स्वतन्त्रको जित मतदाताको आक्रोश होः महामन्त्री थापा
१६ जेष्ठ २०७९
•
२ मिनेट पाठ
स्वतन्त्रको जित मतदाताको आक्रोश होः महामन्त्री थापा
कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापा।
नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले जनताले परिवतर्नको महसुस गर्न नपाए राजनीतिक दल समस्यामा पर्ने बताएका छन्। स्थानीयतह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई संगै स्वागत सम्मानका लागि सोमबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलप्रति मतदाता आक्रोशित रहेको र त्यसकै उपज स्वतन्त्र उम्मेदवारहरुले जितेको बताएका हुन्।




‘अब कुनै पनि बाहना जनताले स्वीकार्नेवाला छैनन्। स्थानीय सरकारले जनताको विश्वास र भरोसालाई तोड्न भएन,’ थापाले भने, ‘घोषणा पत्रलाई संकल्प पत्र मानेर काम गर्नु आवश्यक छ। सहज सेवालाई ध्यान दिनुपर्ने देखिन्छ। जनताको जीवनमा बद्लाव ल्याउन सक्नुपर्छ।’ कम्युनिष्ट जिम्मेवारीमा चुकेकोले जनताले त्यसको सजाय दिइसकेको भन्दै महामन्त्री थापाले अब गठबन्धनलाई कम्युनिष्टले झैं ५ वर्ष खेर फाल्ने छुट नभएको बताए।

वर्षौंदेखि कम्युनिष्टले शासन गरिरहेको हेटौंडामा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार सुखद् र सानदार मतसहित जितेको भन्दै उनले खुसी व्यक्त गरे।

यस्तै कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले केपी शर्मा ओलीको सर्वसत्तावाद ढल्ने क्रममा रहेको बताइन्। सबै प्रदेशमा गठबन्धनले जित हासिल गरेको र समग्रमा कांग्रेस पहिलो पार्टी बनेको भन्दै उनले अब गठबन्धनको जितलाई जनताको जितमा परिणत गर्नुपर्ने बेला आएको औंल्याइन्।

स्थानीयतहको निर्वाचनबाट पालिकाको प्रमुख र उपप्रमुखमध्ये एकजना महिला अनिवार्य रहे पनि त्यसो हुन नसक्नु दुःखद् भएको डीनाको भनाई थियो। सरकारले बजेट भाषणमार्फत सेनेटरी प्याड भन्सार महसुलमा ९० प्रतिशत छुटसहित केही राम्रा कामको घोषणा गरेकोमा खुसी व्यक्त गरिन्। कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गठबन्धन गरिएको प्रष्ट्याउँदै यसलाई निरन्तरता दिँदै जानुपर्नेमा जोड दिए।

कांग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव इटेनीको अध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनबाट हेटौंडाको मेयरमा निर्वाचित मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँसहित वडाध्यक्ष र वडा सदस्यहरुलाई सम्मान गरिएको थियो।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
१५ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस