भोट खसाल्न सभामुख सापकोटा गृहनगरमा
२९ वैशाख २०७९
•
२ मिनेट पाठ
भोट खसाल्न सभामुख सापकोटा गृहनगरमा
स्थानीय तह निर्वाचनमा मदतान गर्न सभामुख अग्निप्रसाद सापकोटा बिहीबार गृहनगर आइपुगेका छन्। उनी चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता हुन्। स्थानीय सेतीदेवी पञ्चकन्या मावि मतदान केन्द्रमा उनले मतदान गर्ने छन्। सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसाल्ने कार्यक्रम रहेको उनका प्रेसबिज्ञ श्रीधर न्यौपानेले बताए।  




‘गाउँ सरकार चुन्ने चुनावमा भोट खसाल्न उहाँ (सापकोटा) उत्साहित हुनुहुन्छ,’ उनले भने। सभामुख सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा चौतारा नगरमा प्रमुखको उम्मेदवार छन्। उनी मााओवादी–एकीकृत समाजवादी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन्।  

राप्रका नेता पशुपति शम्सेर जबरा पनि मतदान गर्न शुक्रबार सिन्धुपाल्चोक आउँदै छन्। उनी पाँचपोखरी थाङपाल गाउँपालिका–५ बाँसखर्कका मतदाता हुन्। उनले स्थानीय भीमविद्याश्रम मावि केन्द्रमा मतदान गर्ने छन्। राजधानीदेखि मतदान केन्द्र बाँसखर्कसम्म आउन उनले जिल्ला प्रशासन कार्यालयबाट सवारी प्रवेश अनुमति लिइसकेको राप्रपा नेता जितबहादुर भारतीले बताए।  

२०७४ को प्रतिनिधिसभा निर्वाचनअघि जबरा सुनकोसी गाउँपालिकाका मतदाता थिए। उक्त निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नं. २ मा उम्मेदवार बनेपछि उनले मतदान केन्द्र बदलेका हुन्। २०३४ मा सुनकोसीको पांग्रेटारमा घर,घँडेरी किनेर राजनीति थालेका उनी अझै सिन्धुको राजनीतिमा केन्द्रित छन्। उनकी श्रीमती र छोरी देबीयानी राणा पनि बाँखसर्ककै मतदाता हुन्। तर उनीहरुले यो चुनावमा भोट खसाल्ने छैनन्। दुबै अहिले भारतमा रहेको नेता भारतीले जानकारी दिए।  

त्यस्तै एमाले नेता तथा पूर्वमन्त्री अमृत बोहोराले गृहगाउँ त्रिपुरा सुन्दरी गाउँपालिकाको पिस्करबाट मतदान गर्दै छन्। उनकी श्रीमती एमाले नेतृ अष्टलक्ष्मी शाक्य भने यहाँको मतदाता छैनन्। उनी काठमाडौंकी मतदाता हुन्। कांग्रेस केन्दीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत पनि मतदान गर्न गृहनगर आइसकेका छन्। बाह्रविसे गाउँपालिकाका उनले क्षमादेबी मावि केन्द्रबाट मतदान गर्ने छन्।  

एमाले स्थायी समिति सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङ पनि मतदानका लागि गृह नगर आइसकेका छन्। उनले मेलम्ची नगरपालिकाको सिन्धुकोट केन्द्रबाट मतदान गर्ने छन्। उनकी श्रीमती एमाले नेतृ उषाकला राई भने यहाँको मतदाता छैनन्। उनी खोटाङ जिल्लाको मतदाता हुन्।  

बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा पनि मतदानका लागि गृहगाउँ हेलम्बु गाउँपालिका आइपुगेका छन्। उनी किउलका मतदाता हुन्। त्यस्तै मत दिन बागमती प्रदेश सदस्य तथा पूर्वमन्त्री युवराज दुलाल (चौतारा), अरुण नेपाल र सरेश नेपाल (सुनकोसी) पनि आ–आफ्नो जन्मस्थानमा आइसकेका छन्।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
२ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
यो पनि पढौँ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस