ताप्लेजुङका ९ स्थानीय तह सबैको सार्वजनिक भएको छ। जसमा कांग्रेसले फुङ्लिङ नगरपालिकासहित चार स्थानका प्रमुख र दुई स्थानमा उपप्रमुख जितेको छ। एमालेले तीन पालिका प्रमुख र तीन पालिका उपप्रमुख पद जितेको छ।
माओवादी केन्द्रले दुई प्रमुख र तीन उपप्रमुख पद जितेको छ भने नेकपा एसले एक उपप्रमुख पद जितेको छ। कांग्रेसले फुङलिङ नगरपालिकाको प्रमुखसहित मिक्वाखोला गाउँपालिकाको अध्यक्ष, सिरिजंगाको अध्यक्ष र मेरिङदेनको अध्यक्ष जितेको छ।
उसले मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकाको उपाध्यक्ष जितको छ। एमालेले पाथीभरा याङ्वरक र आठराइ त्रिबेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै तथा सिदिङ्वा गाउँपालिकाको अध्यक्ष र फुङ्लिङ नगरपालिकाको उपप्रमुख पद जितेको छ।
माओवादी केन्द्रले फक्ताङ्लुङ गाउँपालिकाको र मैवाखोला गाउँपालिकाको अध्यक्ष तथा सिदिङ्वा, सिरिजङ्गाको र मिक्वाखोला गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मेरिङ्देको गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ।