उम्मेदवारी दर्तामा दलहरूको समानता चरित्र देखिएन
२३ वैशाख २०७९
•
५ मिनेट पाठ
उम्मेदवारी दर्तामा दलहरूको समानता चरित्र देखिएन
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मनोनयन दर्तामा दलहरू संविधानको व्यवस्था कार्यान्वयनमा उदासीन देखिएका छन्। संविधानको प्रस्तावना, मौलिक हक र राज्यले निर्देशित गरेको सिद्धान्त र नीति विपरीत दलहरूले स्थानीय तहको उम्मेदवारी दर्ता गराएको राजनीतिक विश्लेषकहरूको विश्लेषण छ।




महिला, मधेशी, दलित, अपाङ, अल्पसंख्यक, पछाडि पारिएको वर्ग, मुस्लिम, जनजाति गरी आठ वटा क्लस्टर निश्चित गरी यी समुदायलाई राज्यले मूल प्रभावमा ल्याउने संविधानको व्यवस्था छ। यही व्यवस्था अनुसार लोकसेवा आयोगदेखि राज्यको सबै निकायमा  काम कारबाही संघीय र प्रादेशिक स्तरमा अघि बढेको छ।

तर, वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा संविधानको यो व्यवस्थालाई राजनीतिक दलहरूले लत्याएर आफ्नो राजनीतिक स्वार्थलाई नै माथि राखेको दलको उम्मेदवार दर्ताको तथ्यांकले प्रष्ट पारेको छ। संविधानको धारा ३८ मा राज्यको सबै निकायमा महिला समानुपातिक समावेशीको सिद्धान्तको आधारमा सहभागिता गराउने व्यवस्था छ।

यही व्यवस्थालाई मध्यनजर गर्दै संघीय संसदमा ३३ प्रतिशत महिला पुर्‍याएको छ। तर स्थानीय तहको निर्वाचनमा दलहरूले महिला सहभागिता खुम्चाएका छन् भने संविधानको अन्य क्लस्टरलाई समेट्न सकेका छैनन्। स्थानीय तहको प्रमुखमा कुल ९४ प्रतिशत पुरुष उम्मेदवार छन् भने ६.४७ प्रतिशत मात्र महिला उम्मेदवार रहेको तथ्यांक निर्वाचन आयोगले उपलब्ध गराएको छ।

अर्थात् प्रमुख पद मेयर र अध्यक्ष पदमा ५ हजार ९ सय ४६ पुरुष उम्मेदवार छन् भने महिला ३ सय ८४ मात्र अर्थात् ६.४७  प्रतशत महिला प्रमुख पदमा रहनु भन्नुनै दलहरुले संविधान कार्यान्वयन प्रति उदासीन भएको प्रमाण बनेको राजनीतिक विश्लेषक राजेश अहिराजको विश्लेषण छ।

मेयरमा पुरुष ३ हजार ९ जना उम्मेदवार छन् भने महिला २ सय २९ जना मात्र। यसैगरी अध्यक्षमा पुरुष २ हजार ९ सय ३७ रहेकोमा महिलाको संख्या १ सय ५५ मात्र छ। उनले यसपटक गठबन्धनको नाममा महिला, दलित, अपाङ, पिछडा वर्ग, जनजनति, मधेसी, मुस्लिम, अल्पसंख्यकलगाएत संविधानले अधिकार निश्चित गरेको वर्ग समुदायलाई दलहरूले निर्लज्ज तरिकाले पन्छाएको तर्क गरे।

‘स्थानीय तहको निर्वाचनमा राज्यको मूलधारमा ल्याउने वर्ग तथा समुदायहरु महिला, दलित, जनजाति, मुस्लिम, मधेशी, अल्पसंख्यक, अपाङ र पछाडि पारिएका समुदायलाई प्रशिक्षित हुने सुनौलो अवसर हो,’ राजनीतिक विश्लेषक अहिराजले नागरिकसँगको कुराकानीमा भने ‘यी समुदायहरुका प्रतिनिधिहरु चुनावमा उम्मेदवार भइ जितेर स्थानीय पालिकाहरूमा काम गरेर, सिप सिकेर राजनीतिमा प्रशिक्षित जनशक्ति तयार हुन्थ्यो। यिनै जनशक्ति देशको राष्ट्रिय राजनीतिमा लागेर आफूले हासिल गरेको व्यवहारिक ज्ञान र सिपको आधारमा दक्षता प्रयोग गरि काम गर्थे।’

उनले औल्याए, ‘पुरुषभन्दा महिला इमान्दार र कामप्रति बफादार भएको कारण भ्रष्टाचार पनि काम भएको तथ्यांक यसअघि पनि सार्वजनिक नै छ। दलहरूले गठबन्धनको नाममा महिला, दलित, जनजाति, पिछडा वर्गालगाएतलाई अहिले बहिष्कार गरेको देखियो। यो चुनावमा दलको उम्मेदवारी संविधान अनुसार छैन।’ उनले गठनबन्धन गरी विद्यार्थीले परीक्षा दिन मिल्छ? भन्दै प्रश्न पनि गरे।

संविधानले लैंगिक समानता र समावेशीकरणको व्यवस्थालाई जोड दिएको छ। संविधानको धारा ४० ले राज्यको सबै निकायहरूमा समानुपातिक र समावेशी सिद्धान्त अनुसार दलित समुदायको सहभागिता सुनिश्चित गरेको छ। तर ऐनले बाध्य पारेको वडा सदस्य पद बाहेक माथिको पदमा दलित समुदायको उम्मेदवारी दलहरुले छाँयामा पारेको विश्लेषण अर्का राजनीतिक विश्लेषक मुमाराम खनालको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालका अनुसार देशभरि कुल ६ हजार ७ सय ४३ वडामा दलित सदस्य अनिवार्य रहने व्यवस्था भए पनि हालसम्म १ सय ७० वडामा मनोनयन भएको छैन। ‘क्लस्टर भित्रका समुदायहरूमा दलहरू भित्र योग्य उम्मेदवार नभएका होइनन् तर पार्टीलेनै मध्यनजर गरेनन्,’ राजनीति विश्लेषक मुमाराम खनालले भने, ‘जहाँ गठबन्धन छैन त्यहाँ पनि बाध्यकारी नियम अनुसार महिला उपप्रमुख उठाइएको छ। माथिलो पदमा छैन। महिला सहभागिता कम हुनुनै संविधानको उपेक्षा हुनु हो।’

उनको विश्लेषण छ, ‘जस्तै निर्वाचन आयोगले क्लस्टर तोक्दा मधेसी/दलित/महिला तोकेको भए तीन वटा त यही समेटिने रहेछ। तर यसो हुन सकेको छैन।’ चुनावी भाषण गर्ने समयमा दलहरूले ५० प्रतिशत महिला उठाउने भाषण ठोके पनि त्यो भाषणमा मात्र सीमित बनेको तर्क उनको छ। दलको दलीय संरचना ब्रहमण, क्षेत्रीको पकडमा रहेको  र पुरुष प्रधान भएको कारण अन्य जाति, वर्ग र समुदायले अवसरबाट वञ्चित हुनु परेको प्रष्ट भएको उनको बुझाइ छ।

‘एमाले, कांग्रेस, माओवादीलगाएतका दलहरूको दलीय संरचनानै पुरुषवादी र बाहुन क्षेत्रीको पकडमा छ। सचिवालय, पोलिट ब्युरो, केन्द्रीय समितिमै यी दलहरूमा महिला छैनन्,’ खनालले औल्याए, ‘दलको संरचना एक जातीय र पुरूष पक्षीय भएकोले स्थानीय चुनावमा संविधानको मर्म अनुसार उम्मेदवार उठाउन उदार नभएको प्रष्ट भयो। काठमाडौं उपत्यकाकै कुरा गर्ने हो भने यहाँ दलहरूमा संविधानको क्लस्टर अनुसार वर्ग समुदायका दक्ष र योग्य उम्मेदवार छन्। तर दलहरू यसप्रति उदासीन देखिए।’

उनले थपे, ‘०६३ पछिको अन्तरिम संविधानमै टेकेर ०७२ को संविधानले लिपिबद्ध गरेको हो। दलहरू ०६३ पछिनै दलीय संरचना लैंगिक समानुपातिक र समावेशीकरणमा बनाउन सक्थे तर यसतर्फ उनीहरू बेवास्ता गरेको प्रष्ट छ।’ कम्तीमा महिलालाई धेरै भन्दा धेरै माथिलो पदमा सहभागी गराउन सक्थे त्यहाँ पनि गठबन्धनको बहानामा पन्छाइदिए।’

निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले स्थानीय तहको निर्वाचन  क्लस्टरको व्यवस्था नरहेकोले सबैलाई समेट्न अप्ठ्यारो भएको जनाए। उनले मुख्य समस्या गठबन्धनको कारण यो पालिको निर्वाचनमा निर्वाचित महिला उम्मेदवारको संख्यानै न्यून देखिने संकेत देखिएकोमा चिन्ता व्यक्त गरे। हालको निर्वाचनमा अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र दुई जना खुला सदस्यको व्यवस्था मात्र रहेको जनाए।

‘६ हजार ७ सय ४३ वडा मध्ये १ सय ७० मा दलित महिलाको मनोनयन नै परेन भने प्रमुख पदमा महिला संख्या ६ प्रतिशतमा खुम्चियो,’ सहायक प्रवक्ता अर्यालले भने, ‘एउटा दलले मात्र उम्मेदवार उठाएको भए कम्तीमा उपप्रमुखमा महिला अनिवार्य हुन्थे। विगतमा यही प्रणालीबाट महिला उप प्रमुख पदमा सख्या बढेको थियो।’ उनले थपे ‘यो पटक गठबन्धनका कारण धेरै ठाउमा क्लस्टर अनुसार उम्मेदवारी भएन।’ उनले एक करोड ७७ लाख ७ सय २३ मतदाताले मतदान गरी यस पटक जिल्ला समितिसमेत गरेर कुल ४० हजार ८ सय ८२ उम्मेदवार चुनिने छन्।
अर्को समाचार
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
१ मिनेट अघि
•
१ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्रश्न उठाएको छ।




कांग्रेस केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै महामन्त्री प्रदीप पौडेलले भारत सरकारले प्रधानमन्त्रीलाई दिएको स्वागत र राजकीय सम्मानलाई दुई देशबिचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको प्रतिबिम्बका रूपमा व्याख्या गरिएको छ।

भ्रमणका क्रममा भएका केही महत्त्वपूर्ण सहमति र विगतका सहकार्यले निरन्तरता पाएको विषयलाई कांग्रेसले सकारात्मक रूपमा लिएको छ।

विशेषगरी भैरहवा हुँदै प्रवेश गर्ने काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न भएको सहमतिलाई कांग्रेसले स्वागत गरेको छ। यो विषय कांग्रेसले सन् २०७४ देखि उठाउँदै आएको जनाएको छ।

त्यस्तै, भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीपछिको पुनर्निर्माण तथा विकासका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई पनि कांग्रेसले महत्त्वपूर्ण मानेको छ। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ।

तर नेपाल-भारतबिच लामो समयदेखि समाधान हुन नसकेको सीमा विवादजस्ता संवेदनशील विषयले भ्रमणका क्रममा अपेक्षित प्राथमिकता नपाएको कांग्रेसको भनाइ छ।

कांग्रेसले प्रधानमन्त्री पदमा पुग्नुअघि र पदमा रहँदा भारतसँगको सम्बन्ध तथा सीमा विवादका विषयमा बालेन्द्रले दिएका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबिच विरोधाभास रहेको टिप्पणी गरेको छ।

कांग्रेसले यसलाई प्रधानमन्त्रीको कथनी र करणीबिचको विरोधाभास भन्दै कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वताको संकेत भएको बताएको छ।

त्यस्तै, भारतसँग भएका सहमति कार्यान्वयनका लागि सरकारले स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ। विकास सहयोगको अनुदान र ऋण कुन क्षेत्रमा कसरी परिचालन हुन्छ भन्ने विषय पनि संसद् र नागरिकलाई जानकारी गराउनुपर्ने कांग्रेसले जनाएको छ।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस