स्थानीय तह निर्वाचन: उम्मेदवारमा महिलालाई पत्याउँदैनन् दल
२२ वैशाख २०७९
•
६ मिनेट पाठ
स्थानीय तह निर्वाचन: उम्मेदवारमा महिलालाई पत्याउँदैनन् दल
महिला अधिकार र हकहितका कुरा गरेर, दर्जनौं ठेली र दस्तावेज लेखेर नथाक्ने दलहरूले अवसर दिने बेलामा चाहिँ पुरुषलाई नै प्राथमिकतामा राख्ने गरेका छन्। कानुनी बाध्यताबाहेक महिलालाई अघि सार्नेक्रममा इलामका सबै दल चुकेको देखिएको छ।  




आउँदो स्थानीय तह निर्वाचनको अन्तिम उम्मेदवार नामावलीअनुसार दुईभन्दा बढी दलले चुनावी तालमेल गरेका स्थानीय तहका मेयर÷उपमेयर दुवै पदमा पुरुषकै हाबी देखिन्छ। सत्ता गठबन्धनले चुनावी तालमेल गरेका स्थानीय तहको मेयर÷अध्यक्षमा त महिलालाई ‘पत्याएन’ नै, उपाध्यक्षमा समेत तालमेल गरेर पुरुषलाई नै उम्मेदवार बनाएको छ। जबकि, ती पालिकामा नेतृत्व क्षमता भएका महिलाको सङ्ख्या नभएको होइन।  

एकल रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएको नेकपा (एमाले)ले चाहिँ जिल्लाका सबै पालिकाको उपमेयर÷उपाध्यक्षमा महिलालाई नै उठाएको छ। तर, यो एमालेको कानुनी बाध्यता हो। सबै पालिकाका सबै पदमा आफूले एकल उम्मेदवारी दिँदा पनि एमालेले कुनै पालिकाको मेयर÷अध्यक्ष पदमा चाहिँ महिलालाई ‘योग्य’ देखेन। दलहरूलाई सधैं उही आरोप लाग्ने गरेको छ–महिलालाई हत्तपत्त अवसर नै नदिने, उम्मेदवार बनाइहाले आफ्नो दलले हार्ने ठाउँमा दिने।  

जिल्लाका १० पालिकामा विजयी हुने १० मेयर÷अध्यक्षका लागि ५१ जनाले प्रतिस्पर्धा गर्दैछन्। एउटा पालिकामा ३ देखि ८ जनाबीच मेयर÷अध्यक्षमा प्रतिस्पर्धा छ। इलाम नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी मायादेवी भण्डारीले उम्मेदवारी दिएकी छिन्। उनी जिल्लाका १० वटै पालिकामध्ये मेयर÷अध्यक्षमा उम्मेदवारी दिने एकमात्र महिला हुन्।

१० पालिकाका उपप्रमुख पदमा ३८ जनाले प्रतिस्पर्धा गर्दैछन्। यसमा महिलाको संख्या २८ छ। अरू, पुरुष नै छन्। यसअघिका निर्वाचनमा दोस्रो–तेस्रो मत ल्याएका र अबको निर्वाचनमा जित्ने दाबी गर्ने दलले चाहिँ गठबन्धनबाट पनि पुरुषलाई नै उम्मेदवार बनाएको देखिन्छ।  

पालिका तहमा पाँच दलीय गठबन्धन भएको सूर्याेदय नगरको मेयरमा नेकपा (एकीकृत समाजवादी)का रणबहादुर राईले उम्मेदवारी दिँदा उपमेयरमा नेपाली काङ्ग्रेसबाट दुर्गाकुमार बरालले उम्मेदवारी दिएका छन्। गठबन्धनबीच चुनावी तालमेल भएको माई नगरपालिकाको मेयर उम्मेदवारमा नेकपा (माओवादी केन्द्र)का धनकुमार लावती र उपप्रमुख उम्मेदवारमा काङ्ग्रेसबाट हेमबहादुर लिम्बू उम्मेदवार छन्।  

देउमाई नगरपालिकामा काङ्ग्रेस–माओवादी गठबन्धनबाट काङ्ग्रेसका होम दुलालले मेयरमा उम्मेदवारी दिए। त्यही गठबन्धनबाट उपमेयर उम्मेदवारमा माओवादीका रामकुमार राई छन्। नेकपा (एस)ले समेत यहाँको उपमेयरमा केशरबहादुर राईलाई उठाएको छ।  

चुलाचुली गाउँपालिकामा काङ्ग्रेस–माओवादी गठबन्धनले काङ्ग्रेसका राजेन्द्र केरुङलाई अध्यक्षको र माओवादीका सुकबहादुर लावतीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ। फाकफोकथुममा गठबन्धनबाट काङ्ग्रेसका डिकबहादुर थापा अध्यक्ष र माओवादीका कुलबहादुर राई उपाध्यक्षको उम्मेदवार बनेका छन्। माङ्सेबुङमा गठबन्धनबाट कांग्रेसका डिकेन्द्र इदिंगो अध्यक्षमा र जनता समाजवादी पार्टीका विनोद नेम्बाङ उपाध्यक्षमा भिड्दैछन्। एमालेले चाहिँ १० वटै पालिकामा एकल उम्मेदवारी दिएर मेयर÷अध्यक्षमा सबै पुरुष र उपमेयर÷उपाध्यक्षमा महिलालाई उम्मेदवार बनाएको छ।  

दलहरूको महिलाप्रतिको ‘अविश्वास’ वडा तहमा पनि छ। सबै दलबाट वडाध्यक्षमा महिला उम्मेदवारको संख्या झिनो देखिन्छ। जिल्लाका ८१ वटा वडामा वडाध्यक्षका लागि सबै दलबाट उठेका कुल उम्मेदवारमध्ये महिलाको संख्या ६ मात्रै छ। काङ्ग्रेस, माओवादी, र नेकपा (एस)ले जिल्लाका कुनै पनि वडामा महिलालाई वडाध्यक्षको उम्मेदवार नै बनाएनन्। एमालेले भने इलाम नगरपालिका–६ मा गायत्री थेगिमलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ। चुलाचुली ५ मा जसपाकी दिलु राई, माई ७ मा राष्ट्रिय जनमुक्ति पार्टीकी पञ्चरानी लिम्बू, सूर्याेदय १ मा मंगोल नेसनल अर्गनाइजेसन (एमएनओ)की लाखरानी लिम्बू, सूर्याेदय ७ मा एमएनओकै दुर्गादेवी घले र सूर्याेदय ८ मा पनि त्यही दलकी मनमाया राई इजम वडाध्यक्षका उम्मेदवार छन्।  

कानुनले तोकेका महिला सदस्य र दलित महिला सदस्यबाहेक वडा सदस्य (खुला)मा पनि महिलाको संख्या ज्यादै थोरै छ। महिला र दलित महिला भनेर अलग–अलग कोटा रहेकाले महिलालाई वडा सदस्य (खुला)मा उम्मेदवार बनाउन दलहरूको ‘दिल खुला’ देखिँदैन। ८१ वटा वडामा निर्वाचित हुने एक सय ६२ वडा सदस्य पदमा भिड्ने महिला उम्मेदवारको संख्या १७ मात्रै छ।  

सूर्याेदय ३ की मीना राईले एमालेबाट, वडा १ की सरिता थामी, वडा ४ की विनीता राई र वडा ८ की राधिकादेवी तामाङले एमएनओबाट, वडा ११ की उर्मिला राईले नेकपा (एस)बाट, यही वडाकी ललितादेवी नेपालले एमालेबाट र शान्तादेवी पौड्यालले काङ्ग्रेसबाट खुला सदस्यमा उम्मेदवारी दिएका छन्। इलाम नगर १० की गीताकुमारी गोले र वडा ११ की प्रेमिका शिवाकोटीले कांग्रेस तथा वडा १२ की बुद्धिमाता घिमिरेले नेकपा (एस)बाट वडा सदस्यमा उम्मेदवारी दिने मौका पाए। देउमाई नगर ३ की अम्बिका राईले नेकपा (एस), फाकफोकथुम १ की मेनुका थेगिम र माई नगर ४ की सन्तोषी राईले एमालेबाट तथा माई नगर १ की इन्दिरा श्रेष्ठले कांग्रेसबाट वडा सदस्यको टिकट पाए। माइजोगमाई १ की विष्णुमाया राई नेकपा (एस), माङ्सेबुङ ४ की गंगा राई र रोङ ५ की रेनुका भट्टराई कांग्रेसबाट वडा सदस्यको उम्मेदवार बने।

अधिकारकर्मी टीका पौडेल भारद्वाज जित निश्चित हुनेगरीको आरक्षण नभएसम्म महिलाहरू दबिने देखिएको बताउँछिन्। ‘उम्मेदवारी दिनेमा मात्र होइन, ५० प्रतिशत जित्ने सिट सुनिश्चित हुँदामात्र महिलाको अर्थपूर्ण सहभागिता रहन्छ,’ उनले भनिन्, ‘अहिलेको आरक्षण कोटा नै फितलो भएकाले दलहरूले महिलालाई अघि ल्याउन नचाहने छिद्र पक्रेको देखिन्छ।’ उनले समाजमा अझै महिलालाई घरायसी र अन्य काममा बाध्य बनाएर पुरुषहरू नै बाहिरी सामाजिक काममा जाने चलन रहेको र यसो गर्दा महिलाले क्षमता भएर पनि देखाउने अवसरै नपाएको बताइन्। ‘क्षमता भएर पनि महिलाहरू आर्थिक, सामाजिक र अन्य कारणले दलहरूको नजरमा चाहिँ चुनाव जित्ने योग्यतामा पर्दैनन््,’ उनले भनिन्, ‘दलहरूले पुरुषमा मात्र चुनाव जित्ने सम्भावना देख्ने भ्रमले महिला पछि पारिएका छन्।’

चुनावमा उम्मेदवारीका लागि टिकट दिने दलहरू चाहिँ महिलाको नगन्य उम्मेदवारीबारे मातहत समितिका टाउकामा जिम्मेवारी खन्याउँछन्। कोही आफ्नो दलमा उम्मेदवार बन्न महिलाले नै इच्छा नदेखाएको बताउँछन्।

‘तल्ला समितिहरूबाट नै पुरुषको नाम सिफारिस भएर आएकाले जिल्ला तहबाट खासै फेरबदल गर्न मिल्दैन,’ नेपाली काङ्ग्रेस इलामका सचिव निरोज खड्गी भन्छन्, ‘प्रमुख पदहरूमा प्रायः पुरुषकै नाम पहिलो नम्बरमा र त्यसपछिमात्र महिलाको नाम सिफारिस भएर आउँदा त्यसलाई अन्तिम रूप दिने समितिले त्यसैअनुसार छानेको देखिन्छ।’  

नेकपा (एमाले)का जिल्ला उपसचिव रवीन्द्र सुवेदी जिल्लाका पालिकाको प्रमुखमा पदमा महिलाको आकांक्षा रहेको, नाम सिफारिस भएर आएको भएपनि उनीहरूकै सहमतिमा पुरुषलाई प्रमुख र महिलालाई उपप्रमुखको उम्मेदवार बनाइएको बताउँछन्। ‘पालिकाको नेतृत्व गर्न महिलाको नाम सिफारिस भएर आएको हो तर जसको नाम आयो, उहाँकै सहमतिमा पुरुषलाई प्रमुख बनाएर महिलालाई उपप्रमुख बनाउने निर्णय भएको हो, वडा तहमा पनि त्यसैअनुसार भएको हो,’ सुवेदीले भने, ‘नाम सिफारिस भएर आएअनुसार पार्टीले उम्मेदवार छान्छ। तर, हाम्रो समाज अझै पुरुषप्रधान नै छ। यो अवस्था परिवर्तन गरी महिलालाई अघि ल्याउनुपर्छ भन्ने चाहिँ मेरो पनि धारणा हो।’  

नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष भक्त केसी भने आफ्नो दलमा उम्मेदवार बन्न महिलाले चासो नै नदेखिएको बताउँछन्। ‘हाम्रो समाज पुरुषप्रधान नै छ, महिलालाई बढीजसो घर–व्यवहार र बालबच्चामै व्यस्त बनाउने परम्परा भएकाले राजनीतिमा महिलाको चासो नै कम देखियो,’ उनले भने, ‘हाम्रो दलमा उम्मेदवार बन्न महिलाकै चासो नभएकाले महिलाको उम्मेदवारी कम भएको हो।’ उनले महिलालाई अवसर र समय दिएर नेतृत्वमा अघि ल्याउन प्रयास गर्नुपर्ने बताए।
अर्को समाचार
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
२ मिनेट अघि
•
१ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्देशन दिएका छन्।




शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षण अवधिभर मोबाइल प्रयोग नगर्न र अनुशासन पालना गर्न निर्देशन दिएका हुन्।

लामिछानेले प्रशिक्षणको सबैभन्दा महत्त्वपूर्ण पक्ष अनुशासन भएको बताए। पार्टीमा अनुशासन नभए राजनीतिक जीवनलाई व्यवस्थित रूपमा अघि बढाउन नसकिने उनको भनाइ छ।

उनले प्रशिक्षण अवधिभर सहभागीले मोबाइल फोन बन्द गर्नुपर्ने र आयोजकले अनुमति दिएको समयबाहेक पार्टीका अन्य बैठकमा पनि मोबाइल प्रयोग गर्न नपाइने बताए।

‘यो पुरै सेसनभरि हामी अहिले तपाईंले उठाइरहनुभएको टेलिफोन प्रयोग गर्दैनौँ। अहिले मात्र होइन, रास्वपाको कुनै पनि कार्यक्रममा आयोजक कमिटीले अनुमति दिएकोबाहेक बैठकमा हामी टेलिफोन प्रयोग गर्दैनौँ,’ उनले भने।

उनले सहभागीलाई फोन बन्द गरेर प्रशिक्षणमा ध्यान दिन आग्रह गरे। फोन चलाउने, अनावश्यक कुराकानी गर्ने र बारम्बार आवतजावत गर्ने गतिविधि रोक्नुपर्ने उनको निर्देशन थियो।

लामिछानेले अनुशासन पालना नगर्ने सहभागीको पार्टीले रेकर्ड राख्ने र त्यसको मूल्यांकन हुने चेतावनीसमेत दिए।

‘जसले यो सामान्य अनुशासन पालना गर्दैन, पार्टीले त्यस्ता साथीहरूको रेकर्ड राख्छ र त्यसको कुनै न कुनै ढंगले मूल्यांकन अवश्य पनि हुनेछ,’ उनले भने।

उनले प्रशिक्षणमा सिकेका विषयलाई राम्रोसँग बुझेर आफ्नो क्षेत्र र टोलमा गएर अरूलाई सिकाउन पनि सहभागीलाई निर्देशन दिए।

प्रशिक्षण कार्यक्रममा सहभागीले मोबाइलको सट्टा फाइलमा आवश्यक विषय टिपोट गर्नुपर्ने र प्रश्न तथा जिज्ञासा राख्दा हात उठाएर पालैपालो बोल्ने अभ्यास गर्नुपर्ने उनले बताए।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस