सर्लाही जिल्लामा पहिलो महिला नगर प्रमुखले पालिका अन्य निर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएकी छन्। सर्लाहीको बरहथवा नगरपालिकामा पहिलो महिला नगर प्रमुखमा निर्वाचित कल्पना कटुवालले नगर उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुलाई बुधवार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।
बरहथवा नगरपालिका कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा नवनिर्वाचित पालिकाका सबै जनप्रतिनिधिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै सबैले नगरबासीको हितलाई ध्यानमा राखी काम गर्न सल्लाह दिएकी छन्।
शपथ ग्रहणसँगै जिल्लाको पहिलो महिला नगर प्रमुख कटुवालले नगरको विकास र समृद्धिका लागि आफू निरन्तर प्रतिबद्ध रहने बताउँदै दिन र रात एक गरी काम गर्ने प्रतिबद्धता जनाएकी छन्। नगर प्रमुख कटुवाल नेकपा एमालेबाट उम्मेदवार भई निर्वाचित भएकी हुन्।