स्थानीय तह निर्वाचनः अवैध उत्खननबाट मुक्ति दिलाउनेलाई भोट
२५ वैशाख २०७९
•
३ मिनेट पाठ
स्थानीय तह निर्वाचनः अवैध उत्खननबाट मुक्ति दिलाउनेलाई भोट
अवैध उत्खननले खण्डहर बन्दै धनगढीमाई नगरपालिकाको बसोबास क्षेत्र। तस्विरःमिथिलेश/नागरिक
सिरहाको धनगढीमाई नगरपालिका–८ महुलियाटोलका ६३ वर्षीय विश्वनाथ यादव चार वर्षदेखि बेचैन छन्। यादवको बेचैनीको कारण यस भेगमा जारी ग्राभेल उत्खनन हो। र, कारक यस नगरपालिकाका निर्वतमान जनप्रतिनिधि। चार पुस्तादेखि बस्दै आएको थातथलो छोडेर भाग्नुपर्ने अवस्था निम्तिनुमा जनप्रतिनिधिलाई जिम्मेवार मान्छन् यादव। 




बस्तीको चारैतिर नगरपालिकाका तत्कालिन प्रमुखको मन्जुरीमा खानी माफियाहरुले ठूलाठूला खाल्डो खनेर घरखेत नै उजाड बनाइसकेको उनी बताउँछन्। ‘गाउँमा सरकार आएपछि निमुखा जनतालाई राहत पुग्ने काम गर्छ सोचेको थिएँ’ यादवले भने,‘स्थानीय सरकार निमुखाको जनतालाई राहत होइन आहत पो दिए। बस्ती डुबाउने, बिस्ताथापित हुनेगरी भैरहेको उत्खनन रोकेर हामीलाई उद्धार गर्नुहोस हजुर भन्दा न वडा अध्यक्षले सुने न सरकार प्रमुख मेयरले नै उनी भन्छन्,‘यसपालीको चुनावमा दोहनकारी र माफियाँका संरक्षकलाई मोट हाल्दैनौं। घरखेत तहसनहस पारिदिएर उठिबासका लागि बाध्य बनाउनेलाई फेरि कसरी हामी मुखिया चुन्न सक्छौ,उनले भने।’ जनबन (मजदुरी) गरेर गुजारा चलाउँदै आएका महुलियाटोलका अवधेश यादव भन्छन्,‘सरकार निमुखाका लागि हुन्छ भनेर सुनेको थिए तर, त्यो गलत रहेछ। यहाँको सरकारको रबैया अनुभूत गर्दा लाग्यो धनहुनेका लागि नै सरकार हो।’ प्राकृतिक सम्पदाको उत्खनन् बस्ती उझाड्ने गरि हुनुहुन्न तर, यहाँ हाम्रो बस्तीलाई बिस्थापित गर्नेगरि उत्खनन भैरहँदा स्थानीय सरकार रमिते बनीरह्यो उनले भने,‘यसपालीको चुनावमा यहाँको मत रमिते र माफियाँका संरक्षकको विपक्षमा पोखिन्छ।’  

प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन भइरहँदा पनि चुपचाप बसिरह्नेहरुलाई हामीले राम्रो चिनेका छौं यादवले भने,‘यसपाली हामी असल मुखिया चुन्छौं। जसले हाम्रो दुःखमा हामीसँगै उभिन सकोस्, उनले भने।  साढे चार वर्षमा यहाँ भएको तीव्र उत्खननले यो क्षेत्र खण्डहर बनिसकेको छ। यस अवधिमा यहाँ सबैभन्दा बढी फस्टाएको क्रसर र खानी हो स्थानीय रामदेव यादवले बताए। बस्तीको बीच र खोलानदीको डिलमा क्रसर खुलेका छन्। बस्ती क्षेत्रमा खानी संचालन गरिएका छन्। यस अवधिमा जनप्रतिनिधिहरु आम जनताका लागि नभएर बलियाका लागि काम गरेको उनी बताउँछन्। 

खानी र क्रसरको बिगबिगीका कारण खेती जमिनहरु मरुभूमिमा परिणत हुँदै छ। अबैध उत्खननका कारण जोगियाटोल, लामाटोल, महुलियाटोल, महुवाडाँडा, लगडीबालाटोल, महतोटोल प्रत्यक्षरुपमा प्रभावित छन्। यी टोलाको चारैतिर तीव्र उत्खननका कारण मानवबस्तीलाई डिलमा उभिएको छ। बाटोघाटो, कुलो, पैनी सबै उत्खननको चपेटमा परेर खण्डहर बनेको छ, बन्दैछ।  

यस क्षेत्रबाट हरेक दिन करिब एक हजार टिपर ग्राभेल उत्खनन गरी सिरहा, सप्तरी, सुनसरी र धनुषाको ढल्केवरसम्म आपूर्ति हुने गरेको छ। त्यस किसिमको दोहनले प्रदूषणसँगै प्राकृतिक प्रकोप र दुर्घटनासमेत बढाएको स्थानीय बताउँछन्। राजमार्गभन्दा उत्तरतर्फ प्राकृतिक खतरा बढाएर बस्ती नै विस्थापित हुनेगरी अनियन्त्रित दोहनले सीमित व्यक्तिलाई फाइदा भए पनि आमजनता पिरोलिएका छन्। अनियन्त्रित दोहनका कारण आँप र अन्य बालीनालीका लागि उर्वर मानिएको उत्तरी क्षेत्र खण्डहर बन्दै गएको छ।

बस्तीकोबीच भागमा अनियन्त्रित उत्खनन गरी खहरे खोलाजस्तो बनाइदिएपछि बस्ती बाढीपहिरोको जोखिमामा परेको स्थानीय बताउँछन्। ग्राभेल ढुवानी गर्ने टिपरले उडाउने धुलोले स्थानीय आजित बनेको स्थानीय बताउँछन्।  

यसपाली धनगढीमाई नगरपालिकाको नेतृत्वका लागि निवर्तमान मेयर हरिनारायण चौधरी पुनः माओवादी केन्द्रबाट मेयर उम्मेदबार बनेका छन्। नेपाली कांग्रेसका सिरहा सभापति रामचन्द्र यादव, नेकपा एमालेका शिवशंकर महतो , नेकपा(एस) र जसपा गठबन्धनबाट उत्तरबहादुर मगर चुनावी मैदानमा उत्रेका छन्।  

यस नगरपालिकाको नेतृत्वका लागि चुनावी मैदानमा उत्रेका उम्मेदवारहरुमध्ये शिवशंकर महतो निजी स्कुल सञ्चालक हुन। जातीय र संगाठनीक र व्यक्तित्वको मतभारको हिसावले उनी अब्बल देखिएका छन। उनीलाई उछिन्न नेपाली कांग्रेस र नेकपा माओवदी केन्द्रका उम्मेदवार प्रतिस्पर्धामा छन्।
अर्को समाचार
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
२ मिनेट अघि
•
१ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्देशन दिएका छन्।




शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षण अवधिभर मोबाइल प्रयोग नगर्न र अनुशासन पालना गर्न निर्देशन दिएका हुन्।

लामिछानेले प्रशिक्षणको सबैभन्दा महत्त्वपूर्ण पक्ष अनुशासन भएको बताए। पार्टीमा अनुशासन नभए राजनीतिक जीवनलाई व्यवस्थित रूपमा अघि बढाउन नसकिने उनको भनाइ छ।

उनले प्रशिक्षण अवधिभर सहभागीले मोबाइल फोन बन्द गर्नुपर्ने र आयोजकले अनुमति दिएको समयबाहेक पार्टीका अन्य बैठकमा पनि मोबाइल प्रयोग गर्न नपाइने बताए।

‘यो पुरै सेसनभरि हामी अहिले तपाईंले उठाइरहनुभएको टेलिफोन प्रयोग गर्दैनौँ। अहिले मात्र होइन, रास्वपाको कुनै पनि कार्यक्रममा आयोजक कमिटीले अनुमति दिएकोबाहेक बैठकमा हामी टेलिफोन प्रयोग गर्दैनौँ,’ उनले भने।

उनले सहभागीलाई फोन बन्द गरेर प्रशिक्षणमा ध्यान दिन आग्रह गरे। फोन चलाउने, अनावश्यक कुराकानी गर्ने र बारम्बार आवतजावत गर्ने गतिविधि रोक्नुपर्ने उनको निर्देशन थियो।

लामिछानेले अनुशासन पालना नगर्ने सहभागीको पार्टीले रेकर्ड राख्ने र त्यसको मूल्यांकन हुने चेतावनीसमेत दिए।

‘जसले यो सामान्य अनुशासन पालना गर्दैन, पार्टीले त्यस्ता साथीहरूको रेकर्ड राख्छ र त्यसको कुनै न कुनै ढंगले मूल्यांकन अवश्य पनि हुनेछ,’ उनले भने।

उनले प्रशिक्षणमा सिकेका विषयलाई राम्रोसँग बुझेर आफ्नो क्षेत्र र टोलमा गएर अरूलाई सिकाउन पनि सहभागीलाई निर्देशन दिए।

प्रशिक्षण कार्यक्रममा सहभागीले मोबाइलको सट्टा फाइलमा आवश्यक विषय टिपोट गर्नुपर्ने र प्रश्न तथा जिज्ञासा राख्दा हात उठाएर पालैपालो बोल्ने अभ्यास गर्नुपर्ने उनले बताए।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस