धनुषा जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका प्यानल निर्विरोध निर्वाचित भएका छन्। बुधबार मुख्य निर्वाचन अधिकृत कार्यलयले उम्मेदवारहरुलाई मनोनयपत्र दर्ता गराउन समय दिएको थियो। तर, प्रमुख उपप्रमुख सहित सात सदस्य पदमा कांग्रेसकै उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गराएपछि उनीहरु निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए।
मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा राजनन्द मण्डल, उपप्रमुखमा संगीता देवी ठाकुर त्यस्तै सदस्यहरुमा इश्वर प्रसाद शर्मा, डम्बर थापा मगर, फगु यादव, महिला सदस्यमा सोनिता देवी सदा, विकादेवी मिजार, गीतादेवी यादव र दलित तथा अल्पसंख्यकको तर्फबाट महेन्द्र महतो निर्विरोध निर्वाचित भएको हुन्। निर्विरोध भएका अधिकारिक घोषणा भोलि हुने बताइएको छ।
धनुषा जिल्ला समन्वय समितिमा नयाँ नेतृत्वको लागि जेष्ठ २८ गते निर्वाचनको मिति तय गरिएको थियो। ०७४ को जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन (राजपा) सँग तालमेल भएको थियो। प्रमुखमा नेपाली कांग्रेसका रामदेव बनरैत र उपप्रमुखमा (राजपा) दीपक झा निर्वाचित भएका थिए।
यसपटक भने जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेसको एक्ल बहुमत भएको हुनाले अन्य दलबाट उम्मेदवारी समेत नपरेको हो। समितिको निर्वाचनमा बहुमतको लागि १९ मतको आवश्यकता थियो। तर कांग्रेस सँग १० पालिका प्रमुख र १३ पालिकाको उपप्रमुख गरी २३ मत रहेको छ। जिल्लामा १८ वटा स्थानीय तह रहेको छ। कांग्रेस १०,एमाले ३ जसपा ३ र माओवादी केन्द्रले एक पालिकामा निर्वाचित भएका छन्। जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्रबाट मनोज साह निर्वाचित भएका हुन्।
स्थानीय तह निर्वाचन ऐन ०७३ का अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख उपप्रमुख वडा अध्यक्ष र सदस्यहरुले जिल्ला समन्वय समितिमा उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ। उक्त उम्मेदवारहरुलाई गाउँपालिका र नगरपालिकाको प्रमुख उपप्रमुखले मात्रै मतदान गर्न पाइने कानुनी व्यवस्था रहेको छ। समितिमा प्रमुख उपप्रमुखसहित ९ सदस्य रहेको छ। त्यसमा तीन महिला सदस्य अनिर्वाय हुनुपर्ने नियममा व्यवस्था छ।