सिन्धुलीको मरिण गाउँपालिका अध्यक्षमा माओवादीको विमर्स मोक्तान(प्रख्यात) निर्वाचित भएका छन्। गाउँपालिका अध्यक्षमा बिमर्श मोक्तान निर्वाचित भएका हुन्।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेका मोक्तानले ५ हजार १ सय ९४ मत प्राप्त गरेका थिए। उनको निटतम प्रतिद्धन्दी नेकपा एमालेका गोबिन्दलाल माझीले ४ हजार ७ सय ६० मत प्राप्त गरेका थिए। गाउँपालिका अध्यक्षमा निर्वाचित भएका मोक्तान २०७४ सालको निर्वाचनमा मरिण गाउँपालिका वडा नं. ३ को वडा अध्यक्षमा निर्वाचित थिए। उनी वडा अध्यक्षबाट गाँउपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
त्यस्तै मरिण गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी बिमला माझी बिजयी भएकी छिन् । ५ हजार २ सय ८१ मत प्राप्त गरेकी थिइन्। उनका निकटतम प्रतिद्धन्द्धी नेशनल अर्गनाइजेशन पार्टी नेपालको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदको उमेदवार मञ्जु माझीले ५ सय ८ मत प्राप्त गरेकी थिइन्।
यस पालिकामा नेकपा एमालेकी उम्मेदवार बनेकी संगिता माझीले उम्मेदवार फिर्ता गरेकी थिइन्। २०७४ सालको निर्वाचनमा नेकपा माओवादीबाट मरिण गाँउपालिका उपाध्यक्षमा निर्वाचित भएकी संगिताले यस पटकको टिकट वितरणमा पार्टीसँग असुन्तुष्टि राख्दै एमालेमा गएर उम्मेदवारी दिएको भएपनि उनले उम्मेदवारी फिर्ता गरेपछि एमालेको उम्मेदवार खाली भएको थियो।
७ वटा वडा रहेको मरिण गाउँपालिकाको ६ ओट वडामा नेकपा माओवादीलेनै जित हासिल गरेको छ भने एउटा वडामा नेकपा एमालेले जितेको छ। वडानम्बर १ मा नेकपा माओवादी केन्द्रका हिराबहादुर गुर्मछानमगर, वडा नं. २ मा कमलबहादुर आलेमगर, वडा नं. ३ मा जित बहादुर श्रेष्ठ, वडा नं. ५ मा दिपक माझी, वडा नं. ६ मा हर्कविर माझी र वडा नं. ७ मा चन्द्र बहादुर थिङ बिजयी भएका छन् । भने मरिण गाउँपालिका वडा नं. ४ मा नेकपा एमालेका जित बहादुर काल्तान बिजयी भएका छन्।