डिजे अटोरिक्सामा राखिएको छ। अटोरिक्सा जताततै दलका झण्डाले झकिझकाउँ देखिन्छ। डिजे निरन्तर बजिरहेको छ। त्यस कै तालमा कार्यकर्ता नाचिरहेका हुन्छन्। यस्तो दृश्यमा दलले उम्मेदवार तोकेर प्रचार प्रसार सुरु गरे पछि जताततै देख्न पाईएको छ। तिहार पर्वमा मनोरञ्जनका लागि खेलीने देउसी र भैलो आएको स्थानीयलाई भान भईहको छ।
‘देउसी र भैली समूहलाई पहिला घर मुलीले दक्षिणा दिन पथ्र्यो, दलिय प्रचारमा आएका ति कार्यकर्तालाई अहिले पर्देन,त्यति फरक छ’ स्थानीय लक्ष्मी गुप्ताले व्यंग्य गरिन्।रातीसम्म हिँड्ने त्यस्ता कार्यकर्ताको झुण्ड तिहार पर्वमा झल्को दिईहेको भान भईरहेको उनले सुनाईन्।
प्रचार प्रसार गर्न आउँदा तिहारको झल्को आएको स्थानीय रमा वली बताउँछिन्। ‘पार्टीका लागि भोट माग्न डिजे बजाएर पुग्छन्’ उनले भनिन्, ’एउटा दल मात्र हैन, प्रचार प्रसार हिड्ने सबै दलको एउटै शैली छ,' 'हामीलाइ त चुनाव भन्दा नी तिहार आए जस्ताे लाग्याे।'
यसपालिको निर्वाचन प्रचारमा भने उनको फरक अनुभव छ। पहिला निर्वाचन प्रचारका लागि उम्मेदवारका तस्विरसहितका ठूला पर्चा, तुल, पोस्टर टाँसेर जान्थे। जनताको घर-घरमा उम्मेदवारको बारेमा पर्चा, पम्पलेट लिएर पुग्थे। हातमा पर्चा, पम्पलेटसहित घरमै भोट माग्न आएको उनले स्मरण गरिन्। प्रचार प्रसारका लागि सजिलो साधन फेसबुक, ट्विटर, युट्युब,टिकटकको सहारा लिएको पाईएको छ। ‘फेसबुक, ट्विटर, टिकटक, युटुबबाट उम्मेदवारको प्रचार गरेका छौं, सीमाभित्र रहेर प्रचार गरिरहेका छौं,’ एमालेकी एक कार्यकर्ताले भनिन्।
यो उपायले नगर प्रमुख र उपप्रमुख पुग्न नसकेको ठाउँमा जानकारी दिन सहज भएको उनले दाबी गरिन्। उनका अनुसार अघिल्लो चुनावमा सामाजिक सञ्जालको प्रयोग कम भएको थियो भने यस निर्वाचनमा धेरै छ। निर्वाचन आयोगको आचार संहिताभित्र रहेर प्रचार प्रसार गर्दा निर्वाचनमा डिजिटल मिडिया प्रभावकारी बन्दै गएको छ।
चुनावको एजेन्डा मतदातासम्म पुर्याउन पार्टीको पेजमार्फत सक्दो प्रयास गरिरहेका छन्। त्यस बाहेक तिहार पर्वको बेला भट्याउँने देउसी र भैलोको जस्तो गरी उम्मेदवारलाई अघि लगाएर कार्यकर्ता भोट माग्न घर घरै पुगिरहेका छन्।