उम्मेदवारका एजेण्डा उस्ताउस्तै
२४ वैशाख २०७९
•
३ मिनेट पाठ
उम्मेदवारका एजेण्डा उस्ताउस्तै
यतिबेला स्थानीय तहमा चुनावी सरगर्मी निकै बढेको छ। उम्मेदवार जनताको घरदैलोमा व्यस्त छन्। चुनाव जित्न जनमाझ जाँदा लोकप्रिय एजेण्डा बनाउने उम्मेदवार निर्वाचित भएपछि कति कार्यान्वयन गर्छन् वा गर्दैनन् त्यो पछिको पाटो भए पनि अहिले जनताले पनि कसले लोकप्रिय र प्रमुख रूपमा कस्ता एजेण्डा उठाएका छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ।




कैलालीको टीकापुर नगरपालिकामा विभिन्न राजनीतिक दलबाट चुनाव लडेका उम्मेदवार हुन् वा स्वतन्त्र सबैका चुनावी एजेण्डामा खासै भिन्नता देखिएको छैन। सबै उम्मेदवारले विकास, समृद्धि र सुशासनलाई पहिलो प्राथमिकतामा राखेका छन्।

तीन दलीय गठबन्धन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट टीकापुर नगरपालिका प्रमुखका साझा उम्मेदवार नवराज रावलले पाँच वर्षमा १० वटा गौरवका आयोजनालाई चुनावी एजेण्डाका रूपमा अगाडि सारेका छन्।

रावलले विकास, समृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारलाई नै बढी जोड दिएको पाइन्छ। प्रत्येक वर्ष टीकापुरमा लगानी सम्मेलन गरेर औद्योगिक क्षेत्रको विकासलाई अगाडि बढाउने र समग्र टीकापुरलाई समृद्धिको क्षेत्रमा अगाडि बढाउन नगरपालिकाको नेतृत्वमा आफू आउनुपर्ने बताउँछन्।

‘पहिलो प्राथमिकता भनेकै नगरपालिकाको विकास र सुशासन हो। जहाँ सुशासन हुन्छ त्यहाँ अन्य कुराले प्राथमिकता पाइहाल्छन्’, नगरप्रमुखका उम्मेदवार रावलले भने,‘एजेण्डा बनाएर मात्रै पनि जनताको विश्वास जित्न सकिने अवस्था अहिले छैन। पहिलेको जस्तो निर्वाचन सहज देखिँदैन तर पनि हामीले समुदायमा आजसम्म गरेको कामको मूल्यांकन गरेर नगरपालिकाको नेतृत्व गर्ने अवसर पाइनेमा ढुक्क छौं।’

त्यस्तै एमालेबाट नगरपालिका नगरप्रमुखका उम्मेदवार श्याम खत्रीले टीकापुरको विकासका लागि एघार खम्बे विकास योजनालाई अगाडि सारेका छन्। उनको पनि जनतामाझ भोट माग्न जाँदा नागरिकलाई भन्ने कुरा विकास र सुशासन नै हो। उनले सार्वजनिक गरेको घोषणापत्रमा समेत विकास, समृद्धि, सुशासन, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकताका साथ उठाएको बताउँछन्।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि एमालेको तर्फबाट नगरप्रमुख पाएको बताउँदै खत्रीले  कोभिडका कारण वर्तमान स्थानीय सरकारले चाहेको काम गर्न नसकेको बताए। टीकापुर नगरपालिकाका स्वतन्त्रबाट प्रमुखका उम्मेदवार ललित थापा जनताका लागि बिनास्वार्थ काम गर्न उम्मेदवारी दिएको बताउँछन्।

उनले पनि ३१ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्। पौरखी किसानका नामले चिनिएका थापा २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव लडेका थिए। उनी नेकपा एमालेका तपेन्द्रबहादुर रावलसँग पराजित भएका थिए। उनले सार्वजनिक गरेको घोषणापत्रमा पनि विकास, समृद्धि र सुशासनलाई विशेष प्राथमिकता दिइएको छ।

कृषि, रोजगार, प्राविधिक शिक्षालाई समेत थापाले जोड दिएका छन्। ‘म कर्म गरेर खाने किसान हो। टीकापुरवासीले स्थानीय सरकारको अनुभूति हुने गरी काम गर्ने छु। त्यसका लागि म कटिबद्ध छु’, थापाले भने, ‘टीकापुरमा कृषि क्षेत्रको विकास हुन सकेन भने समृद्धिको सम्भावनालाई पनि साकार पार्न सकिने अवस्था छैन। पहिलो आधार हाम्रो लागि कृषि हो।’

नागरिक उन्मुक्ति पार्टीबाट नगरपालिकाको प्रमुखका उम्मेदवार रामलाल डगौंरा थारूले पनि आफूहरूको मुख्य एजेण्डा शान्ति, विकास, समृद्धि र सुशासन नै रहेको बताए। उनले अहिलेको असमानतालाई समानतामा ल्याएर सामाजिक सद्भाव कायम गर्न सकेपछि मात्रै विकास, समृद्धि र सुशासनलाई प्रभावकारी बनाउन सकिने बताएका छन्।

उनले केही सीमित व्यक्तिको बीचमा नेतृत्व घुम्ने भएका कारण पनि टीकापुरको विकासमा समानता नभएको बताउँदै विकासलाई आवश्यकताका आधारमा निर्धारण गरिने बताए। अन्य राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले पनि विकास, समृद्धि र सुशासनलाई विशेष महत्व दिएको पाइन्छ।  
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
६ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
यो पनि पढौँ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस