धनुषाको जिल्लाको १८ पालिकाको नवनिर्वाचित प्रमुखले शपथ ग्रहण गरेका छन्। जनकपुधाम उपमहानगरपालिकाको अष्टावक्र सभाहलमा जिल्लाको १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिकाका नवनिर्वाचित पालिका प्रमुखहरुले एकैसाथ शपथ ग्रहण गरेका हुन्।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सबैपालिका प्रमुखहरूलाई शपथ ग्रहण गराएका हुन्। जिल्लाको सबै स्थानीय तहको मतगणना सम्पन्न भएता पनि जनकपुरधाम उपमहानगरपालिकाको मत परिणाम सोमबार साँझ मात्रै आएकाले मंगलबार सबै नवनिर्वाचित प्रमुखहरूलाई एकैसाथ शपथ गराइएको हो।
अब शपथ ग्रहण गरिसकेका पालिका प्रमुखहरूले उपमेयर, उपाध्यक्षसहित वडाध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउनेछन्।
जिल्लाको १८ पालिका मध्ये नेपाली कांग्रेसले १०, नेकपा एमाले ३, जनता समाजवाद पार्टी ३, माओवादी केन्द्र १ र जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र निर्वाचित भएका छन्।