रौतहटको गुजरा नगरपालिकामा कार्यपालिकाको चुनाव स्थगित भएको छ। निर्वाचनको लागि मनोनयन दर्ता भएपछि निर्वाचन कार्यालयमाथि गैरदलितलाई दलित र गैरअल्पसंख्यकलाई अल्पसंख्यकमा उम्मेदवार बनाएको भन्दै विरोध भएपछि निर्वाचन कार्यक्रम अनिश्चित कालको लागि स्थगित भएको हो।
दलित र अल्पसंख्यक जातिको सूचीमा नरहेकोलाई निर्वाचन कार्यालयले दर्ता गरेको भन्दै उम्मेदवारी रद्द गर्ने माग गर्दै निर्वाचन कार्यालयमा तालाबन्दी पनि गरिएको छ। नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दै नगरपालिका कार्यालय र निर्वाचन कार्यालयविरुद्ध प्रदर्शन पनि गरेका छन्।
निर्वाचन कार्यालयमा दलितको स्थानमा गैरदलित मुस्लिम व्यक्ति आरिफ मियाँ दर्जी, असगर अलि अन्सारी र अल्पसंख्यकमा विजय साह बनियाको नाम दर्ता गरेपछि एमाले र एकीकृत समाजवादीले विरोध गरेको हो। निर्वाचन अधिकृत बद्री नारायण शर्माले जसपा नेपालबाट नगर प्रमुखमा निर्वाचित सन्तलाल चौधरीसित मिलेर निर्वाचन आयोगको निर्देशन विपरीत उम्मेदवारी दर्ता गरेको आरोप एमाले र समाजवादीले लगाएका छन्।
दुई दलले तत्काल निर्वाचन प्रक्रिया रोक्न माग गर्दै लिखित उजुरी दर्ता पनि गराएका छन्। दलितको नाममा गैरदलित र अल्पसंख्यकको नाममा गैरअल्पसंख्यकलाई नगर प्रमुखको इसारामा निर्वाचन अधिकृतले जिताउन खोजेको आरोप नेकपा एमालेका रौतहट जिल्ला सचिव अनमोल कार्कीले लगाएका छन्।
चारैतिरबाट विरोध भएपछि गुजरा नगरपालिकामा रहेको निर्वाचन कार्यालयले अर्को सूचना नभएसम्मको लागि निर्वाचनको कार्यक्रम स्थगित गरेको छ। निर्वाचन अधिकृत बद्री नारायण शर्माले महिला, दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचन अर्को निर्णय नभएसम्मको लागि स्थगित गरिएको जानकारी गराएका छन्।
यसअघि मतगणनाको क्रममा गुजरा नगरपालिकामा व्यापक विवाद भएको थियो। वैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनाको क्रममा एउटा वडाको केही मत गन्दा गणकले गल्ती गरेको फेला परेपछि मतगणना कार्यक्रममा पनि निकै तनाव भएको थियो।