सभामुखको नगरमा त्रिपक्षीय टक्कर
२५ वैशाख २०७९
•
४ मिनेट पाठ
सभामुखको नगरमा त्रिपक्षीय टक्कर
सभामुख अग्निप्रसाद सापकोटाको गृहनगर चौतारा साँगाचोकगढी नगरपालिकामा त्रिपक्षी प्रतिस्पर्धा हुने देखिएको छ। सभामुख सापकोटाको नगर हुनुका साथै उनकै भाइ प्रमुख बन्ने दौडमा रहेकाले सदरमुकामसमेत रहेको चौताराको चुनाव राजनीतिको केन्द्र भागमा छ।




चौतारामा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन्। एमाले र कांग्रेस एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा होमिएका छन्। अघिल्लो स्थानीय तह निर्वाचन माओवादीले जितेको नगरसमेत हो चौतारा। यहाँ गठबन्धनबाट माओवादीका कृष्णप्रसार सापकोटा प्रमुख र समाजवादीकी सीता थापा उपप्रमुखको उम्मेदवार छन्। एमालेबाट इन्द्रबहादुर नेपाल प्रमुख र बालकुमारी सापकोटा उपप्रमुखको प्रतिस्पर्धामा छन्। कांग्रेसले प्रमुखमा केशवराज गिरी उपप्रमुखमा तुलसी श्रेष्ठलाई अघि सारेको छ।  

अघिल्लो निर्वाचनमा १ हजार नौ सय मतान्तरले माओवादीका अमानसिं तामाङ प्रमुख चुनिएका थिए। तामाङले ७ हजार ७ सय २९ मत  ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी एमालेका सोम सापकोटाले ५ हजार ८ सय ६ भोट पाएका थिए। ४ हजार १ सय ७४ मत ल्याएर तेस्रो बनेका केशवराजलाई कांग्रेसले यस पटक पनि प्रमुखको उम्मेदवारमा अघि सारेको छ। निकटतम प्रतिस्पर्धी सापकोटा अहिले समाजवादीमा छन्।  

माओवादी उम्मेदवार सापकोटा यहाँ ‘हेभिवेट उम्मेदवार’ मा चिनिन्छन्। उनी केन्द्रीय सदस्य पनि हुन्। उनी सभामुख सापकोटाका कान्छा भाइ हुन्। २०५४ मा जनमोर्चाबाट साविक कुविण्डे गाविस अध्यक्ष जितेका उनी उपाध्यक्षलाई कार्यवाहक दिएर माओवादी आन्दोलनमा भूमिगत भएका थिए। युद्धकालमा उनको गाउँ कुविण्डे ‘रोल्पा’ नामले चिनिन्थ्यो भने उनकै घरलाई पार्टी ‘हेडक्वाटर’ बनाइएको थियो। युद्धमा छोरी गुमाएका उनले सिन्धुपाल्चोक, दोलखा, काभ्रे लगायत जिल्लाको इन्चार्ज चलाएका थिए।  साढे दुई दशकपछि सापकोटा चुनावी मैदानमा ओर्लिएका हुन्।  

एमालेबाट प्रमुखको उम्मेदवार बनेका नेपाल साविक ठूलोसिरुवारी गाविसको अध्यक्ष हुन्। उनी पार्टी बागमती प्रदेश कमिटी सदस्य छन्। कांग्रेसका गिरी लामो समय शिक्षण गरेर राजनीतिमा होमिएका हुन्। प्रदेश समिति सभापति उनी क्रसर व्यवसायी पनि हुन्। माओवादी–समाजवादी गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेकी थापा अघिल्लो निर्वाचनमा एमालेबाट सोही पदमा उम्मेदवार बनेर निकटतम् प्रतिस्पर्धी बनेर पराजित भएकी थिइन्। उनी अहिले समाजवादीमा छिन्। एमालेले उपप्रमुखमा अघि सारेकी सापकोटा जिल्ला समन्वय समितिको निवर्तमान उपप्रमुख हुन्। कांग्रेसले उपमेयरमा अघि सारेकी श्रेष्ठ राजनीतिमा नयाँ अनुहार हुन्।  

बलियो संगठन रहेको र अघिल्लो पटक पनि जितेकाले नगरको नेतृत्वमा पाउनेमा माओवादी ढुक्क जस्तै देखिन्छ। निवर्तमान नगर प्रमुख अमानसिंले बागी उम्मेदवारी फिर्ता लिएपछि माओवादी–समाजवादी गठबन्धन चुनाव जित्नेमा ढुक्क जस्तै देखिएको हो। सभामुखको भाइ प्रमुखको उम्मेदवार हुनुले पनि गठबन्धनलाई फाइदै छ। त्यहीँमाथि केही सय मत रहेको समाजवादीको साथ पाउँदा माओवादी थप हौसिएको छ। ‘नगरमा माओवाी एक्लै लडेर जित्ने सामथ्र्य राख्छ। त्यहीँमाथि समाजवादीको भोट थपिने हुँदा हामी ढुक्क छौँ,’ माओवादी नेता माधव सापकोटाले दाबी गरे।  

नगरमा एमालेले माओवादी गठबन्धनलाई कडा टक्कर दिने देखिएको छ। चुनावी दिन नजिकिँदै जाँदा उसले थप टक्कर बढाउँदै लगेको छ। जिल्लामा जस्तै चौतारा नगरमा एमालकोे संगठन चुस्त छ। त्यही चुस्त संगठन तथा स्थिर कार्यकर्ता र मतदाता एमालेको सशक्त पक्ष हो। केही नेता समाजवादीमा लागे पनि कार्यकर्ताको ठूलो पंक्ति अझै एमालमै रहेकाले पार्टी कमजोर नरहेको एमालेको विष्लेषण छ। एमालेमा आकर्षण बढिरहेको र समाजवादीले कार्यकर्ता लैजान नसकेकाले अघिल्लो चुनावको मतान्तर सजिलै पूर्ति गरेर जित निकाल्ने उसको दाउ छ।  

कांग्रेसले पनि प्रतिस्पर्धामा आफूलाई खरो उतार्दै लगेको छ। यो नगरमा संगठनमा काँग्रेस पनि कमजोर छैन। कांग्रेस पुरानो शक्ति रहेको र यो पटक थपिएका नयाँ मतदातामध्ये अधिकांश पार्टीकै रहेकाले कमजोर नठान्न उसको चेतावनी छ। ‘थपिएका धेरै नयाँ मतदाता हाम्रा छन्। अन्य पार्टी छोडेर कांग्रेस प्रवेश गर्नेको लहर चलिरहेको छ,’ कांग्रेस नगर सभापति इन्द्रलोचन धितालले भने। तर वर्षमा तीन सय ६४ औँ दिन कार्यकर्ता भएर अन्तिम समयमा पार्टीलाई भोट नदिने रोग कांग्रेसमा छ।

१४ वटा वडा रहेको यो नगरमा थपिएकासहित ३८ हजार २ सय ९८ मतदाता छन्। गत निर्वाचनमा चौथो स्थानमा रहेर २ हजार मत नकटाएको राप्रपाले यस पटक प्रमुखमा सुन्तली ढुंगेल र उपप्रमुखमा जितबहादुर भारतीलाई अघि सारेको छ। यहाँ केही अस्थिर मतदातासमेत छन्। त्यस्ता मतदाता र राप्रपा, माले लगायत साना पार्टीको मत आफूहरुतिर आकर्षित गरेर पल्लाभारी हुने रणनीति मुख्य प्रतिस्र्धीले अघि सारेको देखिन्छ।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
२ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
यो पनि पढौँ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस