ११ र माओवादीका १० सदस्य रहेका छन् भने कार्यपालिकामा कांग्रेस र जसपाको ८/८ र माओवादीको ३ सदस्य रहेका छन्।