श्रीप्रसाद जोसँग हारे, उनैलाई हराए
०२ जेष्ठ २०७९
•
२ मिनेट पाठ
श्रीप्रसाद जोसँग हारे, उनैलाई हराए
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी मायादेवी राना र नेकपा एमालको श्रीप्रसाद श्रेष्ठको भिडन्त थियो। अन्तिम मतपरिणाम आउदा अध्यक्षमा रानाले चार हजार ५४२ ल्याउदैँ विजयी भइन्। श्रेष्ठ एक हजार ८१ मतान्तरल पराजित भए।  




यसपालि पनि कांग्रेसले राना र एमालेले श्रेष्ठलाई नै अध्यक्षको टिकट दियो। अघिल्लो पटक पराजय भोगेका श्रेष्ठले यसपाली कांग्रेसको दबदबालाई तोड्दै अध्यक्षमा निर्वाचित भएका छन्। सोमबार सार्वजनि अन्तिम मतपरिणाम अनुसार श्रेष्ठले ७१८ मतान्तरले जित दताए गराएका छन्। उनले चार हजार ९५०  मत प्राप्त गर्दा रानाले चार हजार २३२ मत पाईन्। संघीयता कार्यन्वयन पछाडि भएको पहिलो स्थानीय तहको निर्वाचनमा विजयी भएर संस्थापक गाउँपालिका अध्यक्ष बन्ने श्रेष्ठको दाउमा ब्रेक लगाएकी रानाको दोस्रो पटक अध्यक्षमा निर्वाचित हुदैँ काम गर्ने इच्छा अपेक्षाकृत नतिजा हासिल गर्न नसक्दा रोकिएको छ। उनी अघिल्लो पटक तनहुँका १० स्थानीय तहमा निर्वाचित एक मात्र महिला प्रमुख थिइन्।

म्याग्देको अध्यक्षमा निर्वाचित श्रेष्ठ नेकपा एमालेको तनहुँ जिल्ला अध्यक्ष हुन्। ४९ वर्षीय श्रेष्ठ २०३८ सालमा अनेरास्वीयु छैठौँको सदस्यता प्राप्त गर्दै राजनीतिक यात्रामा प्रवेश गरेका थिए। उनी २०५३ सालमा एमाले तनहुँको जिल्ला कमिटी सदस्य भए। सचिवालय सदस्य, कार्यालय सचिव हुदैँ उनी आठौँ महाधिवेशनमा जिल्ला कमिटीको उपाध्यक्ष भएका थिए। यसपाली भएको नवौँ महाधिवेशनबाट उनी जिल्ला कमिटी अध्यक्ष हुन सफल भए। 

गाउँपालिका अध्यक्षमा विजय भएपछि श्रेष्ठले नागरिकर्मीसँग कुरा गर्दै म्याग्देमा रहेको बेतिथीलाई अन्त्य गर्ने बताए। ‘गाउँपालिकाभित्र जुन खालको बेतिथीहरु कायम छ। अस्पष्टाहरु छन्। त्यसको अन्त्य गर्दै स्वस्थ्य स्वच्छ प्रशासनिक सेवा दिनेछु। तटस्थ भुमिका निर्वाहा गर्नेछु। जनतालाई पार्टीको सिमित दायरामा नभइकन आम जनताको अभिभावक बन्नेछु’, उनले भने। सम्बृद्ध र सुखी गाउँपालिकावासी बनाउन पहल गर्ने उनले प्रतिबद्धता जनाए।

उपाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले पाँच हजार ३९ मत ल्याएर विजयी भए। उनका निटतम प्रतिद्धन्दी एमालेकी रत्नादेवी घिमिरेले चार हजार २०० मत पाईन्। अघिल्लो पालि पनि उपाध्यक्षमा यिनै दुईको भिडन्त भएको थियो। तर दुवै पटक नतिजा बालकृष्णको पोल्टामा परेको छ।  गएको निर्वाचनमा बालकृष्णले चार हजार र रत्नादेवीले तीन हजार १५४ मत पाएका थिए। रत्नादेवी दुवै पटक असफल भएकी छन्।

वडा नम्बर १ को अध्यक्षमा एमालेका मणिभद्र वाग्ले, २ मा कांग्रेसका शिवबहादुर क्षेत्री, ३ मा एमालेका टुकराज अधिकारी विजयी भएका छन्। वडा नम्बर ४ मा कांग्रेसका दिपककुमार श्रेष्ठ, ५ मा कांग्रेसका शिवबहादुर आले, ६ मा कांग्रेसका हिरालाल गुरुङ र ७ मा एमालेका बसन्तकुमार श्रेष्ठ विजयी भएका छन्। गत निर्वाचनमा वडा नम्बर २ र ६ मा एमालेले वडाध्यक्षमा जितेको हो। अघिल्लो पटक जितेको वडा नम्बर ६ यसपाली गुमाएको छ।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
२८ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
यो पनि पढौँ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस