माओवादी–एकीकृत समाजवादी गठबन्धनले चौतारा साँगाचोकगढी नगरपालिकामा विजय हाँसिल गरेको छ। गठबन्धनबाट माओवादी उम्मेदवार कृष्णप्रसाद सापकोटा नगर प्रमुख र समाजवादीकी सीता थापा उपप्रमुखमा निर्वाचित भएका छन्।
माओवादी केन्द्रिय सदस्यसमेत रहेका नवनिर्वाचित नगर प्रमुख सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका कान्छा भाइ हुन्। निकटतम प्रतिस्पर्धीलाई ४ हजार २ सय ८७ मतको भारी अन्तरले हराउँदै सापकोटा निर्वाचित भए। उनले ११ हजार ७२ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार इन्द्र नेपालले ६ हजार ७ सय ८५ मत मात्रै पाए।
निकटतम प्रतिस्पर्धीभन्दा २ हजार ८ सय ४९ मत बढी ल्याएर समाजवादीकी थापा उपप्रमुखमा विजय भइन्। उनले ९ हजार ७ सय २६ मत ल्याइन्। उनको मुख्य प्रतिस्पर्धी एमालेकै उम्मेदवार बालकुमारी सापकोटाले ६ हजार ८ सय ७७ मत पाइन्। थापा अघिल्लो निर्वाचनमा एमालेबाट उपप्रमुखको निकटतम प्रतिस्पर्धी भएर पराजित भएकी थिइन्। उनलाई माओवादीले नै हराएको थियो।
योपटक माओवादीले नै थापालाई उपप्रमुखको कुर्सीमा पुर्यायो। सापकोटा अघिल्लो निर्वाचनमा वडा सदस्य जितेर जिल्ला समन्वय समितिको उपप्रमुख बनेकी थिइन्। यस पटक उनी नगरमा झरे पनि पूर्वसहकर्मीबाट पराजित भइन्। यो निर्वाचनमा लोकप्रिय मत ल्याएको कांग्रेस यसपल्ट पनि तेस्रो मात्रै बन्यो। कांग्रेस उम्मेदवार केशवराज गिरीले ६ हजार २ सय ४५ र उपप्रमुखकी उम्मेदवार तुलसीकुमार श्रेष्ठले ५ हजार ६ सय ६० मत पाए। अघिल्लो चुनावमा पनि प्रमुखको उम्मेदवार बनेर गिरी तेस्रो भएका थिए। उक्त चुनावमा उनले ४ हजार २ सय मत ल्याएका थिए।
अघिल्लो निर्वाचनमा एक वडामा चित्त बुझाएकोका कांग्रेसले यसपटक वडा नं ७, ८, ९ र १० गरी चारवटा वडा जित्यो। एमालेले वडा नं. २, ३, ५, र १४ जित्यो। समाजवादीले वडा नं. १ जित्दा माओवादीले ६, ११, १२ र १३ नं. वडामा विजय हाँसिल गर्यो। अघिल्लो चुनावमा एउटा वडा जितेको राप्रपा यसपटक भने ‘क्लिनस्विप' भयो। २०७४ को स्थानीय तह निर्वाचनमा पनि यो नगर माओवादीले नै जितेको थियो।