रौतहटमा स्थानीय चुनावको क्रममा व्यापक गडबड भएको छ। जिल्लाको विभिन्न पालिकामा दिनभर मतदानको क्रममा तनाव र झडप भएको छ। सोही क्रममा ५ वटा पालिकाको ७ मतदान स्थलको १७ मतदान केन्द्रमा मतदान रद्द भएको छ।
रौतहटको फतुवा विजयपुर नगरपालिका ७, गढीमाई नगरपालिका ३ र ६, यमुनामाई गाउँपालिका १ र २, बौद्धिमाई नगरपालिका २ र ९ र गरुडा नगरपालिका ७ का मतदान स्थलमा रहेका मतदान केन्द्रको मतदान रद्द भएको छ।
यमुनामाई गाउँपालिका १ जेठहरियाका एक मतदान कर्मचारीले मतदानमा गडबड गरेको सूचना आगोझैँ फैलिएपछि स्थानीयले मतपेटिका नै लुटेर भागेको थियो। मतपेटीका लुटेर भाग्दै गर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले मतपेटिका बरामद गरेको छ। निकै होहल्ला भएपछि स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले कम्तीमा ८० राउन्ड हवाई फायर गरेको छ। मतदान स्थलमा रहेका गाउँपालिकाका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद शर्मालाई सुरक्षाकर्मीले उद्धार गरी सदरमुकाम गौर पुर्याएको छ।
यसै गरी यमुनामाई गापा २ भेडियाहीमा मतदानमा गडबड भएको खबर पुगेपछि उत्तेजित स्थानीयबासीले मतपेटिकामा पानी खन्याइ दिएको छ।
यसै गरी बौद्धिमाई नगरपालिका २ र ९ को ५ मतदान केन्द्रमा मतपेटिका तोडफोड भएको खबर छ भने गरुडा नगरपालिका ७ भीमडाबरको शिवशंकर प्रावि ख मतदान केन्द्रको मतपेटिका तोडफोड भएकोले मतदान रद्द भएको छ।
यसै गरी गढीमाई नगरपालिका ३ र ६ वडाको मतदान केन्द्रमा दिउँसै झडप भएपछि स्थगित मतदानलाई रद्द गरिएको छ। गढीमाई नगरपालिकामा दुई पक्षबिच झडप हुँदा दर्जनभन्दा बढी घाइते भएका छन्।
यसै गरी गरुडा नगरपालिका ७ भिमडाबरमा पनि दुई पक्षबिच झडप हुँदा मतपेटिका नै फुटेको छ । मतपेटिका फुटेपछि मतदान रद्द भएको छ।भीमडाबरमा पनि केही मानिस घाइते भएका छन् । साथै गरुडा नगरपालिका ६ मा पनि दुई पक्षबिच ठूलो झडप भएको छ। झडपमा दर्जन जति घाइते भएको स्थानीयको अनुमान छ।
जिल्लामा केही छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण सम्पन्न भएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी गराएका छन्।
सर्लाहीमा ७० प्रतिशत मतदान
यसै गरी सर्लाही जिल्लमा करिब ७० प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी गराएका छन्। सर्लाहीको ११ नगरपालिका र ९ गाउँपालिका गरी २० स्थानीय तहमा दिनभर तनावपूर्ण अवस्थामा झडप हुँदै शान्ति बनाउँदै मतदान कार्य सम्पन्न भएको प्रजिअ गौतमको भनाइ छ। सबै मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेको र मतगणनास्थलमा मतपेटिका पुग्ने क्रम जारी रहेको प्रजिअ गौतमको भनाइ छ।
सर्लाहीको बरहथवा नगरपालिकाको एउटा मतदान केन्द्रका स्थानीयबासीले मतदान रद्दको माग गरेका छन्। आन्तरिक गडबडीले गर्दा करिब तिन सय मत मात्र खसेको सो बुथमा भएको मतदानलाई के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको निर्णय पखेर बसेको प्रजिअ गौतमको भनाइ छ।