स्वतन्त्र र साना दलका उम्मेदवार भन्छन्: चिन्ता नयाँ पुस्ताको छ, मत चाँही पुरानालाई दिने?
२५ वैशाख २०७९
•
७ मिनेट पाठ
स्वतन्त्र र साना दलका उम्मेदवार भन्छन्: चिन्ता नयाँ पुस्ताको छ, मत चाँही पुरानालाई दिने?
बायाँबाट क्रमश: स्वतन्त्र उम्मेद्वार शुशिल थापा क्षेत्री,स्वतन्त्र उम्मेद्वार बालेन शाह, परिवार दलका केन्द्रीय सदस्य डा.पियारत्न महर्जन,रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य।
काठमाडौं महानगरपालिकामा ५६ जनाले मेयर पदका लागि उम्मेदवारी दिएका छन्। मेयरका स्वतन्त्र उम्मेदवार मात्र ३५ जना छन् भने  दलबाट जम्मा २१ जनाले उम्मेदवारी दिएका छन्।    




यस्तै उपमेयरमा उम्मेदवारी दिएका ३१ जनामध्ये १९ जना स्वतन्त्र उम्मेदवार हुन्। मेयर र उपमेयरमा दलिय भन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी छ। तर चर्चा दलिय उम्मेदवारहरुकै बढी भइरहेको देखिन्छ। जबकी कुनैपनि पक्षबाट दलिय उम्मेदवारको तुलनामा अधिकांश स्वतन्त्र उम्मेदवार कमजोर देखिदैनन्।  

काठमाडौंका मेयरका उम्मेदवारहरु अन्य महानगरपालिकाको तुलनामा बढी चर्चित छन्। सत्ता गठबन्धन र प्रतिपक्षी दलकोतर्फबाट उठेका उम्मेदवार चर्चा हुनु स्वभाविक हो। तर, स्वतन्त्र र अन्यपार्टीबाट उठेका केही उम्मेदवारहरुको पनि चर्चा छ। स्वतन्त्रतर्फ पनि महानगर हाँक्न सक्ने उम्मेदवार नभएका होइनन्, छन्। र, उनीहरुको चर्चा पनि छ। तर जितको नजिक दलिय उम्मेदवार भएकाले स्वतन्त्र उम्मेदवारहरु छाँयामा छन्।    

महानगरमा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका केशव स्थापित, गठबन्धनको समर्थनमा उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंह, साझा विवेकशील पार्टीकी समीक्षा बाँस्कोटा र स्वतन्त्र उम्मेदवार बालेन शाहलाई मेयर पदको मुख्य प्रतिस्पर्धीकोरुपमा हेरिएको छ। अन्य मेयर उम्मेदवारहरुको तुलनामा यीनीहरुको चर्चा बढि छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएका मदनदास श्रेष्ठ पनि यस दौडमा सामिल छन्। त्यस्तै सबैभन्दा धेरै पटक रक्तदान गरेका स्वयंसेवी तथा रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य पनि मेयरका उम्मेदवार बनेका छन्। 

स्वतन्त्र मध्येका एक बालेन्द्र शाह (बालेन) ले नागरिक न्यूजलाई आफ्नो प्रतिस्पर्धी कोही नभएको बताउँछन्। युवा पुस्तामा यीनको चर्चा सुनिन्छ। उनले नयाँ पुस्ताको चिन्ता गरेर पुरानो पुस्तालाई मतदान गर्न नहुने तर्क गर्छन। ‘राजनीतिक दल र नेताहरुलाई गाली गर्नुको कारण देख्छु, नयाँ पुस्ताको चिन्ता। अहिलेको पुस्ताले परिवर्तन ल्यायो। जनताको छोराछोरी शासनसत्तामा पुग्ने भए। अब छोराछोरीको भविष्यको चिन्ता छ’, उनी भन्छन्, ‘शिक्षा र स्वास्थ्यमा परिवर्तन चाहिएको छ। आशा छ, नयाँ पुस्ताको चिन्ता गर्नेहरुले नयाँ पुस्तालाई नै भोट दिनुहुन्छ।’

यता नेपाल पार्टीबाट उम्मेदवारी दिएका कर्माचार्य मुख्य दलका प्रतिनिधिहरुले काम गर्न नसकेपछि केही गर्छु भनेर आफू मेयरको प्रतिस्पर्धामा उत्रिएको बताँउछन्। ‘अन्यदलका प्रतिनिधिहरुलाई हामीले धेरै सहयोग गर्‍यौं, तर ती प्रतिनिधीहरुले प्रभावकारी काम गर्न सकेनन्। समान्य भन्दा समान्य काम पनि नभएको देख्दा आफैँले उम्मेद्वारी दिएको हुँ,’ उनले भने। काठमाडौंमा गर्नै पर्ने कामहरुको विषयमा उनले ३२ बुँदे समाधान पत्र जारी गरेका छन्।

 जसमा आगलागी नियन्त्रणका लागि भित्री शहरमा पाइप लाईन विस्तार गर्ने, निशुल्क एम्बुलेन्सको व्यवस्था, अनलाइन बैठक गर्ने, डिजिटल प्रशासन बनाउने, सांस्कृतिक शहर निर्माण गर्ने, व्यक्तिगत घटना दर्ताका आवश्यक कागजात घरमै पुर्‍याउने, सुकम्बासी समस्या समाधान गर्ने, निःशुल्क सार्वजनिक शौचालय, सार्वजनिक स्थलमा निःशुल्क खानेपानी, ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रको स्थापना, दीर्घरोगीलाई घरघरमा स्वास्थ्य परीक्षण जस्ता अजेण्डालाई उनले समाधान पत्रमा उल्लेख गरेका छन्।  

काठमाडौंका मेयर पदका अर्का उमेद्वार हुन् नेपाल परिवार दलका केन्द्रीय सदस्य डा.पियारत्न महर्जन। सामाजिक शिक्षामा विद्यावारिधी गरेका महर्जनले अन्य मुलुकको सहरहरुको तुलनामा काठमाडौंको अपेक्षित विकास हुन नसकेकाले आफुले उम्मेदवारी दिएको उनी बताउँछन्।  

‘काठमाडौंमा भ्रष्टाचाररहित नेतृत्वको आवश्यकता छ र त्यसको लगि म उपयुक्त उम्मेद्वार हो भन्ने लाग्छ, महर्जनले भने। उनले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौंलाई प्रविधिमैत्री सहर बनाउने, ढल व्यवस्थापन गर्ने, काठमाडौंलाई संग्रहालयको रुपमा विकास गर्ने, फोहोरलाई मोहोरमा परिणत गर्ने, विद्युतिय सवारीसाधन तथा मेट्रोरेल सञ्चालन गर्ने लगायतका ११ वटा ऐजेण्डाहरु उल्लेख गरेका छन्। यस्तै स्वतन्त्र मेयर पदमा उम्मेदवारी दिएका अर्का व्यक्ति हुन् शुशिल थापा क्षेत्री। ‘हिलिङ्ग काठमाडौं’ अर्थात् महानगरको पुर्नजिवन भन्ने स्लोकसहित उनी अगाडि बढेका छन्। ‘काठमाडौंको मुटु, कलेजो, फोक्सो सबै बिरामी छ, सम्पदाहरु टावरले छोपिएका छन्, बजेटको व्यवस्थापकीय पक्ष कमजोर छ, यी सबै क्षेत्रको पुर्नजीवनका लागि नै मेरो उम्मेदवारी हो’, थापाले भने।

काठमाडौं महानगरपालिकामा एउटै पार्टीका उम्मेदवारले ५ वर्षसम्म के-के परिवर्तन गरे, र अब पनि त्यही पार्टीका अर्का प्रतिनिधिले परिर्वतन् ल्याउँछन् भनेर आश हामीले गर्ने हो र?’, उनले भने, ‘काठमाडौंमा वास्तविकरुपमा परिर्वतन ल्याउन, दलको भन्दापनि विकास गर्न सक्ने, शैक्षिक र व्यवस्थापकीय योग्यता भएको व्यक्तिको खाँचो छ, र म त्यसको लागि एक योग्य उम्मेदवार हुँ जस्तो लाग्छ।'  

स्वास्थ्य क्षेत्रमा विगत ३० वर्षदेखि क्रियाशिल थापाले गुणस्तर व्यवस्थापन प्रणालीको ६ सिग्मामा ‘ब्लाक बेल्ट’ प्राप्त गरेका छन्। उनले आफुले मेयर पदमा जितेमा १२ महिनामा १६ वटा काम गर्ने गरी ४ खब्बे नीतिसहितको योजना बनाएका छन्। 

प्रदुषण ४० प्रतिशतले घटाउने, ‘जिरो वेस्ट म्यानेज्मेन्ट सिस्टम’ लागु गर्ने, ३२ वटै वडामा सफा शौचालयको व्यवस्थापन गर्ने, खुल्ला व्यायाम स्थल सञ्चालनमा ल्याउने र यी सबै काम गर्न क्षेत्र अनुसारको १५ जना विज्ञहरुको सल्लाह बमोजिम काठमाडौंको विकास गर्ने योजना रहेको उनले बताएका छन्।

महानगरपालिकाका मेयर पदमा बिभिन्न दल तथा स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका उम्मेदवारहरु यस प्रकार छन्।

१) अमोट महर्जन (स्वतन्त्र)

२) आनन्दराज जोशी (राष्ट्रिय यथार्थवादी पार्टी नेपाल)

३) इन्द्रमणि कपाली (स्वतन्त्र)

४) उमेश कुमार सिंह (स्वतन्त्र)

५) काजीलाल श्रेष्ठ (नेपाल कम्युनिष्ट पार्टी समाजवादी)

६) कान्ति तुलाधर (बज्राचार्य) (स्वतन्त्र)

७) किरण रञ्जित (स्वतन्त्र)

८) केशव स्थापित नेपाल कम्युनिष्ट पार्टी (एमाले)

९) जेठा महर्जन, (स्वतन्त्र)

१०) ज्ञानु लामा तामाङ्, (स्वतन्त्र)

११) डिल्लीराम राजभण्डारी, (सचेत नेपाली पार्टी)

१२) दानिन्द्र जोशी, (लोकतान्त्रिक समाजवादी पार्टी नेपाल)

१३) दिपक सिलबाल, (स्वतन्त्र)

१४) निमकान्त पाण्डे,(स्वतन्त्र)

१५) निश्चल जोशी (नेपाली जनता दल)

१६) न्हुज मानन्धर (स्वतन्त्र)

१७) पिया रत्न महर्जन (नेपाल परिवार दल)

१८) प्रणेश बहादुर मल्ल (स्वतन्त्र)

१९) प्रेमसागर कर्माचार्य (उन्नत लोकतन्त्र पार्टी)

२०) बच्पन राज श्रेष्ठ (स्वतन्त्र)

२१) बाबुराजा संगत (स्वतन्त्र)

२२) भक्तराज भुषाल (नेपाली कांग्रेस) (वि. पी.)

२३) मदनदास श्रेष्ठ (राष्ट्रिय प्रजातन्त्र पार्टी)

२४) मधुसुदन खड्का (के. सी.) (स्वतन्त्र)

२५) मनिष श्रेष्ठ (स्वतन्त्र)

२६) मनोज राज आचार्य (मौलिक जरोकिलो पार्टी)

२७) महेन्द्र प्रजापती (स्वतन्त्र)

२८) रञ्जितमान शाक्य (स्वतन्त्र)

२९) रवि कान्त मानन्धर (स्वतन्त्र)

३०) राजन  कार्की (स्वतन्त्र)

३१) राजेन्द्र बस्नेत (स्वतन्त्र)

३२) रामबहादुर खड्का (नेपाल समावेशी पार्टी)

३३) राहुल मानन्धर (स्वतन्त्र)

३४) रुपा सुवाल (आमुल परिवर्तन मसिहा पार्टी, नेपाल)

३५) रोशन शाही (स्वतन्त्र)

३६) बालेन्द्र शाह (स्वतन्त्र)

३७) विजय प्रकाश सैजु नेपाः राष्ट्रिय पार्टी (स्वतन्त्र)

३८) विजय मानन्धर (स्वतन्त्र)

३९) विनय स्थापित (स्वतन्त्र)

४०) विपिन राज वैद्य (स्वतन्त्र)

४१) शैलेन्द्रमान श्रेष्ठ (स्वतन्त्र)

४२) सन्देश शाक्य (स्वतन्त्र)

४३) समीक्षा बास्कोटा (विवेकशील साझा पार्टी)

४४) सरिता घिमिरे (नेपाल जनता पार्टी)

४५) नरेन्द्र बज्राचार्य (स्वतन्त्र)

४६) सिर्जना श्रेष्ठ (नेपाली कांग्रेस)

४७) सीता तामाङ् (मंगोल नेशनल अर्गनाइजेसन)

४८) सुनिल श्रेष्ठ (स्वतन्त्र)

४९) सुमन सायमी (स्वतन्त्र)

५०) सुरज श्रेष्ठ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)

५१) सुरेन्द्र महर्जन (नेपाल मजदुर किसान पार्टी)

५२) सुरेश रत्न बज्राचार्य (आधुनिक नेपाल समाजवादी पार्टी)

५३) शुशिल थापा क्षेत्री (स्वतन्त्र)

५४) सूर्य थापा (श्रेष्ठ) (स्वतन्त्र)

५५) शैलेश ढुङ्गाना (स्वतन्त्र)

५६) स्वइट थापा (स्वतन्त्र)
अर्को समाचार
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
१६ मिनेट अघि
•
१ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।




पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।

सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।

यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।

लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।

राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।

प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।

राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।

शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस