स्थानीय तह निर्वाचनः मधेस प्रदेशमा सुरक्षा चुनौती थप्दै अवैध हतियार
२८ वैशाख २०७९
•
४ मिनेट पाठ
स्थानीय तह निर्वाचनः मधेस प्रदेशमा सुरक्षा चुनौती थप्दै अवैध हतियार
सुरक्षा दृष्टिकोणले संवेदनशील मानिँदै आएको मधेस प्रदेशका ८ वटै जिल्लामा अवैध हतियारको कारोबार बढ्दैगएको छ। पछिल्लो समय राजनीतिक सरगर्मी बढेसँगै सीमावर्ती क्षेत्रबाट अवैध हतियार ल्याएर आपराधिक क्रियाकलाप गर्नेको संख्या बढेको प्रहरी अनुसन्धानले नै देखाएको छ।




वैशाख २४ गते बिहान बाराको सिम्रौनगढ नगरपालिका– ९ बसवरियादेखि कचोर्वा जाने सडकबाट अटोमेटिक चाइनिज पेस्तोल, म्याग्जिन र गोलीसहित दुई भारतीय युवकलाई सशस्त्र प्रहरीले पक्राउ गर्‍यो। पक्राउ पर्नेमा भारतको बिहार प्रान्तको मोतीहारी जिल्लाका २३ वर्षीय पपुकुमार यादव र भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह छन्।

सीमावर्ती भारतीय गाँउबाट मोटरसाइकलमा सवार भई नेपाल प्रवेश गरेका दुवै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्ने २ राउण्ड गोली, १ थान म्याग्जिन, २ थान कटुवा पेस्तोल र त्यसको दुई राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार मधेस प्रदेशका ८ जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा ४५ थान अवैध हतियार बरामद भएका थिए भने त्यसमा संलग्न ५७ जना पक्राउ परेका थिए।

आर्थिक वर्ष २०७६/७७ मा ७१ थान अवैध हतियार बरामद भएका थिए भने त्यसमा संलग्न ९२ जना पक्राउ परेको प्रहरी तथ्यांक छ। गतवर्ष ५३ थान अवैध हतियार बरामद भएको र त्यसमा संलग्न ६८ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सीमा मुख्य चुनौती रहेको प्रहरी अधिकारीहरू बताउँछन्। नेपाली–भारतीय अपराधीहरूबीच रहेको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लाहरूमा चुनौतीपूर्ण बनेको छ। पारिका अपराधीबाट वारिका अपराधीले स्वचालित र अर्धस्वचालित हतियार भाडामा ल्याएरसमेत अपराध कर्म गरेको पाइएको छ। यहाँको समाजमा एउटा प्रवृत्ति के देखिएको छ भने घरमा अवैध हतियार राख्दा त्यस्तो हतियार राख्नेले छरछिमेकमा गर्व अनुभव गर्छन्।

मान्छे मार्नभन्दा पनि तर्साउन अवैध हतियार घरमा लुकाएर राख्ने गरेको उनीहरूको भनाइ छ। लुकाउन सजिलो भएकाले साना अवैध हतियार नियन्त्रण उति सजिलो नभएको प्रहरी अधिकारीको अनुभूति छ। करिब चार सय २८ किलोमिटर खुला सीमानाका रहेको प्रदेश २ मा हरप्रहर निगरानी राख्न पनि कठिन छ। अर्को समस्या घरघरमा साना अवैध हतियार खानतलास गर्न कानुनी झन्झट पनि छ। प्रहरीको सक्रियाताले हतियार र हतियारधारी व्यक्ति पक्राउ पर्ने क्रम बढेको देखिन्छ।

विगतमा पनि भूमिगत सशस्त्र समूहकोे जगजगी रहेको मधेस प्रदेशमा बढेको अवैध हतियारको कारोबारले सुरक्षा चुनौती थपेको छ।

स्थानीय चुनावको सरगर्मीले पनि अवैध हतियारको प्रयोग बढेको निष्कर्ष प्रहरीले निकालेको छ। आपराधिक घटना न्यूनीकरणका लागि अवैध हतियारको कारोवार निस्तेज पार्न सुरक्षा निकायको थप सक्रियता आवश्यक देखिन्छ।

खुला सीमा, आपराधिक व्यक्तिहरूको सहज आउजाउ, अवैध हतियारको ओसारपसारको जोखिमका हिसाबले मधेस प्रदेशको सुरक्षा निकायले यहाँनस्थल तथा मतदान केन्द्रको वर्गीकरण गरेको छ। मधेस प्रदेशमा १ हजार ६३ मतदानस्थल र २ हजार ९९ मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा मतदानस्थल तथा मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरिएको हो।

खुला सीमाका कारण ससाना हातहतियारले सुरक्षा चुनौती रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यसका लागि निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि नै पूर्ण रूपमा बोर्डर बन्द गरिने जनाइएको छ।

मधेस प्रदेश प्रहरीले सत्ता गठबन्धन र विपक्षी दलबीच हुनसक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रूपमा विश्लेषण गरेको छ। मधेसमा १ हजार ६३ वटा मतदानस्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेकोमा सबैभन्दा बढी धुनषाका १ सय ८३ वटा मतदान स्थल र ३ सय ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ। सप्तरीमा २ सय ८ मतदानस्थल र ३ सय ८० मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको हो। सिरहामा १ सय ७० वटा मतदानस्थल र ३ सय ८२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

महोत्तरीका १ सय १० मतदानस्थल, २ सय १४ मतदान केन्द्र, सर्लाहीका १ सय ३ मतदानस्थल र २ सय ५ मतदान केन्द्र, रौतहटमा ८३ वटा मतदान स्थल र १ सय ६१ मतदान केन्द्र, बारामा १ सय ४४ वटा मतदान स्थल र २ सय ५६ वटा मतदान केन्द्र र पर्सामा ६२ वटा मतदानस्थल तथा १ सय ६७ मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ।

प्रदेशका ८ सय ८८ वटा मतदानस्थल र १ हजार ६ सय ८६ वटा मतदान केन्द्रलाई संवेदनशील रूपमा वर्गीकरण गरिएको छ। जम्मा २ हजार १ सय ६३ वटा मतदानस्थल र ४ हजार १ सय ८९ वटा मतदान केन्द्र रहेकोमा २ सय १२ वटा मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्रलाई सामान्यमा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
अर्को समाचार
स्थानीय तह निर्वाचनः मधेस प्रदेशमा सुरक्षा चुनौती थप्दै अवैध हतियार
२५ वैशाख २०७९
•
४ मिनेट पाठ
स्थानीय तह निर्वाचनः मधेस प्रदेशमा सुरक्षा चुनौती थप्दै अवैध हतियार
पारिबाट हतियारसहित नेपाल प्रवेश गर्दा सीमामा हतियारसहित पक्राउ परेका भारतीय नागरिक। तस्बिर: नागरिक
सुरक्षा दृष्टिकोणले संवेदनशील मानिदै आएको मधेस प्रदेशका ८ वटै जिल्लामा अवैध हतियारको कारोबार बढ्दै गएको छ। पछिल्लो समय राजनीतिक सरगर्मी बढेसँगै सीमावर्ती क्षेत्रबाट अबैध हतियार ल्याएर आपराधिक क्रियाकलाप गर्नेको संख्या बढेको प्रहरी अनुसन्धानले नै देखाएको छ।




बैशाख २४ गते विहान बाराको सिम्रौनगढ नगरपालिका– ९ बसवरीयादेखि कचोर्वा जाने सडकबाट अटोमेटिक चाइनीज पेस्तोल, म्याग्जीन र गोलीसहित दुई भारतीय युवकलाई सशस्त्र प्रहरीले पक्राउ गर्यो। पक्राउ पर्ने भारतको बिहार प्रान्तको मोतीहारी जिल्लाका २३ वर्षीय पपुकुमार यादव र भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह  छन्।  

सिमावर्ती भारतीय गाँउबाट मोटरसाइकलमा सवार भई नेपाल प्रवेश गरेका दुवै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट चाइनिज पेस्तोल १ थान , त्यसमा लाग्ने २ राउण्ड गोली , १ थान म्याग्जनी २ थान , कटुवा पेस्तोल १ थान र त्यसको दुई राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार मधेस प्रदेशका ८ जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा ४५ थान अवैध हतियार बरामद भएका थिए भने त्यसमा संलग्न ५७ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०७६/७७ मा ७१ थान अवैध हतियार बरामद भएको थिए भने त्यसमा संलग्न ९२ जना पक्राउ परेको प्रहरी तथ्यांक छ। गत वर्ष ५३ थान अवैध हतियार बरामद भएको र त्यसमा संलग्न ६८ जना पक्राउ परेको प्रहरीले जनाएको छ।  

अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सीमा मुख्य चुनौती रहेको प्रहरी अधिकारीहरू बताउँछन्। नेपाली–भारतीय अपराधीहरूबीच रहेको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लाहरूमा चुनौतीपूर्ण बनेको छ। पारिका अपराधिबाट वारिकाले स्वचालित र अर्धस्वचालित हतियार भाडामा ल्याएर समेत अपराध कर्म गरेको पाइएको छ। यहाँको समाजमा एउटा प्रवृत्ति के देखिएको छ भने घरमा अवैध हतियार राख्दा त्यस्तो हतियार राख्नेले छरछिमेकमा गर्व अनुभव गर्छन्।

मान्छे मार्नभन्दा पनि तर्साउन अवैध हतियार घरमा लुकाएर राख्ने गरेको उनीहरूको भनाइ छ। लुकाउन सजिलो भएकाले साना अवैध हतियार नियन्त्रण उति सजिलो नभएको प्रहरी अधिकारीको अनुभूति छ। करिब चार सय २८ किलोमिटर खुला सीमा नाका रहेको प्रदेश २ मा हरप्रहर निगरानी राख्न पनि कठिन छ। अर्को समस्या घरघरमा साना अवैध हतियार खानतलास गर्न कानुनी झन्झट पनि छ। प्रहरीको सक्रियाताले हतियार र हतियारधारी व्यक्ति पक्राउ पर्ने क्रम बढेको देखिन्छ।

विगतमा पनि भूमिगत सशस्त्र समूहकोे जगजगी रहेको मधेस प्रदेशमा बढेको अबैध हतियारको कारोबारले सुरक्षा चुनौती थपेको छ।  

स्थानीय चुनावको सरगर्मीले पनि अवैध हतियारको प्रयोग बढेको निष्कर्ष प्रहरीले निकालेको छ। आपराधिक घटना न्यूनीकरणका लागि अबैध हतियारको कारोवार निस्तेज पार्न सुरक्षा निकायको थप सक्रियता आवश्यक देखिन्छ।

खुल्ला सीमा, अपराधीक व्यक्तिहरुको सहज आउजाउ, अवैध हतियारको ओसारपसारको जोखिमका हिसावले मधेस प्रदेशका सुरक्षा निकायले यहाँका मतदानस्थल तथा मतदान केन्द्रको वर्गीकरण गरेको छ।

मधेस प्रदेशमा १ हजार ६३ मतदानस्थल र २ हजार ९९ मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा मतदानस्थल तथा मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरिएको हो।

खुला सीमाका कारण स–साना हातहतियारले सुरक्षा चुनौती रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यसका लागि निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि नै पूर्ण रुपमा बोर्डर बन्द गरिने जनाइएको छ।

मधेस प्रदेश प्रहरीले सत्ता गठबन्धन र विपक्षी दलबीच हुनसक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रूपमा विश्लेषण गरेको छ।

मधेसमा १ हजार ६३ वटा मतदानस्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरेकोमा सबैभन्दा बढी धुनषाका १ सय ८३ वटा मतदान स्थल र ३ सय ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरिएको छ।

सप्तरीमा २ सय ८ मतदानस्थल र ३ सय ८० मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरिएको हो। सिरहामा १ सय ७० वटा मतदानस्थल र ३ सय ८२ वटा मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

महोत्तरीका १ सय १० मतदानस्थल, २ सय १४ मतदान केन्द्र, सर्लाहीको १ सय ३ मतदानस्थल र २ सय ५ मतदान केन्द्र, रौतहटमा ८३ वटा मतदान स्थल र १ सय ६१ मतदान केन्द्र, बारामा १ सय ४४ वटा मतदान स्थल र २ सय ५६ वटा मतदान केन्द्र र पर्सामा ६२ वटा मतदानस्थल तथा १ सय ६७ मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरिएको छ।

प्रदेशका ८ सय ८८ वटा मतदानस्थल र १ हजार ६ सय ८६ वटा मतदान केन्द्रलाई संवेदनशिलको रुपमा वर्गीकरण गरिएको छ। जम्मा २ हजार १ सय ६३ वटा मतदानस्थल र ४ हजार १ सय ८९ वटा मतदान केन्द्र रहेकोमा २ सय १२ वटा मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्रलाई सामान्यमा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस