रौतहटको राजदेवी नगरपालिकामा मेयर र उपमेयरसहित नेकपा एसले बहुमत सहित विजय प्राप्त गरेको छ।
नेकपा एसका भिखारी यादवले ७ हजार ५२ मत प्राप्त गरी मेयर पदमा निर्वाचित भएका छन्। यादवले नेपाली काँग्रेसका धिरेन्द्र सिंहलाई साढे तीन हजारभन्दा बढी मतले पराजित गरेका हुन्। नेकपा एसका राष्ट्रिय अध्यक्ष निकट मानिएका यादवले नेकपा एसको मेयर पदमा खाता खोलेका हुन्। नेपाली काँग्रेसका धिरेन्द्र सिंहले ३ हजार ७ सय७ मत प्राप्त गरेका छन। सिंह राजदेवी नपाका निवर्तमान मेयर हुन।
यसैगरी उपमेयरमा नेकपा एसका राजकुमारी देवीले ५ हजार ८ सय ४२ मत पाई उपमेयर पदमा जित हासिल गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी अर्चनाकुमारी यादवले ३ हजार १ सय ४९ मत प्राप्त गरेकी हुन्।